पिठुवा । पिठुवा गाविसमा रहेका ४ वटा इँटा उद्योगहरु चैत मसान्तसम्म हटाउने सहमति भएको छ । चितवन क्षेत्र नं. २ का निर्वाचित सभासद शेषनाथ अधिकारीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको राजनीतिक दलका जिल्ला प्रमुख, स्थानीय र प्रमुख जिल्ला अधिकारीबीच भएको छलफलले पिठुवाका चारवटा इँटा उद्योगहरु हटाउन पहल गर्ने सहमति भएको छ ।
प्रमुख जिल्ला अधिकारी, राजनीतिक दल र स्थानीयबीच २०६९ सालमा भएको सहमति कार्यान्वयन, इँटा उद्योगका लागि राखिएका प्रहरी फिर्ता बोलाउने र घरेलु कार्यालयबाट उद्योग बन्द गराउने निर्देशनको लागि आग्रह गर्ने सहमति भएको नेकपा एमालेका राष्ट्रिय प्रतिनिधि परिषद सदस्य कृष्णप्रसाद खनालले जानकारी दिनुभयो । बुधबार प्रमुख जिल्ला अधिकारीको क्वाटरमा भएको सर्वपक्षीय भेलामा नेपाली कांग्रेसका सभासद शेषनाथ अधिकारी, पूर्वसांसद एकनाथ रानाभाट, एमालेका नेता कृष्ण खनाल, एकीकृत नेकपा माओवादीका जिल्ला संयोजक घनश्याम दाहाल, क्षेत्रीय संयोजक विष्णुहरि तिमल्सिनालगायत स्थानीयको सहभागिता रहेको थियो । स्थानीयले इँटा उद्योगबाट निस्केको धुलो, धँुवाका कारण समस्या उत्पन्न भएको भन्दै विरोध प्रदर्शन गर्दै आएका थिए ।
२०६९ सालमा जिल्ला प्रहरी कार्यालयमा भएको वैठकमा खनाल इँट्टा उद्योग भदौ मसान्तभित्र र अन्य इँटा चैत मसान्तभित्र हटाउने सहमति भएको थियो । खनाल इँटा उद्योगमा भने बुधबारदेखि उत्पादन कार्य बन्द गरिएको छ । उद्योगका संचालक कमलचन्द्र खनालले संक्रमणकालको फाइदा उठाउँदै समस्या सृजना गर्न खोज्ने २÷४ जना व्यक्तिहरुसँग जुध्ने मनस्थिति नभएकाले आफँैले इट्टा भट्टा बन्द गरेको बताउनुभयो ।
संचालक खनालका अनुसार २०७० साल जेठ १७ गते पिठुवा गाविसका सचिवको अध्यक्षतामा बसेको वैठकले चैत मसान्तभित्र उत्पादन
गर्ने सम्झौता भएको थियो ।
Discussion about this post