रत्ननगर महोत्सवको तयारी तीव्र

अन‌ि यो पनि

रत्ननगर । पुस २६ गतेदेखि चितवनको टिकौलीमा हुने रत्ननगर महोत्सवको तयारी तीव्र पारिएको छ ।
रत्ननगर उद्योग वाणिज्य संघ र रत्ननगर नगरपालिकाको आयोजनामा हुने महोत्सव यस वर्ष सातौं संस्करण हो । महोत्सवलाई भव्यताका साथ सम्पन्न गर्न अहिले महोत्सव स्थल निर्माण, प्रचारप्रसारलगायतका कामहरु भइरहेको महोत्सव मूल समारोह समितिका संयोजक दीपककुमार कर्माचार्यले जानकारी दिनुभयो ।
महोत्सव सम्पन्न गर्न ३७ सदस्यीय मूल समिति तथा ३१ वटा उपसमिति गठन गरिएको उहाँले जानकारी दिनुभयो । माछाको उत्पादन र प्रबद्र्धनलाई उच्च प्राथमिकता दिइएको महोत्सवमा बृहत कृषि प्रदर्शनीअन्तर्गत पोल्ट्री, बंगुर, मह र दूधजन्य पदार्थहरु तथा केरा परिसर, पर्यटन प्रर्वद्धन, नयाँ पर्यटकीय स्थलको खोजीका लागि विभिन्न कार्यक्रमहरु, हेलिकप्टरबाट पर्यटकीय स्थलको अनुगमन गराइनेछ । त्यसको लागि आवश्यक तयारी भइरहेको संयोजक कर्माचार्यले बताउनुभयो ।
महोत्सवमा अटो परिसर, खेलकुद, बालउद्यम पनि समावेश गरिएको छ । महोत्सवमा कृषि प्रबद्र्धनका विषयमा छलफल गर्न विभिन्न गोष्ठीहरु हुने आयोजकले जनाएको छ । रत्ननगरको टिकौलीचौरमा हुने महोत्सवमा ४१७ वटा व्यवसायिक स्टलहरु रहने संंयोजक दीपककुमार कर्माचार्यले जानकारी दिनुभयो ।

प्रतिकृया

मुख्य समाचार

प्रकाशनको एक वर्षपछि सार्वजनिक भयो ‘अजिब मान्छे’

चितवन । गत वर्ष नै प्रकाशन भएको पुस्तक ‘अजिब मान्छे’ शनिबार सार्वजनिक गरिएको छ। लेखक सीताराम कोइरालाको पाँचौँ कृतिको...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया