ADVERTISEMENT
१० माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१० माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

शिविरको हिसाब पारदर्शी गर

by चितवन पोष्ट
२०७० पुष १०, बुधबार ०३:५३ गते
in सम्पादकीय
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन माओवादी लडाकुलाई तलबभत्ता तथा शिविर व्यवस्थापनमा खर्च भएको करिब बीस अर्ब रूपैयाँको सम्पूर्ण हिसाबकिताब बुझाउन सरकारलाई आग्रह गरेको छ । लडाकुहरुको तलबभत्ताका लागि चार अर्बभन्दा बढी रूपैयाँ भ्रष्टाचार भएको आशंकामा आयोगले सम्पूर्ण हिसाबकिताब बुझाउन शान्ति मन्त्रालयलाई दोस्रो पटक निर्देशन दिएको हो । शिविरमा खटिएका अनुगमन टोली र राजनीतिक दलका नेताहरुले बुझेको रकमको विवरण स्पष्ट नहुँदा आयोगले त्यसको समेत हिसाब मागेको छ । माओवादी लडाकुको शिविरमा वितरित रकममा भ्रष्टाचारबारे अनुसन्धान अघि बढाइएको आयोगले जनाएको छ । शान्ति मन्त्रालयले माओवादी शिविर व्यवस्थापन गर्दा ६ वर्षमा ९ अर्ब ७९ करोड ६८ लाख ८० हजार २९६ रूपैयाँ खर्च भएको विवरण अख्तियारमा पेस गरेको छ ।
शिविरमा वितरित रकममा घोटाला भएको भन्दै एमाले भातृ संगठन युवा संघ नेपालले आयोगमा उजुरी दिएको थियो । तर, अख्तियारमा प्रमुख आयुक्त रिक्त रहेका कारण शिविरको भ्रष्टाचार छानबिन कार्य अघि बढ्न सकेको थिएन । लोकमानसिंह कार्की प्रमुख आयुक्तमा नियुक्त भएपछि विशेष समितिले गरेका निर्णय, अख्तियारमा परेका उजुरी तथा विभिन्न स्रोतबाट प्राप्त जानकारीका आधारमा विस्तृत अनुसन्धान सुरू गरेको थियो । माओवादी शिविरमा उपस्थित नै नभएका व्यक्तिलाई नक्कली लडाकुका रुपमा देखाएर राज्यकोषको करोडौँ रकम भ्रष्टाचार गरेको आरोप उजुरीमा उल्लेख छ । उजुरीमा एमाओवादी शीर्ष नेतृत्व तथा माओवादी पूर्वमन्त्रीलाई सो प्रकरणमा संलग्न भएको भन्दै छानबिन तथा कारबाहीको माग गरिएको छ । २०६३ मंसिर ५ मा भएको विस्तृत शान्ति सम्झौतापछि ३२ हजार २५० लडाकुहरु शिविरमा उपस्थित भएका थिए । तर, अनमिनको प्रमाणीकरणका बेला अयोग्य ठहरिएका करिब चार हजार लडाकुलाई १८ वर्ष नपुगेको भन्दै शिविरबाट निकालिएको थियो । त्यसबेला अनमिनले १९ हजार ५ सय लडाकु मात्र योग्य रहेको जनाएको थियो । त्यस्तै, अनमिनको पुनः वर्गीकरणमा १७ हजार ७४ लडाकु मात्र सामेल भएका थिए ।
माओवादीले योग्य भनेको लडाकुमध्ये पनि ५० प्रतिशत लडाकु कागजमा सीमित भएको उजुरीमा दाबी गरिएको छ । अनमिनको प्रमाणीकरण सम्पन्न भएपछि शिविर छाडेका ३ देखि ४ हजार लडाकु अवकाश–पत्र बुझ्न मात्र शिविर आउनुले फर्जी लडाकुका नाममा भ्रष्टाचार भएको देखिन्छ । माओवादी शिविरमा ६ हजार लडाकुको पाँच वर्षसम्म राज्यकोषबाट निकासा भएको रकम दुरूपयोग भएको छ । शान्ति सम्झौतादेखि २०६५ भदौसम्म प्रत्येक लडाकुलाई तीन हजारका दरले भत्ता उपलब्ध गराइएको थियो । यस्तै, सोही वर्षको असोजबाट पाँच हजार र २०६८ साउनदेखि ६ हजार ५ सय पु¥याइएको थियो । गायब भएका र पछि अयोग्य प्रमाणित गरेका ६ हजारभन्दा बढी लडाकुको तलबभत्ता सोझै हिनामिना भएको देखिएको छ । शान्ति प्रक्रिया सुरू भएपछि करिब ६ वर्षको अवधिमा माओवादी शिविर तथा लडाकुहरुको व्यवस्थापनका नाममा २० अर्ब रूपैयाँभन्दा बढी रकम खर्च भएको थियो । आयोगले सरकारलाई हिसाबकिताब बुझाउन ताकेता मात्र गर्ने होइन, सत्य÷तथ्य अनुसन्धान गरी शिविरको यथार्थ खर्च विवरण पारदर्शी गर्नु जरूरी छ ।

Related Posts

अमेरिकाको ४६औं राष्ट्रपतिमा जो बाइडेनले लिए सपथ

जो बाइडनको कार्यकालबाट अपेक्षा

Chitwan Post

अस्वाभाविक मूल्य वृद्धि

Chitwan Post

बर्ड फ्लु भित्रिन नदिन उच्च सतर्कता

Discussion about this post

अन‌ि यो पनि

खैरहनी १३का वडा अध्यक्ष उप्रेतीको निधन
प्रमुख समाचार

खैरहनी १३का वडा अध्यक्ष उप्रेतीको निधन

खैरहनी माघ ९ गते । चितवनको खैरहनी नगरपालिका १३ का वडा अध्यक्ष बालकुमार उप्रेतीको शुक्रबार साँझ निधन भएको छ ।...

Read more
विद्यालयलाई युथ क्लबको सहयोग

६ महिनामा २१ प्रतिशत मात्र जिल्लाको विकास खर्च

साहूबाट चर्को व्याजदरमा ऋण लिने चलन हट्दै

गैँडाको आक्रमणबाट निधन भएका परिवारलाई राहत

कोरोना भाइरसबाट ३ करोड ७८ लाख संक्रमित, १० लाख ८२ हजार बढीको मृत्यु

नेपालमा थपिए ३०२ जना नयाँ संक्रमित

अपराध अनुसन्धान तथा नियन्त्रणको लागि घुम्ती प्रशिक्षण

अपराध अनुसन्धान तथा नियन्त्रणको लागि घुम्ती प्रशिक्षण

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In