संविधानसभाको निर्वाचन ः एक समीक्षा

अन‌ि यो पनि

-अनक मगर (किसान)
मुलुक अहिलेसम्म संसदीय प्रक्रियाबाट अगाडि बढेको अवस्था थियो । मुलुक पुरानो सामन्ती राज्यव्यवस्थाबाट अग्रगामी प्रक्रियामा गणतन्त्रको प्रवेशसँगै राज्यसत्ता सञ्चालन नयाँ प्रक्रियाबाट अगाडि बढेको अहिलेको अवस्था पनि हो । जाति, वर्ग, समुदायको हित हुनेगरी संविधान लेख्नु हो । संविधानले नै मुलुकको कल्याण हुने हुँदा संविधानसभाको माध्यम नै उत्तम उपाय हो । त्यसैले १० वर्षको लामो जनयुद्ध र पुरानो संसदीय दलबीचको कार्यगत एकताबाट नै यो सम्भव भएको थियो । गणतन्त्र, समानुपातिक सहभागिता, सबै जाति, वर्ग, समुदायको सत्तामा समान सहभागिताको नारा माओवादीको नै हो । राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनाका लागि १२ हजार नेपाली आमाका छोराको बलिदानबाट नै सम्भव भएको हो । गणतन्त्र जन्माउनुमा पहिलो पक्ष माओवादी नै हो ।
संविधानसभाको निर्वाचनबाट संविधान पहिलो पटक जारी हुन सकेन । पहिलो संविधानसभाबाट किन संविधान जारी भएन भन्दा मुख्य कुरा के हो भने माओवादीलाई यसको सम्पूर्ण जस जानेछ, सबै जाति, वर्ग, समुदायहरुको भाग्यको फैसला आफैँले गर्ने अधिकार पाउनेछन् । देश मुक्त हुने प्रक्रियामा अगाडि बढ्नेछ । माओवादीले लामो समय देशमा शासनसत्ता आफ्नो हातमा लिनेछन् र पुरानाले हार्नेछन् भन्ने नै मुख्य विषय पुराना संसदीय पार्टीहरुको रहेको थियो । सम्पूर्ण प्रक्रियामा आफ्नो जित हासिल नहुँदा जनताको जनअपेक्षाअनुसार काम हुने देखेपछि पहिलो संविधानसभा सफल हुन सकेन ।
तर अहिले संघीयताको मुद्दा देखाउँदै पुराना संसदीय राजनीतिक दल सफल देखिएका छन् । जातीय संघीयताले देश टुक्रन्छ भन्ने मुद्दा देखाएर सर्वसाधारण जनतालाई भ्रमित बनाउन एक हदसम्म संसदीय व्यवस्था सफल देखिन्छ । एमाओवादीको वर्गीय मुद्दासँगै जाति, समुदायलाई लिएर अगाडि बढ्नुपर्दछ भन्ने मूल मान्यता रहेको छ । मुख्य कुरा भनेको वर्गसंघर्ष नै एमाओवादीको एजेन्डा हो । संघीय राज्य भन्ने बित्तिकै केन्द्रित रहेको राज्यव्यवस्थालाई विकेन्द्रीकरण गर्नु हो । सम्पूर्ण जाति, वर्ग, समुदायको पहिचानलाई स्थापित गर्नु हो ।
यहाँ नेपाली कांग्रेस, एमालेले देश टुक्रने भ्रमित प्रचार गरेर आफ्नो स्वर्गको गुमेको सत्ता फर्काउनका लागि गरिएको प्रयत्न अघि बढ्दैछ । संघीयता ऐतिहासिक कालदेखि जाति, समुदायहरुले बसोबास गर्दै आएको भौगोलिक क्षेत्र उसको आफ्नो संस्कृति, बोलीचाली, भेषभूषा, रहनसहन र पहिचान नै हो । संघीय राज्यको बाँडफाँड गर्दा यिनै आधार बनाएर गर्नुपर्छ भन्ने मान्यता हो । जाति, समुदायको वर्गोत्थान हुने कामको अधिकार बाँडिने सत्तामा सबै समुदायहरुको पहुँच पुग्ने भएको हुँदा उसलाई विरोधीको भूमिका बनाएका हुन् । एउटै फूलबारीमा हामी नेपाली कोही गुरूङ, कोही थारु, कोही मधेसी भएर नेपाली धरतीमा हामी अवस्थित छौँ । फूलबारीको देश नेपाल हो भनेर चिनाउनु पनि छ । फूलबारी त पक्कै पनि हो, त्योचाहिँ के होइन भने यस सामन्ती संरचनाले फूलबारीको फूललाई फुल्न नदिएको सत्य हो । त्यसैले, ऐतिहासिक कालदेखि जाति, वर्ग, समुदायले स्थायी बसोबास एवम् जातीय पहिचानको क्षेत्रलाई छुट्याएर संघीय राज्य बनाउनु यतिबेलाको आवश्यकता हो । जस्तै मगरात, लिम्बूवान, मिथिला, थारुवान् हुँदैमा देश विघटनमा जाला ? मगरात भनेको राष्ट्रियता हो, मगरहरुको ऐतिहासिक थलो हो । के मगरात, तमुवान, लिम्बूवान नामकरण गर्दैमा बिग्रन्छ ? त्यतिविघ्न गुरूङ, तामाङ, थारुलगायतका जाति, वर्गले देश विघटन गर्लान् ? जातीय पहिचानमा आधारित संघीयताले संघीयताप्रति जाति, वर्ग समुदायहरु आफूलाई आत्मसम्मान प्राप्त भएको र राष्ट्रियताप्रति झन् मजबुत भएर जान्छन् । आफ्नो पहिचान आत्मसात् गर्नेछन् । देश समृद्ध, शक्तिशाली रुपमा सम्पन्न भएर मुलुक प्रक्रियामा अगाडि बढ्ने छ ।
दोस्रो संविधानसभामा एमाओवादीले किन हार व्यहोर्नुप¥यो त ? मुख्य कुरा भनेको सेनाको घेरामा चुनाव गराउनु, सेनामाथि ठूलो विश्वास गर्नु, चुनाव शान्तिपूर्ण, धाँधलीरहित, सानदारपूर्ण तरिकाले सम्पन्न भएकै हो । बुथमा बसेका राजनीतिक दलका एजेन्टहरुलाई मतगणनासम्म सँगै ल्याइएन, एक घन्टाको मोटरबाटो पाँच घन्टा लगाइयो । लाग्छ, जहाँ माछा त्यहीँ नै विशेषगरी जाल हान्ने काम गरियो । उम्केको भुरा माछाको बहुमत पुग्न सक्ने अवस्था भएन । मत पनि विगतको चुनावभन्दा भन्डै १२ घन्टा ढिलो गरी गन्ती गर्ने काम भएको थियो । धाँधलीका उदाहरणहरु यसरी पनि अनुमान गर्न सकिन्छ ।
जहाँसम्म यसको डिजाइन भारतको हातमा भएको तर मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई डिजाइन थाहा नहुन सक्छ । डिजाइन निर्वाचन आयोगका प्रमुखको योजनामा हुन सक्छ । नेपाली सेनाहरुमा सेना प्रमुखलाई थाहा नभएर तल्लो दर्जाको कर्नेल, जर्नेलको लेवलबाट भएको हुन सक्छ । राजनीतिक दलहरुमा एमालेका अध्यक्ष झलनाथ खनाल र नेपाली कांग्रेसका सभापतिलाई थाहा नभई एमालेका केपी शर्मा ओली, कांग्रेसका रामचन्द्र पौडेलका लेवलबाट षड्यन्त्र भएको अनुमान गर्न सकिन्छ । षड्यन्त्र किन भयो, थाहा भएन त ? भन्ने प्रश्नमा षड्यन्त्र थाहा हुने कुरो हुँदोरहेनछ । राजदरबार हत्याकाण्ड, मदन भण्डारी हत्याकाण्ड पनि उदाहरण हुन् । छानबिन समिति त बन्यो, षड्यन्त्रका बारेमा अहिलेसम्म उजागर हुन सकेको छैन । षड्यन्त्र हुँदाहुँदै पनि एमाओवादीका पनि कारणहरु छन् ।

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया