ADVERTISEMENT
१४ फाल्गुन २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१४ फाल्गुन २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

नाम फरक परेपछि अपराध ओझेलमा

by चितवन पोष्ट
२०७० पुष १०, बुधबार ०३:४१ गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

दिपेन्द अधिकारी
भरतपुर । जिल्ला प्रहरी चितवनले आफूहरुको सर्वाधिक खोजी सूचीमा रहेको फरार अभियुक्तमध्ये हत्या अभियोग र ज्यान मार्ने उद्योगमा मुद्दा लागेका एक युवालाई पक्राउ गरेको छ । सो पक्राउलाई प्रहरीले अपराध अनुसन्धानमा थप सफलता हात पारेको पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
तर उल्लेखित दुई मुद्दाका फरार अभियुक्त भनिएका ती युवाको नाम प्रहरीले तयार पारेको मिसिल, युवकले अदालतसमक्ष दिएको बयान र युवकको विभिन्न परिचय खुल्ने प्रमाण जुटाउँदा नाम फरक पर्न गएको हो । ‘नाम फरक परे पनि व्यक्तिचाहिँ पक्राउ गरिएका युवा नै हुन्, प्रहरी प्रवक्ता सञ्जय राउतले भने । प्रहरी भन्छ, ‘अभियुक्त विश्वप्रकाश बास्तोला पक्राउ परेको युवा नै हो । तर, युवा भन्छन्, ‘म विश्वप्रकाश होइन हेमन्त बास्तोला हुँ ।’
‘प्रहरीको अपराध अनुसन्धान फाइलमा विश्वप्रकाश बास्तोला उल्लेख छ’, जिल्ला अदालत चितवनका नासु जयनारायण आचार्यले भने, ‘उनले अपराध स्वीकारेका छैनन् र आफ्नो नाम विश्वप्रकाश नभई हेमन्त भएको बताएका छन् ।’
नाम बाझिन आएपछि आरोपित युवकको नागरिकता, राहदानी, मतदाता नामावलीलगायतका प्रमाण पुग्ने सरकारी कागजहरु हेर्दा युवकको नाम हेमन्त नै भएको प्रमाणित भएको छ । नाम फरक परे पनि अभियुक्त सोही युवा हो होइन भनी किटान गर्न थप अनुसन्धान जरूरी देखिन्छ ।
प्रहरीले हत्या र ज्यान मार्ने अभियोगमा मंगलपुर–२ का २४ वर्षीय विश्वप्रकाश बास्तोलाको संलग्नता भन्दै खोजी गरिहेको थियो । बास्तोलालाई प्रहरीले गत पुस ३ गते पक्राउ गरी चितवन जिल्ला अदालतमा बुझाएको थियो । बास्तोलालाई कर्तव्य ज्यानअन्तर्गत भने जिल्ला अदालत चितवनले २५ हजार धरौटीमा छोड्ने आदेश गरेको छ ।
आरोपित युवा बास्तोलामथि २०६८ साल असोज १ गते मंगलपुर–८ का १७ वर्षीय विराज विकको हत्या अभियोग लागेको थियो । विराजलाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा उनीसहित ११ जनाविरूद्ध जिल्ला अदालतमा प्रहरीले मुद्दा दायर गरेको थियो ।
कर्तव्य ज्यानका अन्य १० आरोपीलाई भने जिल्ला अदालत चितवनले पुर्पक्षको लागि जेल चलान गरेको छ । ‘यसबीचमा आफू काठमाडौँमा मोवाइल पसल सञ्चालन गरी आएको र गत चुनावमा भोट हाल्न घर आएको समयमा केही समय यहीँ रहँदा प्रहरीले पक्राउ गरेको बास्तोलाले बयानमा बताएका छन्, स्रोतले भन्यो ।
त्यसलगत्तै फरार रहेको भनिएका बास्तोलाले २०६९ असोज ८ गते भनपा १३ कल्याणपुरका अशोककुमार श्रेष्ठलाई छुरा प्रहार गरी ज्यान मार्ने उद्योग गरेको प्रहरीको आरोप छ ।
दुई ठूला मुद्दा खेपेका उनीविरूद्ध लागेको ज्यान मार्ने उद्योगको मुद्दा भने चलिरहेको छ । यस मुद्दाका लागि अदालतले केही दिन अघि ३ दिनको म्याद थप गरेको थियो ।
प्रहरीले पक्राउ गरेको अभियुक्त बास्तोलाले दुवै घटनामा आफ्नो संलग्नता नभएको बताएका छन् । कर्तव्य ज्यान मुद्दामा प्रहरीको मिसिल र अदालतको बयानको क्रममा नाम नै फरक परेपछि अदालतले हालका लागि धरौटीमा छाडेको हो ।
उनीविरूद्ध लागेको ज्यान मार्ने उद्योगको आरोपमा पनि प्रहरीले विश्वप्रकाश भनेको तर उनको वास्तविक परिचय भनी हेमन्त रहेकाले यस मुद्दा पनि प्रभावित हुने देखिन्छ । यस मुद्दाका पीडित पक्षले पनि हेमन्त बास्तोलाले घटना नगराएको प्रहरी समक्ष बताएको स्रोतले जनाएको छ ।

Related Posts

नेपालले कार्बन सञ्चिति बापत पाँच अर्ब प्राप्त गर्ने

नेपालले कार्बन सञ्चिति बापत पाँच अर्ब प्राप्त गर्ने

विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

पशुपतिनाथमा ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने

पशुपतिनाथमा ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने

Discussion about this post

अन‌ि यो पनि

नेपालले कार्बन सञ्चिति बापत पाँच अर्ब प्राप्त गर्ने
समाज

नेपालले कार्बन सञ्चिति बापत पाँच अर्ब प्राप्त गर्ने

काठमाडौँ, १४ फागुन । नेपालले वन संरक्षणमार्फत उत्सर्जन घटाई कार्बन सञ्चिति बढाएबापत करीब रु पाँच अर्ब (४५ मिलियन अमेरिकी डलर)...

Read more
विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

अमेरिकामा न्यूनतम ज्याला १५ डलर पु¥याउने प्रस्तावमा सहमति जुटेन

अमेरिकामा न्यूनतम ज्याला १५ डलर पु¥याउने प्रस्तावमा सहमति जुटेन

पशुपतिनाथमा ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने

पशुपतिनाथमा ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने

परीक्षा उत्तीर्ण भएको महिना दिनमा चालक अनुमतिपत्र पाइने

परीक्षा उत्तीर्ण भएको महिना दिनमा चालक अनुमतिपत्र पाइने

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In