रत्ननगर । पूर्वपश्चिम राजमार्गअन्तर्गत रत्ननगरको निपनीमा मंगलबार ट्रकले किच्दा एक जनाको मृत्यु भएको छ । पश्चिमबाट पुर्वतर्फ आउँदै गरेको लु १ ख ७७३० नम्बरको ट्रकले बिहान साढे १० बजे किच्दा अन्दाजी ३० वर्षीय पुरूषको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायव उपरीक्षक नकुल पोखरेलले जानकारी दिनुभयो । बाटो काट्ने क्रममा पूर्वतर्फ आउँदै गरेको बोलेरो जीपमा ठोक्किएर लडेका उनलाई सोही दिसातर्फ आउँदै गरेको ट्रकले किच्दा घटनास्थलमा मृत्यु भएको पोखरेलले बताउनुभयो । घटनापछि ट्रक चालक फरार छन् । ट्रक प्रहरीको नियन्त्रणमा रहेको छ ।
Discussion about this post