खेलको विकास गर्न पूर्वाधारमा जोड

अन‌ि यो पनि

नारायणगढ । युवा तथा खेलकुद मन्त्रालयका सचिव हरिप्रसाद नेपालले खेलकुदको विकासको लागि सरकारले पूर्वाधार निर्माणमा जोड दिएको बताउनुभएको छ । राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत जिल्ला स्तरीय खेलकुद प्रतियोगिताको बुधबार नारायणगढको क्याम्पाचौरमा उद्घाटन गर्दै उहाँले खेलकुदको विकासको लागि पूर्वाधार विकास, खेलकुदका कार्यक्रम सञ्चालन, खेलाडीलाई प्रोत्साहन र प्रशिक्षणलाई तीव्र पारिएको जानकारी दिनुभयो ।
मानव स्वास्थ्य र राष्ट्रको गरिमालाई बढाउन खेलकुदले महत्वपूर्ण भूमिका रहेको भन्दै उहाँले खेलकुदमा आवश्यक लगानी गर्न सरकार तयार रहेको बताउनुभयो । उपयुक्त जग्गा नभएर टिकौलीमा रंगशाला निर्माणको विषय अनिश्चित भइरहेका बेला सचिव नेपालले जग्गा छनोट गरी मन्त्रालयमा फाइल पेस गर्न सरोकारवालाहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले खेदकुदको विकासका लागि प्रत्येक नागरिकले घरघरबाट खेलकुदको क्रियाकलाप सुरू गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा क्षेत्रीय प्रतियोगितामा उत्कृष्ट भूमिका खेलेका क्षेत्र नं. ४ का संयोजक तथा जिल्ला खेलकुद विकास समितिका प्रवक्ता रामहरि सेढार्इंलाई सम्मान गरिएको थियो ।
जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माको अध्यक्षतामा भएको  कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष उत्तम गुरूङ, सचिव रामजी ढकाललगायतले मन्तब्य राखेका थिए । दुई दिनसम्म सञ्चालन हुने जिल्ला स्तरीय प्रतियोगितामा एथलेटिक्स अन्र्तगत दौड, सटफुट, हाइजम्प, लङजम्प, रिलेखेल एवम् भलिबललगायतका विभिन्न खेलहरु सञ्चालन भइरहेका छन् । प्रतियोगितामा सामुदायिक र संस्थागत विद्यालयका छात्रछात्रहरु सहभागिता रहेको छ ।

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया