सौराहा । भरतपुर नगरपालिकाका विभागीय प्रमुखहरुसँग सुशासनसम्बन्धी अन्तक्र्रिया मंगलबार सौराहामा सम्पन्न भएको छ । लुमन्ती सुशासन परियोजनाअन्तर्गत नगरपालिकाका प्रमुख नारायणप्रसाद सापकोटासहित अन्य विभागीय प्रमुखहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।
सो अवसरमा लुमन्तीका प्रमुख प्रफुल्लमानसिं प्रधान र परियोजना प्रबन्धक महेन्द्र शाक्यले सहजीकरण गरेका थिए । भरतपुर नगरपालिकाको वडा ११ र १२ का विभिन्न ५ वटा टोलमा परियोजनाका कार्यक्रम सञ्चालन भइरहेको नगर संयोजक सन्तोष पाण्डेले बताए । कार्यक्रमको फोकल पर्सनका रुपमा भनपाका इन्जिनियर विराट घिमिरे रहेका थिए । कार्यक्रममा प्राक्टिल एक्सनका परियोजना प्रबन्धक मनोजकुमार झाको विशेष उपस्थिति रहेको थियो ।
Discussion about this post