ADVERTISEMENT
२४ फाल्गुन २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२४ फाल्गुन २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

सत्रौँ वर्षमा पाइला टेक्दा…

by चितवन पोष्ट
२०७० पुष ९, मंगलवार ०३:५५ गते
in सम्पादकीय
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

चितवन पोष्ट दैनिक आजदेखि सत्रौँ वर्षमा पाइला टेक्दैछ । यस अभूतपूर्व खुसीको खबर साट्न पाउँदा हामीलाई गर्वानुभूति भएको छ । यस संघर्षमय यात्रामा हाम्रा दुःख–सुखमा साथ दिँदै आउनुभएका समस्त पाठक, लेखक, सहकर्मी, विज्ञापनदाता तथा शुभेच्छुकहरुमा हार्दिक आभार व्यक्त गर्दछौँ । मोफसलमा रहेर पत्रपत्रिकालाई निरन्तरता दिनु चुनौतीपूर्ण काम हो । अझ पेसागत इमानदारितामा रहेर एउटा प्रकाशन संस्थालाई नियमित रुपमा सञ्चालन गर्नु असाध्यै कठिन कार्य हो । यही दुस्साहससँग पौँठेजोरी खेल्दै हामी यहाँसम्म आइपुगेका छौँ । यस अनन्त यात्रामा पाइला टेक्दै गर्दा विगतका यावत् आरोह–अवरोहले पनि इतिहास बनेर पछ्याइरहेका छन् । चितवनवासीलाई सुसूचित बनाउने महान् यात्रामा यस पत्रिकाले पक्कै पनि मह¤वपूर्ण भूमिका खेलेको छ भन्नेमा हामी विश्वस्त छौँ ।
हाम्रा सम्पूर्ण सहकर्मी पत्रकारहरुको अथक मेहनत र पेसाप्रतिको बफादारिताले गर्दा हाम्रो सोह्र वर्षे यौवनकाल मह¤वपूर्ण र सफलतापूर्वक पार गर्न सफल भएका छौँ । आगामी दिनमा पनि अविरल रुपमा आफ्नो पेसा र मर्यादाप्रति निष्ठावान् भएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौँ । यस मह¤वपूर्ण अवसरमा यस पत्रिका निष्पक्ष, स्वतन्त्र र व्यावसायिक पत्रकारिताको मर्मअनुरुप आफ्नो यात्रामा लम्किरहेको छ भन्न पाउँदा हामी हर्षविभोर भएका छौँ । आगामी दिनमा पनि यही सिद्धान्त र आदर्शअनुसार अगाडि बढ्ने विश्वास व्यक्त गर्दछौँ । पत्रकारिता एउटा चुनौतीको पेसा हो । यस पेसामा अनगिन्ती समस्या छन् । हामीले पनि यस यात्रामा थुप्रै समस्या र पीडा भोग्दै आएका छौँ । दस वर्षे युद्धकाल, संकटकाल या राज्यपक्षबाट भएका विभिन्न सेन्सरसिपमा घटनाक्रमले निर्भीकतापूर्वक आफ्नो पेसामा समर्पित हुन नसकेका विगतका तीता अविस्मरणीय क्षणहरु हामीले व्यतीत गरिसकेका छौँ । विगतले वर्तमानलाई समेत आहत बनाउने घटनाहरु घटे पनि हाम्रो साहसिक यात्रा रोकिएको छैन । अविचलित रुपमा हामी सबैको साथ र सहयोगबाट अघि बढिरहेका छौँ । र, अघि बढिरहने प्रतिज्ञा गरेका छौँ ।
पत्रकारिता दुःखको पेसा हुँदाहुँदै पनि हामी समस्त आवाजविहीनहरुको आवाज भएर, विविध हिंसा तथा अन्यायको विरूद्ध न्याय एवम् मानवअधिकारको पक्षमा आवाज उठाएर शान्ति, समानता र समृद्ध नेपालका लागि आफ्नो आवाज मुखरित गरिरहेका छौँ । पेसागत इमानदारिता गर्दागर्दै पनि कहिलेकाहीँ केही प्राविधिक त्रुटिका कारण थुप्रै समस्या भोग्नु परेका दृष्टान्त हामीमाझ जुनझैँ छर्लङ्ग छन् । हामी हाम्रा पाठकहरुलाई सूचनाको हक प्रदान गर्नका लागि कटिबद्ध छौँ । सबैको सद्भाव र सहयोगबाट अझै परिष्कृत रुपमा अगाडि बढ्न प्रयासरत पनि छौँ । सुरूवातदेखि हामीसँगै यात्रामा सहयात्री भैदिनुभएकोमा हामी हाम्रा पाठक महोदय, ग्राहक महानुभाव, स्तम्भकार, विज्ञापनदाता तथा विभिन्न संघसंस्थाहरुप्रति कृतज्ञ छौँ । हाम्रा सम्पूर्ण शुभचिन्तकहरुबाट आफ्ना अमूल्य राय तथा सुझाव दिई आगामी यात्रामा अझै परिष्कृत रुपमा अगाडि बढ्न प्रेरणा र उत्साह प्रदान गर्न चितवन पोष्ट प्रकाशन प्रालि हार्दिक अनुरोध गर्दछ ।

Related Posts

Chitwan Post

शिक्षकको ‘अनैतिक’ कुकृत्य

Chitwan Post

आगलागी नियन्त्रण चुनौतीपूर्ण बन्दै

Chitwan Post

वार्ताको पहल स्वागतयोग्य

Discussion about this post

अन‌ि यो पनि

प्रतिपक्ष र दाहाल–नेपाल समूहद्वारा सदनमा अवरोध
राजनीति

अनेमसंघ रत्ननगर नगर कमिटी गठन

रत्ननगर । अखिल नेपाल महिला संघ रत्ननगर नगर कमिटी गठन गरिएको छ । आइतबार सम्पन्न प्रथम विस्तारित भेलाले विरञ्जना घिमिरे...

Read more
प्रतिपक्ष र दाहाल–नेपाल समूहद्वारा सदनमा अवरोध

प्रतिपक्ष र दाहाल–नेपाल समूहद्वारा सदनमा अवरोध

Chitwan Post

खैरहनीमा मनाइयो महिला दिवस

प्रथम आङछिरिङ शेर्पा स्मृति गल्फ टुर्नामेन्टमा सुमनले जिते कार

प्रथम आङछिरिङ शेर्पा स्मृति गल्फ टुर्नामेन्टमा सुमनले जिते कार

पिठुवा खानेपानीको चौंथो साधारण सभा

पिठुवा खानेपानीको चौंथो साधारण सभा

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In