ADVERTISEMENT
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

एक भोटको साढे १२ हजार !

by चितवन पोष्ट
२०७० पुष ९, मंगलवार ०३:५४ गते
in राजनीति
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

-बसन्त पराजुली
भरतपुर । चितवन क्षेत्र ५ का स्वतन्त्र उम्मेदवार अम्मरराज पाण्डेले निर्वाचनमा आफ्नो ८८ हजार ५०० रूपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगमा पेश गरेका छन् । कालो पार्टी चुनाव चिन्ह भएका पाण्डेले निर्वाचनमा सात मत प्राप्त गरेका थिए । प्राप्त मतलाई उनले खर्च गरेको रकम हेर्दा प्रति मतका लागि पाण्डेले १२ हजार ६४२ रूपैयाँ खर्च गरेको देखिन्छ ।
पाण्डेले जसरी नै अहिले निर्वाचनमा उम्मेदवारले गरेको खर्च विवरण बुझाउनेको कार्यालयमा ताँती छ । निर्वाचन आचारसंहितामा उल्लेख भएअनुसार निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको ३५ दिनभित्र खर्च बुझाउनु पर्ने व्यवस्थाअनुसार सो विवरण बुझाउनेको भीड लागेको हो । पछिल्लो दुई दिनमा मात्रै २१ जना उम्मेदवारले यसरी नै खर्च विवरण बुझाएका छन् । यो संख्या निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मंसिर ७ गतेको दिनलाई आधार मान्ने हो भने अब खर्च विवरण बुझाउने दिन आउन आज मंगलबार तीन दिनमात्रै बाँकी छ ।
‘खर्च विवरण बुझाउन आउने बढ्दै छन्’, निर्वाचन कार्यालयकी शाखा अधिकृत रुद्रु पौडेलले भनिन्, ‘पछिल्लो दुई दिन (आइतबार र सोमबार) मात्रै २१ जना उम्मेदवारले खर्च विवरण बुझाए । विवरण बुझाउनेको संख्या जम्मा ३० पुग्यो ।’
जिल्लामा निर्वाचनका बेला उम्मेदवारहरुले करोडांै खर्च गरेको चर्चा चलेपनि निर्वाचन कार्यालयमा बुझाएको विवरणमा सबैले १० लाख रूपैयाँभन्दा कम नै रकम खर्च विवरण बुझाएका छन् ।
‘बढी बुझाए त आचारसंहिता उलङ्घन हुन्छ’, एक जानकारले भने, ‘निर्वाचन आयोगको आँखामा झारा टार्ने काम मात्रै हो ।’ निर्वाचन आयोगमा खर्च विवरण पेस गर्नेमध्ये सबैभन्दा बढी खर्च गरेको देखिने चितवन क्षेत्र १ का विजयी उम्मेदवार पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे हुन् । एमालेका उम्मेदवार पाण्डेका तर्फबाट आर्थिक समितिका संयोजक घनश्याम कँडेलले बुझाएको खर्च विवरणमा ९ लाख ९६ हजार रूपैयाँ खर्च गरेको उल्लेख छ ।
‘हामीले खर्च गरेको विवरण नै पेस गरेका हौँ’, कँडेलले चितवन पोष्टसँग भने, ‘ त्यो खर्च पार्टीका तर्फबाट भएको हो । कहीँकतै शुभेच्छुकहरुबाट पनि  आफ्ना खुसी केही खर्च भएको हुन सक्छ ।’
अहिले चितवनमा निर्वाचन जित्नेदेखि हार्नेसम्मले खर्च विवरण बुझाइ रहेका छन् । पाँच क्षेत्र रहेको चितवनमा ११५ उम्मेदवार थिए । उम्मेदवारमध्ये ९९ जनाको जमानत जफत भए पनि उनीहरुले समेत खर्च विवरण बुझाउनुपर्ने अनिवार्य व्यवस्था छ । १० प्रतिशतभन्दा कम मत आउने उम्मेदवारको जमानत जफत हुने व्यवस्था छ । यो व्यवस्थाअनुसार जिल्लामा १६ जना उम्मेदवारले मात्रै जमानत जोगाएका छन् ।
‘केही मत नपाउने उम्मेदवारले पनि खर्च विवरण बुझाउनुपर्छ’, कार्यालयकी शाखा अधिकृत पौडेलले भनिन्, ‘कतिपय उम्मेदवारले एक मत पनि  नपाएको अवस्था छ ।’ चितवनमा १० मतभन्दा कम मत पाउने पाण्डेजस्ता १६ जना उम्मेदवार छन् । दश मतभन्दा कम मत प्राप्त गर्ने सबैभन्दा बढी ७ जना क्षेत्र ५ मै छन् । क्षेत्र १, २, ३ र ४ मा भने  दुई–दुई जना उम्मेदवारले १० मतभन्दा कम मत पाएका छन् ।
खर्च विवरण पेश गर्दैगर्दा उम्मेदवारहरुले निर्वाचन आचारसंहितालाई ध्यान दिएको पनि देखियो । निर्वाचनको बेला अनुगमनसमेत गरेका नेपाल बार एसोसियसन चितवनका अध्यक्ष राजकुमार श्रेष्ठ भन्छन्, ‘दस लाखभन्दा कम खर्च देखाउनुपर्ने उम्मेदवारको बाध्यता हो । उम्मेदवारले नै दिएको खर्च विवरणलाई निर्वाचन आयोगले समेत मान्नुपर्ने बाध्यता छ । नत्र निर्वाचनको खर्च पारदर्शी गराउने हो भने निर्वाचनकै बेला उम्मेदवारहरुले गरेको खर्चको अनुगमन निर्वाचन आयोगले गर्ने परिपार्टीको विकास हुनुपर्छ ।’

Related Posts

पत्रकार महासंघ चितवनको पदभार ग्रहण

पत्रकार महासंघ चितवनको पदभार ग्रहण

कांग्रेस नेता सहभागी कार्यक्रममा तोडफोड

कांग्रेस नेता सहभागी कार्यक्रममा तोडफोड

राष्ट्रिय शक्ति नेपालको चितवनमा तदर्थ समिति गठन

राष्ट्रिय शक्ति नेपालको चितवनमा तदर्थ समिति गठन

Discussion about this post

अन‌ि यो पनि

पत्रकार महासंघ चितवनको पदभार ग्रहण
राजनीति

पत्रकार महासंघ चितवनको पदभार ग्रहण

भरतपुर । नेपाल पत्रकार महासंघ चितवनको नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको छ । गत चैत २५ गते सम्पन्न अधिवेशनबाट निर्वाचित...

Read more
Chitwan Post

अवैध मालसामान बरामद

Chitwan Post

हुरीबतासले धादिङमा लाखौँको क्षति

Chitwan Post

अपाङ्गले बनाएका फाइबरका सामग्री सिजी ल्यान्डमार्कमा

शिक्षा क्षेत्रमा कोरोनाको प्रभाव : विद्यालय सञ्चालनमा मन्त्रालयबीच मतभेद

गैँडाकोट फुटबल क्लबलाई मेयर कपको उपाधि

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : [email protected]

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In