सौराहा । हात्ती महोत्सवको १० औं संस्करणमा आइपुग्दा हात्तीदौड प्रतियोगिता अवलोकन गर्न व्यवसायीले मिनी स्टेडियम बनाएका छन् । विदेशी पर्यटकलाई केन्द्रित गरी हात्तीदौड प्रतियोगिता हुने बाघमारा चौरमा २०० वटा कुर्ची अट्ने स्टेरियम बनाइएको क्षेत्रीय होटल संघका कार्यालय सचिव मनोज सुनारले जानकारी दिनुभयो ।
समग्र हात्तीदौड हेर्न शुल्क नलाग्ने भएपनि स्टेडियममा बसेर प्रतियोगिता हेर्न भने शुल्कको व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । विगतका प्रतियोगितामा सजिलो गरी प्रतियोगिता हेर्न नपाएको विदेशी पर्यटकहरुबाट गुनासो बढेपछि यस वर्ष स्टेडियम बनाएर पर्यटकलाई हेर्ने व्यवस्था मिलाइएको संयोजक ज्ञानेन्द्रकुमार विष्टले बताउनुभयो । स्टेडियममा बसेर हेर्न २०० को टिकट काट्नुपर्छ ।
Discussion about this post