ADVERTISEMENT
२ माघ २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२ माघ २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

कर छुटको अवसरलाई नगुमाउन आग्रह

by चितवन पोष्ट
२०७० पुष ९, मंगलवार ०३:२४ गते
in अर्थ
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । आन्तरिक राजस्व कार्यालय चितवनले पुस महिनाभित्र विवरण बुझाउने व्यवसायीलाई छुटको व्यवस्था गरेको छ ।
विभिन्न कारणले व्यवसाय दर्ता नगरेका, नवीकरण नगरेका, तथा कर नबुझाएका व्यवसायीका लागि यो महिनाभर बुझाएमा छुट दिने कार्यालयका प्रमुख कर अधिकृत प्रेम उपाध्यायले जानकारी दिनुभयो । व्यवसाय कर, सेवा शुल्क, आयकर, अधिक कर सबैमा राजस्व बाहेक जरिवाना तथा ब्याजमा छुटको व्यवस्था मिलाइएकाले अवसर नगुमाउन उहाँले व्यवसायीलाई आग्रह गर्नुभयो ।
यसअघि भने छुटको व्यवस्था गरिएको थिएन । पुस सकिएपछि भने बजार अनुगमन गर्ने र त्यसमा नियमविपरीत पाइए कडा कारबाही हुनेसमेत उहाँले बताउनुभयो ।
हालसम्म मूल्य अधिक करसँग सम्बन्धित रु चार हजार ६४५ र आयकर अन्र्तगत २८ हजार ६४१ व्यवसाय आन्तरिक राजस्व कार्यालयमा दर्ता भइसकेका छन् । रु दुई लाखसम्मको कारोबारको आयकर नलाग्ने र रु तीन लाखसम्मको १५ प्रतिशत र रु तीन लाख भन्दा बढी कारोबारमा आयकर २५ प्रतिशतले लाग्ने कार्यालयले जनाएको छ ।
अधिक कर भने १३ प्रतिशत लाग्ने छ । गएको वर्ष जिल्लामा उत्कृष्ट कार्यालयको प्रशंसापत्र पाइएको कार्यालयले यस वर्ष पनि आफ्नो कामलाई चुस्त पार्दै राजस्व सङ्कलनमा वृद्धि गर्दै लगेको उपाध्यायले बताउनुभयो ।
उहाँका अनुसार यस आवमा कुल रु आठ अर्ब २६ करोडको लक्ष्य रहेकामा पहिलो चौमासिक लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको छ । यो १०२.८४ प्रतिशत हो । पहिलो चौमासिकसम्ममा दुई अर्ब ४७ करोडको लक्ष्य रहेकामा दुई अर्ब ५४ करोड राजस्व सङ्कलन भएको प्रमुख उपाध्यायले बताउनुभयो ।
लक्ष्यभन्दा सात करोड बढी राजस्व सङ्कलन गर्न सफल भएको कार्यालयले जनाएको छ । कार्यालय अन्तःशुल्कबाट सबैभन्दा बढी छ करोडले बढाएर दुई अर्ब १६ करोड राजस्व सङ्कलन गर्न सफल भएको छ । यो क्रमलाई निरन्तरता दिन कार्यालय सक्रिय भएको जनाइएको छ ।

Related Posts

भरतपुर सिटी हलको निर्माण कार्य धमाधम

भरतपुर सिटी हलको निर्माण कार्य धमाधम

सुकुमबासीलाई सात घर हस्तान्तरण

कालिकामा दुई कार्यविधिसहित वन ऐन पारित

अघि बढ्यो ऐतिहासिक लौरीतालको स्तरोन्नति

ग्यास बिक्रेताद्वारा कर खारेजीको माग

Discussion about this post

अन‌ि यो पनि

भरतपुर सिटी हलको निर्माण कार्य धमाधम
अर्थ

भरतपुर सिटी हलको निर्माण कार्य धमाधम

भरतपुर । भरतपुर महानगरपालिकाको रणनीतिक योजनामा समावेश बहुप्रतीक्षित आयोजना सिटी हल निर्माणको कार्य धमाधम हुन थालेको छ । उपयुक्त स्थानको...

Read more
अझै तीन दिन मौसम बदली हुने

अझै तीन दिन मौसम बदली हुने

राजधानी बाहिर मुटुको उपचारमा अग्रणी बन्दै चितवन मेडिकल कलेज

राजधानी बाहिर मुटुको उपचारमा अग्रणी बन्दै चितवन मेडिकल कलेज

पिसिआरमा बढी रकम असुलेको आरोप : चितवनका दुई अस्पताल कारबाहीमा

बागलुङमा अझै स्थापना हुन सकेन पिसिआर प्रयोगशाला

कावासोतीको चक्रपथ सुस्त गतिमा

कावासोतीको चक्रपथ सुस्त गतिमा

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In