ADVERTISEMENT
२३ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२३ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

असुरक्षित गर्भपतन रोकौँ

by चितवन पोष्ट
२०७० पुष ८, सोमबार ०३:१९ गते
in सम्पादकीय
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

नेपालमा असुरक्षित गर्भपतन गराउने धन्दा फस्टाइरहेको छ । गर्भपतनलाई कानुनी मान्यता दिए पनि स्वास्थ्य मन्त्रालयले इजाजत नदिएका संस्था तथा व्यक्तिबाट गर्भपतन गराउँदा महिलाको स्वास्थ्य जोखिममा पर्ने गरेको छ । सामान्य मेडिकलबाट औषधि किनेर असुरक्षित गर्भपतन गराउँदा महिलाको स्वास्थ्यमा समस्या आउने गरेको पाइएको छ । सामान्य मेडिकलमा गर्भपतन गराउने र समस्या भएपछि जिल्ला जनस्वास्थ्य कार्यालयमा जाने गरेका छन् । अहिले औषधि पसलहरुमा गर्भपतन गराउने औषधि छापछापती पाइन्छन् । असुरक्षित तवरले गर्भपतन गराउन औषधि सेवन गर्दा रक्तस्रावको समस्या हुने गरेको छ । गर्भपतन गराउने औषधि भारतबाट गैरकानुनी रुपले भित्रिने गरेको छ । सीमावर्ती सहरदेखि जुनसुकै औषधि पसलमा पनि गर्भपतनको औषधि किन्न पाइन्छ । असुरक्षित गर्भपतनले महिलाको पाठेघर खस्ने, क्यान्सर हुने र महिलाको मृत्युसमेत हुने खतरा हुन्छ । असुरक्षित गर्भपतनसम्बन्धी चेतना नहुँदा अधिकांश महिलाहरुले जटिल स्वास्थ्य समस्या भोगिरहेका छन् ।
असुरक्षित यौन सम्पर्क तथा अवैधानिक रुपमा रहेको गर्भलाई पतन गराउन महिलाहरुले असुरक्षित रुपमा गर्भपतन गराउन बाध्य हुनुपर्ने अवस्था छ । नेपालमा वैधानिक रुपमै गर्भपतन गराउन सकिने भए पनि त्योभन्दा बढी समयको गर्भ निजी क्लिनिक तथा औषधि पसलले अधिक पैसा आर्जन गर्ने प्रलोभनमा महिलाको स्वास्थ्यसँग खेलबाड गर्ने गर्दछन् । यसका कारण बेलाबेलामा असुरक्षित गर्भपतन गराउने व्यक्ति तथा संस्था समस्यामा पर्ने गरेका छन् । असुरक्षित गर्भपतन गराउँदा महिलाको मृत्युसमेत भएका घटना छन् । त्यस्ता अपराधमा स्वास्थ्यकर्मीहरुले कानुनी सजाय भोग्नु परेका कयौँ घटना छन् । गर्भपतनका लागि जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, नेपाल परिवार नियोजन संघ, मेरी स्टोप्स क्लिनिकलगायतका संस्थालाई अनुमति छ । जिल्ला स्वास्थ्य कार्यालयको प्रतिवेदनअनुसार गर्भपतन गराउनेमा अधिकांश अविवाहित महिला, स्कुल र क्याम्पसका छात्रा तथा श्रीमान् विदेशमा रहेकाहरु बढी छन् । वैधानिक केन्द्रमा भन्दा निजी संस्थामा अवैधानिक किसिमले गर्भपतन गर्नेको संख्या बढिरहेको छ ।
केही दशकअघिसम्म नेपालमा गर्भपतनलाई कानुनी रुपमा मानव हत्यासँग तुलना गरी त्यहीअनुसारको सजाय दिने गरिन्थ्यो । गर्भपतनसम्बन्धी ज्ञान र अनुभव नभएका व्यक्तिले लुकेर, लुकाएर गर्भपतन गनुपर्ने अवस्था थियो । सन् २००२ मा पारित भएको गर्भपतनसम्बन्धी कानुनले महिलाको वर्तमान वा विगतका वैवाहिक सम्बन्धको स्थिति जस्तोसुकै भए पनि गर्भपतन गराउन सक्ने सम्पूर्ण अधिकार गर्भवती महिलालाई नै दिएको छ । महिलाको व्यक्तिगत इच्छामा १२ हप्तासम्मको गर्भपतन गर्न सकिन्छ । करणी वा हाडनाताको सम्बन्धले रहन गएको गर्भ भएमा १८ हप्तासम्म पनि पतन गर्न सकिन्छ । तर, बच्चाको लिङ्गका आधारमा भने गर्भपतन गर्न पाइँदैन । बच्चाको लिङ्ग पत्ता लगाएर गर्भपतन गराउन गर्भ परीक्षण गराउनु गैरकानुनी मानिन्छ । सकभर गर्भपतन नै नगराऔँ, गर्नुपर्ने अवस्थामा सरकारले सूचीकृत गरेका संस्थामा सुरक्षित ढंगले गर्भपतन गराउनु उपयुक्त हुन्छ ।

Related Posts

Chitwan Post

शिक्षकको ‘अनैतिक’ कुकृत्य

Chitwan Post

आगलागी नियन्त्रण चुनौतीपूर्ण बन्दै

Chitwan Post

वार्ताको पहल स्वागतयोग्य

Discussion about this post

अन‌ि यो पनि

प्रतिपक्ष र दाहाल–नेपाल समूहद्वारा सदनमा अवरोध
राजनीति

अनेमसंघ रत्ननगर नगर कमिटी गठन

रत्ननगर । अखिल नेपाल महिला संघ रत्ननगर नगर कमिटी गठन गरिएको छ । आइतबार सम्पन्न प्रथम विस्तारित भेलाले विरञ्जना घिमिरे...

Read more
प्रतिपक्ष र दाहाल–नेपाल समूहद्वारा सदनमा अवरोध

प्रतिपक्ष र दाहाल–नेपाल समूहद्वारा सदनमा अवरोध

Chitwan Post

खैरहनीमा मनाइयो महिला दिवस

प्रथम आङछिरिङ शेर्पा स्मृति गल्फ टुर्नामेन्टमा सुमनले जिते कार

प्रथम आङछिरिङ शेर्पा स्मृति गल्फ टुर्नामेन्टमा सुमनले जिते कार

पिठुवा खानेपानीको चौंथो साधारण सभा

पिठुवा खानेपानीको चौंथो साधारण सभा

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In