ADVERTISEMENT
२२ फाल्गुन २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२२ फाल्गुन २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

भरतपुरलाई वातावरणमैत्री नगर बनाउन प्रतिबद्धता

by चितवन पोष्ट
२०७० पुष ८, सोमबार ०३:१३ गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

फोहर, तरकारी बजार, पार्किङ र पशु बधशालाको व्यवस्था गर्न सुझाव [divider]

1 newsभरतपुर । सन् २०१४ सम्ममा चितवनलाई पूर्ण सरसफाइयुक्त जिल्ला घोषणा गर्ने लक्ष्य लिएर अगाडि बढेको चितवनको सदरमुकाम भरतपुर नगरपालिकालाई दुई वर्षभित्र वातावरणमैत्री नगर निमार्णको लागि नगरपालिकाले प्रतिबद्धता जाहेर गरेको छ । न्यूनतम परिसूचकहरुको निमार्ण विना नै नगरपालिकाले यस्तो प्रतिबद्धता जाहेर गरेको हो ।
वातावरणमैत्री शासनको प्रारुप, २०७० मा वातावरणमैत्री सहरका लागि पशु बधशाला निमार्ण, ल्याण्डफिल्डसाइटको निमार्ण, पार्किङसहितको यातायात व्यवस्था प्रत्येक वडामा पार्कको निर्माण हुनुपर्ने उल्लेख छ । अहिलेसम्म नगरपालिकाले यी सूचक पूरा गर्न सकेको देखिँदैन ।
आइतबार भरतपुरमा आयोजित ‘वातावरणमैत्री नगर निर्माण’ विषयक सार्वजनिक सुनुवाई तथा विशेष अन्तत्र्रिmया कार्यक्रममा बोल्ने अधिकांश नगरवासीहरुले नगरपालिकाभित्र खानेपानी तथा ढलको समस्या आएको औंल्याएका थिए । कार्यक्रममा तरकारी तथा फलफूल व्यवसायी संघका महासचिव मुकुन्दप्रसाद गौतमले नगरपालिकाभित्र रहेको एकमात्र ताजा फलफूल तथा तरकारी बजार व्यवस्थित गर्न माग गरेका छन् ।
सीमित क्षेत्रफलमा रहेको बजार साँघुरो भएको र व्यवस्थापनमा कठिनाइ भएको उनको भनाइ थियो । उनले बजारमा फराकिलो ठाउँमा स्थानान्तरण गर्नुपर्ने बताए । साँघुरो र राजमार्गसँगै जोडिएकोले यातायातमा समेत कठिनाइ भएको बताए ।
प्रभावकारी हुुँदै गएको सुइरो कार्यक्रमलाई पुनः सञ्चालनमा ल्याउनुपर्ने मन सेनले बताइन् । उनले सुइरो कार्यक्रमलाई सञ्चालनमा ल्याए फोहोर व्यवस्थापनमा सजिलो हुनुका साथै  स्थानीयको आम्दानीसमेत बढ्ने बताइन् ।
कार्यक्रममा भरतपुर नगरपालिका ८ का जगन्नाथ कँडेलले वडास्तरीय समन्वय समितिको काम प्रभावकारी नभएकोे बताए । उनले समितिले केही पैसा उठाउने र बाँड्ने बाहेकका काम नगरेको जिकिर गरे । भरतपुर नगरपालिकाका वातावरण शाखाका इञ्जिनियर विराट घिमिरेले फोहर तथा नाली व्यवस्थापनका लागि नगरक्षेत्रमा आर्थिक समस्या आएको बताए । नारायणगढ क्षेत्रका कोही वडामा स्थानीयले सरसफाइ शुल्क निदिँदा समस्या आएको उनको भनाइ थियो ।
कार्यक्रममा भरतपुर नगरपालिकाका कार्यकारी अधिकृत नारायण सापकोटाले दुई वर्षभित्र नगरपालिकाले छुट्टै ल्याण्डफिल्ड साइट सञ्चालनमा ल्याउने बताए । आगामी नगरपरिषदबाट सोधभर्ना जग्गा किन्न बजेट विनियोजन गर्ने भन्दै उनले त्यसपछि ल्याण्डफिल्ड साइटको निर्माण थालिने बताए ।
उनले एक वर्षभित्रमा नगरपालिकाको कार्यालयलाई वातावरणमैत्री बनाउने र तर अर्को एक वर्षमा नगरलाई नै वातावरण बनाउने दावी गरे । कार्यकारी अधिकृत सापकोटाले नगरपालिका त्यसको लागि पोलिसी निर्माण गरिरहेको बताउँदै पोलिसी स्वीकृत भएसँगै नेपाल सरकारमार्फत डीएफआईडीको सहयोग प्राप्त हुने जानकारी दिए ।
पशु बधशाला निर्माण पनि सूचकको रुपमा रहेको भन्दै नगरपालिकाले त्यसतर्फ योजना बनाउने बताए ।
कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष डा. तिलचन्द्र गौतमले नगरपालिकाले ल्याउने सही कार्यक्रममा आफ्नो समर्थन र प्रतिबद्धता रहेको भन्दै वातावरणमैत्री नगर बनाउन आफ्नो ठाउँबाट लाग्ने बताए । संघ नारायणी नदीको संरक्षणको लागि वार्षिकरुपमा बजेट विनियोजन गर्ने गरेको भन्दै चालु आर्थिक वर्षमा नदी किनार संरक्षणको लागि १० लाख रूपैयाँ विनियोजन गरेको जानकारी दिए ।
भट्टराईले नारायणी नदीको नगर वनदेखि देवघाटसम्म संरक्षण गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्ने बताए ।
त्यस्तै, भरतपुर खानेपानी बोर्डका कार्यकारी निर्देशक शालिकराम पौडेलले २८ हजार घरधुरी रहेको नगरपालिकाका १५ हजार घरधुरीलाई निजी धाराबाट खानेपानी सुबिधा उपलव्ध गराएको भन्दै बाँकीलाई घरधुरीलाई पनि खानेपानी व्यवस्था मिलाउन लागिपर्ने बताए ।
भरतपुर नगरपालिकाले नगरलाई वातावरणमैत्री नगर निर्माणका प्रयासहरु आफ्नै कारणबाट असफल भएको नगरवासीहरुले आरोप समेत लगाए ।
नगरस्तरीय टोल सुधार समितिका अध्यक्ष हिरामणि अधिकारीले नगरपालिकाका कार्यक्रमलाई टोलस्तरमा पु¥याउन सहयोग गर्ने भन्दै वातावरणमैत्री नगर बनाउन प्रतिबद्धता जाहेर गरेका थिए । कार्यक्रम भरतपुर नगरपालिका र सामुदायिक रेडियो ध्रुवताराको सहकार्यमा भएको थियो ।

Related Posts

शहीद स्मारक कलेजमा नयाँ विद्यार्थीको स्वागत

प्रमुख प्रशिक्षक अरुणा गुरूङलाई सम्मान

शहीद स्मारक कलेजमा नयाँ विद्यार्थीको स्वागत

पश्चिम चितवनका पत्रकारलाई प्रेस ज्याकेट

शहीद स्मारक कलेजमा नयाँ विद्यार्थीको स्वागत

शहीद स्मारक कलेजमा नयाँ विद्यार्थीको स्वागत

Discussion about this post

अन‌ि यो पनि

Chitwan Post
खेलकुद

फागुन २५ गतेदेखि नवलपुरमा राष्ट्रपति रनिङ शिल्ड हुने

कावासोती । पूर्वी नवलपरासीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुन २५ गतेबाट हुने भएको छ । जिल्ला खेलकुद विकास समिति नवलपुरका...

Read more
शहीद स्मारक कलेजमा नयाँ विद्यार्थीको स्वागत

प्रमुख प्रशिक्षक अरुणा गुरूङलाई सम्मान

शहीद स्मारक कलेजमा नयाँ विद्यार्थीको स्वागत

पश्चिम चितवनका पत्रकारलाई प्रेस ज्याकेट

शहीद स्मारक कलेजमा नयाँ विद्यार्थीको स्वागत

शहीद स्मारक कलेजमा नयाँ विद्यार्थीको स्वागत

Chitwan Post

रामकृष्ण टोलमा श्रेष्ठको नेतृत्व

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In