भरतपुर । सार्वजनिक स्थानमा महिला तथा किशोरीमाथि दुव्र्यवहार बढी हुने गरेको भन्दै सुरक्षित सहर निर्माण गर्न सरोकारवालाले जोड दिएका छन् । चितवन सक्रिय समूह र महिला अधिकार मञ्च चितवनले गरेको नमुना सर्वेक्षणमा महिला तथा किशोरीमाथि दुव्र्यवहारका घटना बढी हुने गरेको तथ्याङ्क भरतपुरमा सार्वजनिक गरिएको छ ।
कार्यक्रममा सामुदायिक सेवा केन्द्र नारायणगढकी सचिव मोना सेनले कानुनलाई कार्यान्वयनमा जोड दिएर सुरक्षित वातावरण निर्माणमा लाग्न स्थानीय निकायलाई आग्रह गर्नुभयो । माइती नेपालका युवराज दवाडीले सार्वजनिक स्थलमा हुने दुव्र्यवहार अन्त्य गर्न सबै जागरूप भएर लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा स्थानीय विकास अधिकारी तिलक पौडेलले महिला तथा किशोरीमाथि हुने हिंसा अन्त्य गर्ने सहकार्य समन्वय गरेर सबै लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा स्थानीय महिलाअधिकारकर्मीहरुको सहभागिता रहेको थियो ।
Discussion about this post