ADVERTISEMENT
६ बैशाख २०७८, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
६ बैशाख २०७८, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

‘तापमान केन्द्र स्वास्थ्य निकायमा पनि आवश्यक’

by चितवन पोष्ट
२०७० पुष ८, सोमबार ०३:११ गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

2भरतपुर । चितवनमा डेंगु र मलेरियाको जोखिम बढ्दो छ । यी रोगविरूद्ध लड्न जनचेतना र सरल उपचार सुविधा अति आवश्यक हो । यसका साथै तापमानसँग सम्बन्धी यी रोगविरूद्ध योजना बनाउन स्वास्थ्य निकायमा पनि तापक्रम र वर्षा मापन केन्द्रको आवश्यकता देखिएको छ ।
अघिल्ला वर्षहरुमा गर्मी र वर्षादमा देखा पर्नेे डेंगु रोग चितवनमा यो पटक जाडोयाम सुरू हुँदा पनि महामारीको रुपमा फैलियो । साउन भदौभन्दा चिसो महिना कात्तिक र मंसिरमा डेंगु रोग लागेका बिरामीको संख्या बढेर गयो ।
गर्मीका महिना हुन् या जाडोका निश्चित तापक्रममा डेंगु फैलाउने लामखुट्टे जिवित रहन सक्छ । त्यो तापमान कायम रहेका बेला वर्ष भएर पानी जमेमा डेंगुको समस्या नआउने होइन, तर गर्मीयाम बाहेकका महिनामा वर्षा हुँदा हामी डेंगु फैलने सम्भावना देख्दैनौँ ।
‘डेंगु फैलाउने माध्यम मानिएको लामखुट्टे १० डिग्री सेल्सियसभन्दा तल तापक्रम भए मर्छ । ४० डिग्रीभन्दा माथि पुगे नासिएर जान्छ’ स्वास्थ्य सेवा विभागको महामारी प्रकोप, प्रतिकार्य तथा पूर्वतयारी योजना शाखाका निर्देशक डा.बाबुराम मरासिनी भन्छन् ।
डेंगुको जोखिममा रहेका जिल्लाका जिल्ला जनस्वास्थ्य कार्यालय र अन्य स्वास्थ्य इकाइहरुमा वर्षा र तापमान मापकयन्त्र अनिवार्य हुनुपर्ने उनको भनाइ छ । चितवनजस्तो डेंगु प्रभावित जिल्लामा यस्तो तापमान र वर्षा मापनयन्त्र जनस्वास्थ्य कार्यालयमा देख्न पाइँदैन ।
‘यो खर्चिलो पनि होइन, तर राख्नुपर्छ भन्ने सोच जाग्न सकेन’ निर्देशक मारासिनीले भने । असोज महिनामा वर्षा भएपछि चितवनमा डेंगुको प्रकोप बढेर गएको हो । चितवनमा १० डिग्रीभन्दा तल र ४० डिग्रीभन्दा माथि जान सक्ने सम्भावना कम रहन्छ ।
‘त्यसैले तापमान केन्द्र भयो भने कति वर्षा भयो ? कति तापक्रम थियो ? त्यो जानकरी लिएर महामारी फैलनुअघि नै सतर्कता अपनाउन सकिन्थ्यो’ निर्देशक डा.मारासिनीको भनाइ छ । जिल्लाको एक ठाउँमा मात्रै नभएर फरक तापमान हुने हरेक क्षेत्रमा यस्ता केन्द्र आवश्यक छ ।
चितवनजस्तो ठाउँमा डेंगुमात्रै होइन, मलेरियाको खतरा पनि छ । निर्देशक डा.मरासिनी भन्छन् ‘कुनै ठाउँमा १५ डिग्रीभन्दा माथिको तापक्रम लगातार ९० दिनसम्म कायम रहेमा त्यो क्षेत्रमा मलेरिया हुने सम्भावना रहन्छ ।’
‘त्यसैले मलेरियाको बारेमा योजना बनाउन पनि कुन ठाउँको तापक्रम के कति थियो कति समयसम्म निश्चित तापमान कायम रह्यो भन्ने थाहा पाउन तापमान केन्द्र आवश्यक रहेको हो’ निर्देशक मरासिनीले भने । चितवनमा क्षेत्र अनुसार फरक तापमान रहने गर्छ ।
डेंगु एकपटक लागेको व्यक्तिलाई दोहो¥याएर अर्को पटक पनि लाग्न सक्छ । तर पहिलो पटक डेंगु लागेको हो या दोहोरिएको हो भन्ने परीक्षण गर्न सकिने अवस्था चितवनमा छैन । जोखिम बढेको जिल्लामा यस्तो परीक्षणको व्यवस्था मिलाउन पनि स्वास्थ्थकर्मीहरु माग गर्छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालयले यी योजना सम्पन्न गर्न केन्द्र्रीय निकायको मात्रै भर पर्नुपर्ने आवश्यकता पनि छैन भन्छन् निर्देशक डा.मरासिनी । जिल्ला विकास समिति, नगरपालिका र गाविसहरुसँग समन्वय गरेर पनि पूरा गर्न सकिने काम हुन् यी भन्छन् उनी ।
‘स्थानीय निकायले विकास निर्माणमा बढी ध्यान दिन्छन् । पुल बाटोमा चासो बढी छ । जनस्वास्थ्यसँग जोडिएका योजनाहरुमा पनि उनीहरु लगानी गर्न तयार हुन्छन् । योजनाको आवश्यकता अनुभव गराउन सक्नुप¥यो’ निर्देशक डा.मरासिनीको भनाइ छ ।

Related Posts

कोरोनाका चार नयाँ भेरियन्ट फेला

“महामारी फैलियो, सावधानी छैन”

चितवनमा साउनयता २२ वन्यजन्तु मरे

नौ महिनामा मरे ३० गैँडा

अवैध मालसामान बरामद

अवैध मालसामान बरामद

Discussion about this post

अन‌ि यो पनि

चितवनमा कोरोना सङ्क्रमित बढ्दै, ९ बजेपछि रात्रिकालीन व्यवसाय बन्द गर्न अनुरोध
प्रमुख समाचार

आइतबार १०९६ जनामा कोरोना पुष्टि, थप आठ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप एक हजार ९६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या...

Read more
रत्ननगर, राप्ती, कालिका र इच्छाकामनामा संक्रमित संख्या शून्य

कोरोना महाव्याधिबारे मतभेद हटाऔँ

कोरोनाका चार नयाँ भेरियन्ट फेला

“महामारी फैलियो, सावधानी छैन”

चितवनमा साउनयता २२ वन्यजन्तु मरे

नौ महिनामा मरे ३० गैँडा

भाषामा सीमातीत चीरहरण !

भाषामा सीमातीत चीरहरण !

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : [email protected]

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In