भरतपुर । विख्यात हुन्डाई कम्पनीको नयाँ मोडल ‘हुण्डाई ग्राण्ड आईटेन’ को बिक्री चितवनमा सुरू भएको छ । बिक्रि शुभारम्भका अवसरमा प्रत्येक गाडी खरिदमा १ लाख ५८ हजार स्कीम अफर रहेको छ ।
हुण्डाई कारका पारखीहरुलाई लक्षित गरी हुण्डाई गाडीको चितवनका लागि आधिकारिक बिक्रेता पिनाकल ट्रेडिङ कन्र्सन प्रालिले कारको लन्चिङ गदै कारको बिक्री सुरू गरेको हो ।
हुण्डाई कारका ग्राहकवर्गहरुको चाहनालाई मध्येनजर गर्दै चितवनमा ‘हुण्डाई ग्राण्ड आईटेन’ चितवनको बजारमा लन्चिङसँगै बिक्री सुरू समेत भएको हो ।
पिनाकलको नारायणगढ मेनरोड स्थित सो रुममा एक भव्य समारोहका विच उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष कल्यण जोशीले कारको लन्चिङ्ग गरेका थिए ।
मेग्ना, आस्था र स्पोर्ट गरी तीन मोडलमा विभिन्न आठ रंगमा उपलब्ध ग्राण्ड आई टेनको मुल्य २३ लाख २६ हजारदेखि २६ लाख ९६ हजार मुल्य रहेको कन्र्सनका प्रबन्ध निर्देशक ईश्वर श्रेष्ठ जानकारी गराए ।
सो कार सस्तो मुल्यमा, आर्कषक डिजाईन र राम्रो पर्फमेन्सका कारण चितवन आसपासका जिल्लाका सेवाग्राहीलाई लक्षित गरिएको कन्र्सनका प्रबन्ध निर्देशक ईश्वरकुमार श्रेष्ठको भनाइ छ ।
यो कार युरोपमा प्रयोग भएको फयूडिक डिजाईनका आधारमा बनाइएकोले स्टाइलिस भएको कन्र्सनका बिक्रि प्रबन्धक बलराम रेग्मीले बताए ।
Discussion about this post