भरतपुर । दियालो परिवार नारायणगढले चितवनमा बालश्रमिकहरुको अवस्था दयनीय बन्दै गएको जनाएको छ । पछिल्लो तथ्याङ्कअनुसार २ हजार ७७६ जना बालश्रमिकहरु रहेको पाइन्छ ।
बालश्रमिकको क्षेत्रमा कृयाशील संस्थाहरुबीच समन्वय हुन नसक्दा बालश्रमिकको समस्या समाधान हुन नसकेको कार्यालयले जनाएको छ । दियालो परिवार नारायणगढका कार्यकारी निर्देशक केदारनाथ खनालले आफ्नो कार्यालयले बालश्रमिकहरुलाई सहरी बालशिक्षाअन्तर्गत १४० जनालाई अनौपचारिक कक्षा सञ्चालन गरेको जानकारी दिनुभयो । आयआर्जन तथा व्यवसायिक तालिममा समेत बालश्रमिकहरुको सहभागितालाई उच्च प्राथमिकता दिएको बताउनुभयो ।
यसैबीच कार्यालयले सञ्चालन गरेको दुई दिने अन्तरव्यक्ति सञ्चार तथा सहजीकरण सिप बारेको तालिम आजै सकिएको छ । तालिमको भरतपुर नगरपालिकाका कार्यकारी अधिकृत नारायणप्रसाद सापकोटाले कार्यक्रमको समापन गर्नुभएको थियो ।
Discussion about this post