ADVERTISEMENT
३ माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
३ माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

साहित्यकारहरुको साझा पीडा

by चितवन पोष्ट
२०७० पुष ७, आईतवार ०४:०३ गते
in विचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

–केशव भट्टराई
kewshab bhattaraiमानवीय स्वभाव र रूचिअनुसार मान्छेका फरक–फरक प्रतिभा हुन्छन् । कोही कविता लेखेर आत्मसन्तुष्टि प्राप्त गर्छन् । कोही निबन्धमा डुबेर आफ्नो पीडा ओकल्छन् । कोही महिनौँ गीत लेखेर चर्चामा आउँछन् । जुनसुकै विधामा जे लेखे पनि पहिला त आफ्नो आत्मसन्तुष्टिकै लागि लेखिन्छ । अरुका लागि मन परे पनि, नपरे पनि स्रष्टाहरुले लामो अनुभव, मेहनत र दुःखका साथ साहित्य सिर्जना गरेका हुन्छन् । तर, नेपालमा अझै पनि स्रष्टाका सिर्जनाहरुले उचित मूल्य पाउन सकेको छैन । अर्थात्, साहित्य सिर्जना गरेर सर्जकहरुको जीवनवृत्तिमा खासै प्रगति हुन सकेको देखिँदैन । लेखक तथा साहित्यकारले आफ्नो कृति सर्वप्रथम त रहरकै लागि सिर्जना गरेका हुन्छन् । कसैले चर्चा पाउन कृति निकाल्छन्् त कतिले संख्यात्मक कीर्तिमान कायम गर्न पुस्तक छपाउँछन् ।
लेखकहरुका नयाँ कृति दिनहुँ बजारमा आउँछन् । अहिलेका सिर्जनाहरु व्यक्तित्व हेरेर वा प्रोफाइलका आधारमा बिक्री हुने गरेका छन् । लेख्न गाह्रो काम भएकै कारण साहित्यकारहरु भन्ने गर्दछन्– ‘साहित्य रचना गर्नु र त्यसलाई पुस्तकारका रुपमा प्रकाशन गर्नु महिलाहरुले प्रसव पीडा भोग्नुजस्तै हुन्छ ।’ स्तरीय र पठनीय रचनाहरु बिरलै पुस्तकका रुपमा आउँछन् । अधिकांश स्रष्टाले प्रकाशन गर्ने रहरैरहरमा आफ्ना सिर्जनाहरु पाण्डुलिपिमा सीमित गर्नुपर्ने बाध्यता पनि छ । लेखक तथा साहित्यकार राष्ट्रका अमूल्य सम्पत्ति हुन्, तथापि राज्यले स्रष्टाहरुको सम्मान गर्न सकेको छैन । कति कृतिहरु साँच्चै नै राम्रा हुन्छन् । प्रचार–प्रसार र पहुँचबिना त्यस्ता कृतिको त्यति चर्चा पनि हुँदैन र समीक्षकले समीक्षा गर्ने आवश्यकता पनि देख्दैनन् ।
मोफसलका साहित्यिक कृतिहरु जतिसुकै स्तरीय र पठनीय भए पनि त्यसले उचित सम्मान पाउन सकेको देखिँदैन । राष्ट्रिय ‘प्रोफाइल’ बनाएका स्रष्टाबाहेक अरु साहित्यकारहरुले साहित्यमा जति त्याग गरे पनि त्यसको कदर हुन सकेको छैन । लेखेर बाँच्न सक्ने अवस्था नआएसम्म न साहित्यिक रचनाले मूल्य पाउँछ, न त साहित्यकारको जीवनवृत्तिमा कुनै फरक नै आउँछ । अवस्था जे भए पनि आफूले सिर्जना गरेको कृति आफैँमा मूल्यवान् हुन्छ, मह¤वपूर्ण हुन्छ र ऐतिहासिक पनि हुन्छ । वास्तवमै दुःख गरेर साहित्य सिर्जना गर्नेभन्दा पनि यहाँ नक्कली स्रष्टाहरुले सक्कलीहरुलाई चुनौती दिने विडम्बना पनि उत्तिकै छ ।
साहित्यमा माफियातन्त्र हाबी भएको कुरा सबै स्रष्टाहरुलाई थाहा पनि छ । तर, त्यसको भण्डाफोर गर्न ढिलाइ भएकोमा म चकित भएको छु । केही महिनाअघिको कुरा हो, एक जनाले फेसबुकमा आउने गजल संकलन गरेर आफ्नो नाउँमा गजलसंग्रह नै निकालेछन् । गजलसंग्रहलाई गजलका अनुरागीहरुले औधी मन पनि पराएछन् । केही गजल त रेकर्ड नै गरेर रेडियोबाट गुञ्जिन थालेछ । गजलकारको पनि खुसीको सीमा नै रहेन । ती नक्कली स्रष्टा साहित्यिक कार्यक्रमहरुमा छाउनुसम्म छाए । मोतीजयन्तीदेखि भानुजयन्तीसम्म, देवकोटादेखि सम र भूपिदेखि नारायणगोपाल स्मृति दिवससम्म एकाएक गजल गाएर खुबै चर्चा बटुल्न सफल भए । Writer
नवसर्जकको यति धेरै चर्चा भएपछि र गजल सम्राट्कै उपाधि पाउन थालेपछि अन्य गजलकारहरुलाई पनि ईष्र्या लाग्नु स्वाभाविकै हो । वरिष्ठ गजलकारहरुले गजलको मर्मान्वेषण गर्न थालेपछि ती गजलकार एकाएक अभियुक्त ठहरिए । त्यत्रो कृति निकालेर देशविदेशबाट वाहवाही पाएका गजलमणि त माफियामणिमा दर्ज भए । त्यसपछि भूमिका लेखिदिने महान् गजलाधीशसमेत सर्वत्र आलोचित भए । यस्तो घटना घटेपछि अहिलेचाहिँ तँछाडमछाड गरेर फेसबुकमा रचना पोस्ट गर्ने कार्य घटेको छ । महान् साहित्यकारले समेत आफ्ना रचना चोरिने डरले हुन सक्छ, अहिले अलि बढी चनाखो हुन थालेका छन् ।
लेखरचना चोरिने र दुरूपयोग हुने घटना यो नयाँ होइन । उन्नाइसौँ सताब्दीदेखि नै अरुका रचना किर्ते गर्ने र आफ्नो नाममा छापेर चर्चा पाउने रोग अहिलेसम्म पनि यथावतै छ । देवकोटा, भूपिलगायत स्रष्टाका पाण्डुलिपि हराएको, सिर्जना चोरिएको र अभावले बेचिएका दृष्टान्त हामीले सुन्दै आएका हौँ । कति गीतकार तथा गायकले आफ्ना गीत तथा लयसमेत अर्कैका नाउँमा गाइएको गुनासा धेरै अघिदेखि सुनिँदै आइएकै हो । कुनै पुस्तक या जर्नलमा छापिएका लेखरचना दुरूस्तै अर्को पुस्तक, स्मारिका या विशेषांकमा छापिएका दृष्टान्तहरु कति छन् कति ! यसमा कसले खोजखबर गर्ने, कसले चासो राख्ने ? तर, अन्याय कसैलाई पनि नहुनु पर्ने हो । भइरहेछ.., भइरहने छ..।
एक पटक मैले महिनौँ लगाएर लेखेको ‘अनौठो सम्बन्ध’ शीर्षकको एउटा कथाको निर्मम ढंगले किर्ते भएछ । चितवनकै मासिक पत्रिका सम्बन्धमा छापिएको मेरो लामो कथा एक मित्रले विदेशबाट प्रकाशित हुने पत्रिकामा आफ्नो नाम र फोटोसमेत राखेर प्रकाशित गरेछन् । त्यो कथा चर्चित भएपछि उनलाई बधाईको ओइरो पनि आएछ र कथाकारका रुपमा लोकप्रिय भएछन् । उनैले मलाई पढ्न दिएको पत्रिकामा मेरो आफ्नै कथा उनको नाममा हुबहु छापिएको थियो । प्रतिक्रियामा ती मित्रले भने– ‘दिन त त्यो कथा तपाईंकै नाममा दिएको हुँ, मेरो नाममा छापिएर आएछ । यस्तै हो, कहिलेकाहीँ यस्तो हुँदोरहेछ ।’ उनले यसलाई सामान्य नै ठाने । तर, आफूलाई यतिसम्म पीडा भयो कि आफैँलाई मन परेको ‘कथा’ माथि अतिक्रमण आफ्नै छिमेकी मित्रबाट भयो । यहाँ छापिएको त्यो पत्रिकाको कुनै पत्तो भएन । न कथाले चर्चा पायो, न त कथाकारले नै कुनै प्रतिक्रिया पायो । अचम्म त यो छ कि यो जमानामा सक्कलीभन्दा नक्कलीको नै बढी भाउ हुँदोरहेछ ।
यस्तै, एक पटक मेरो आफ्नै व्यङ्ग्य लेख ‘एसएमएस लभ’ पनि चोरी भयो । एक जना अनाम युवकले त्यो लेख पनि एउटा स्मारिकामा जस्ताको तस्तै ‘कपी–पेस्ट’ गरे । भाव उस्तै र सारवस्तु उस्तै भएका साहित्यिक लेखहरु त स्रष्टाहरुले लेख्छन्, लेख्तै आएका पनि छन् । तर, अरुका लेखरचना नक्कल गरेर आफ्नो नाउँमा छपाउँदा अलिकति स्वाभिमानको हेक्का राख्नुपर्ने होइन र ? के गर्नु, लाज पचाएपछि र हराएपछि कुनै कृति नै पुनर्मुद्रण गरेर नक्कल हुने हो कि भनेर डराउनु पर्ने अवस्था छ । अझ मोफसलमा त झनै समस्या छ । कृति प्रकाशन गर्ने स्रष्टाहरु होसियार नहुने हो भने आफ्ना कृति अनाधिकृत रुपमा मुद्रण गरेर सडकमा बिक्रीवितरण पनि हुन सक्छ । सस्तो लोकप्रियता कमाउन फेसबुकमा साहित्यिक लेखरचना पेस्ट गर्नेहरु किर्तेहरुबाट बढी पीडित बन्ने गरेका छन् । अरुले दिनरात लगाएर गरेको सिर्जना चोरेर साहित्यकार बन्ने, अरुले लेखिदिएको कविता वाचन गरेर पुरस्कृत हुने र अरुले तयार पारेको लय नक्कल गरेर गीत गाएर चर्चित हुने रोग कहिले अन्त्य होला ?
एक पटक एक जना स्रष्टाले आफ्नो डायरी हराएछन् । डायरी साहित्यिक सिर्जनाले भरिएका थिए । मूल्यको हिसाबले त्यस डायरी सय रूपैयाँको भए पनि मेहनत र रचनाको हिसाबले त्यो अमूल्य थियो । पाण्डुलिपि भने पनि, कृति भने पनि वर्षौंदेखि आफ्ना असंख्य दुःख, पीडा र अनुभव सँगालेको डायरी हराउँदा स्रष्टालाई स्वयं हराएको अनुभूति भएको हुँदो हो । कति रात अनिँदो भए, कति दिन पीडामा डुबे । तर, डायरी भेटिएनन् । उनी निराश भए, विक्षिप्त भए र केही समयपछि विर्सन बाध्य भए । केही समयपछि ती स्रष्टा फेरि मर्माहत् भए, जब उनको सिर्जना एकाएक अर्को स्रष्टाको नामबाट छापिन थाल्यो । मधुपर्क, गरिमाजस्ता साहित्यिक पत्रिकामा सिर्जना छापिन थालेपछि नक्कली स्रष्टाले वाहवाही पाए । पीडित स्रष्टाको निर्मम ढंगले भावनाकै हत्या भयो । आफ्नै सिर्जना भए पनि पीडित स्रष्टासँग कुनै दसी प्रमाण नहुँदा अरुकै नाममा छापिए पनि चित्त बुझाउनुसिवाय अरु विकल्प हुँदैन । आफैँले पाएको सन्तानलाई अरु कसैले मैले पाएको भनेर दाबी गर्दा सम्बन्धित आमालाई कतिसम्म पीडा हुन्छ होला ? साहित्यको सवालमा किर्ते गर्नेहरुउपर त्यस्तो कारबाही भएको सुनिएको छैन ।
साहित्यकार बन्न त्यति सजिलो छैन । र, चाहँदैमा बनिने पनि होइन । स्रष्टाहरुले रचना सिर्जनादेखि कृति प्रकाशनसम्मलाई प्रसव पीडाका रुपमा त्यसै तुलना गरेका पनि होइनन् । यति धेरै दुःखका साथ सिर्जना गरेका रचनालाई चोरेर कथित साहित्यकारका रुपमा आफूलाई उभ्याउनुजस्तो पाप अरु केमा हुन सक्छ र ? सके आफैँले रचना गरौँ, नसके अर्काको किर्ते नगरौँ । चोरेको कुनै पनि कुराले आफ्नो आत्मालाई खुसी तुल्याउन सक्दैन । लोकलाई केही समयलाई भ्रम फैलाउन सकिएला । आफू भने कहिले पनि वास्तविक साहित्यकार हुन सकिँदैन । आउनोस्, साहित्यिक माफियालाई सबै मिलेर बढारौँ । साहित्यको संरक्षण गरौँ र वास्तविक स्रष्टाहरुको सम्मान गरौँ ।

Related Posts

नवलपरासेली साहित्यिक पत्रकारिता

नवलपरासेली साहित्यिक पत्रकारिता

केन्द्रमा नेकपा विभाजन, चितवनमा पूर्वएमाले विभाजन

केन्द्रमा नेकपा विभाजन, चितवनमा पूर्वएमाले विभाजन

उल्टो कर्म, उल्टै परिणाम

उल्टो कर्म, उल्टै परिणाम

Discussion about this post

अन‌ि यो पनि

भरतपुर सिटी हलको निर्माण कार्य धमाधम
अर्थ

भरतपुर सिटी हलको निर्माण कार्य धमाधम

भरतपुर । भरतपुर महानगरपालिकाको रणनीतिक योजनामा समावेश बहुप्रतीक्षित आयोजना सिटी हल निर्माणको कार्य धमाधम हुन थालेको छ । उपयुक्त स्थानको...

Read more
अझै तीन दिन मौसम बदली हुने

अझै तीन दिन मौसम बदली हुने

राजधानी बाहिर मुटुको उपचारमा अग्रणी बन्दै चितवन मेडिकल कलेज

राजधानी बाहिर मुटुको उपचारमा अग्रणी बन्दै चितवन मेडिकल कलेज

पिसिआरमा बढी रकम असुलेको आरोप : चितवनका दुई अस्पताल कारबाहीमा

बागलुङमा अझै स्थापना हुन सकेन पिसिआर प्रयोगशाला

कावासोतीको चक्रपथ सुस्त गतिमा

कावासोतीको चक्रपथ सुस्त गतिमा

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In