ADVERTISEMENT
८ माघ २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
८ माघ २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

महँगी नियन्त्रण गर

by चितवन पोष्ट
२०७० पुष ७, आईतवार ०३:५८ गते
in सम्पादकीय
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

आमनागरिकको चासोको विषय बनेको बजार मूल्य नियन्त्रणमा आउन नसकेको कारण उपभोक्ता वर्ग चिन्तित भएका छन् । खासगरी, खाद्यान्न र तरकारीको मूल्यमा भएको अप्रत्याशित वृद्धिले श्रमजीवी जनताको दैनिकीमा नकारात्मक प्रभाव परेको पाइएको छ । बजार अनुगमन गर्ने अख्तियार पाएको स्थानीय प्रशासनले मूल्य नियन्त्रणतर्फ भने खासै चासो देखाएको पाइँदैन । केही होटलहरुमा छापा मारेर अखाद्य वस्तु नियन्त्रण गर्नेतर्फ केही प्रयास भएको भएता पनि मूल्यवृद्धि नियन्त्रण गर्नेतर्फ कुनै सक्रियता नदेखाउनु आफैँमा दुःख र चिन्ताको विषय बनेर रहेको छ ।
मूल्यवृद्धि हुनुको कारण स्पष्ट रुपमा खुलाउन नसके तापनि बजार नियन्त्रणभन्दा बाहिर गएको पाइन्छ । माग र आपूर्तिबीच सन्तुलन कायम हुन नसकेपछि मूल्यमा प्रत्यक्ष प्रभाव पर्ने अर्थशास्त्रको सिद्धान्त छ । तर, उत्पादन र वितरणबीचमा त्यस्तो असन्तुलन नभए पनि मूल्यवृद्धि भने भैरहेकै पाइन्छ । तरकारी उत्पादन गर्ने किसानले पाउने मूल्य र उपभोक्ताले तिर्नु परेको मूल्यबीच ठूलो अन्तर देखिएको छ । बीचका मध्यस्थकर्ताहरुले मूल्यको झन्डै पचास प्रतिशत नाफा राखेर तरकारीको मूल्य निर्धारण गर्ने गरेको अनुभव पीडित उपभोक्ताहरुले गरेका छन् ।
राज्यको उपस्थिति हुँदाहुँदै पनि उचित बजार नियन्त्रण हुन नसकेपछि कालाबजारियाहरु हौसिएका छन् । जति मूल्य बढाए पनि नियन्त्रण गर्ने कोही छैन भन्ने भ्रम पालेर व्यापारीहरुले मूल्यमा एकाधिकार कायम गरेका छन् । यससम्बन्धमा स्थानीय प्रशासनले उद्योग वाणिज्य संघ चितवनसँग समन्वय गरेर केही न केही ठोस कदम तत्काल चालिहाल्नु अत्यावश्यक भैसकेको छ । प्रशासन मूकदर्शक भएर बस्न कदापि हुँदैन । जनताको सरोकारका सवालहरुमा प्रशासनले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने खाँचो महसुस गरिएको छ ।
संविधानसभाको निर्वाचनताका बजार अनियन्त्रित भएको थियो र त्यो क्रम अहिले पनि जारी नै छ । काला व्यापारीहरुले आमउपभोक्ताको ढाड सेकेर आर्थिक शोषण गरिरहेको वर्तमान स्थिति तत्काल अन्त्य हुनुपर्दछ । स्वदेशमै र स्थानीयस्तरमा उत्पादित वस्तुहरुको पनि अस्वाभाविक ढंगले मूल्यवृद्धि भएपछि उपभोक्ताहरु अहिले यसको जवाफ खोजिरहेका छन् । तर, विडम्बना के छ भने मूल्यवृद्धिको कारण जायज र वैज्ञानिक ढंगले बताउन सक्ने कुनै निकाय चितवनमा उपस्थित छैन । उत्पादन र वितरणसँगै बजारमूल्यलाई नियन्त्रणमा राख्न यौटा छुट्टै सरकारी निकायको आवश्यकता परेको अनुभव अहिले सर्वसाधारणले गरिरहेका छन् । मुलुकमा कामचलाउ सरकार भएको कमजोर अवस्थाको नाजायज फाइदा उठाउन नदिनेतर्फ स्थानीय प्रशासनको सतर्कता र सक्रियता आवश्यक भएको छ ।

Related Posts

Chitwan Post

बर्ड फ्लु भित्रिन नदिन उच्च सतर्कता

चिसोले मध्यपूर्वी तराईको जनजीवन कष्टकर

चिसोले अस्तव्यस्त तराई

Chitwan Post

परराष्ट्रमन्त्रीको भारत भ्रमणले दिएको सन्देश

Discussion about this post

अन‌ि यो पनि

खेमनाथ स्मृति छात्रवृत्ति वितरण
समाज

खेमनाथ स्मृति छात्रवृत्ति वितरण

गंगानगर । माध्यमिक विद्यालय भरतपुर–१३, गंगानगरमा स्थापित खेमनाथ सापकोटा स्मृति अक्षयकोषले विद्यालयमा अध्ययन गर्ने अतिविपन्न र दलित समुदायका ६९ जना...

Read more
नारायणगढ–मुग्लिन खण्ड : सडक विस्तारपछि दुर्घटनामा कमी

नारायणगढ–मुग्लिन खण्ड : सडक विस्तारपछि दुर्घटनामा कमी

चितवनमा जनता आवास कार्यक्रम : सांसद्हरुबीच मतभेदले बजेट फ्रिजको सम्भावना

चितवनमा जनता आवास कार्यक्रम : सांसद्हरुबीच मतभेदले बजेट फ्रिजको सम्भावना

Chitwan Post

अवैध खसी र कुखुरा बरामद

Chitwan Post

सात अर्ब ५१ करोड राजस्व असुली

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In