गोरखा, ६ पुस । गोरखाको पालुङ्टार गाविसमा झन्डै रु ५० करोड लागतमा पोलिटेक्निकल इन्स्टिच्यूटको स्थापना हुने भएको छ ।
सो इस्न्टिच्यूट निर्माणका लागि हाल विस्तृत सर्भेक्षण तथा माटो परीक्षणको काम भइरहेको छ । तीन सय विद्यार्थी अट्न सक्ने कक्षाकोठा, ७० जना शिक्षक र छात्रावाससहितको भवन निर्माण हुन लागेको हो । इन्स्टिच्यूटमा डिप्लोमा इन इन्जिनियरिङ, नर्सिङ र कृषि विज्ञानको पढाइ हुनेछ ।
नेपाल सरकारले गाविसको ८ र ९ मा पर्ने कुमालटारमा रहेको ८० रोपनी सार्वजनिक जग्गा इन्स्टिच्यूटलाई निःशुल्क उपलब्ध गराएको थियो । रासस
Discussion about this post