ADVERTISEMENT
७ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
७ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

पुस्तक समीक्षा: गजल विधाका निम्ति एउटा अनुपम उपहार ः ‘गजल दर्शन’

by चितवन पोष्ट
२०७० पुष ६, शनिबार ०५:२६ गते
in साहित्य
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

धनपति कोइराला
क) आमुख ः
ऋषिप्रसाद लामिछाने उर्फ गोर्खे साइँलो पूज्यपाद पिता बोधनाथ र ममतामयी माता हीमकुमारी लामिछानेको गर्भबाट वि.सं. २००९ साल भाद्र १० गते सोमबारका दिन नुवाकोट जिल्लाको चतुराले–४, थर्पु गाउँमा जन्मेका हुन् । २०२६ सालमा नुवाकोटबाट बसाइँ सरेर आई भनपा–४, नारायणगढ, चितवनमा बसोबास गर्दै आएका लामिछाने पेसाले विद्युत् व्यवसायी हुँदाहुँदै पनि नेपाली भाषासाहित्यको श्रेयवृद्धि गर्नमा साँच्चै नै कम्मर कसेरै लागिपरेका साहित्यिक व्यक्तित्व हुन् । विद्याद्र्यी जीवनमा नै २०२२ सालमा शान्ति शिक्षा मन्दिर, साउनेपाटी, काठमाडौँमा आयोजित कविता प्रतियोगितामा प्रथम स्थान हाँसिल गरेपछि साहित्यिक यात्रामा सरिक हुन पुगेका हुन्, उनी । विश्वसाहित्य महासङ्घका केन्द्रीय पार्षद्, पल्लव साहित्यिक ई–पत्रिकाका सञ्चालक, पल्लव साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष, पल्लव साहित्यिक पत्रिकाका प्रधानसम्पादक तथा व्यवस्थापकका रुपमा गहन भूमिका निर्वाह गरिरहेका गोर्खे साइँलो विभिन्न सङ्घसंस्थाहरुमा संलग्न छन् । उनका सम्मोहन गजलसङ्ग्रह (२०६२), मुस्कान  गजलसङ्ग्रह (२०६२), कादम्बरी कवितासङ्ग्रह (२०६३), सूत्रमाला गजलसङ्ग्रह (२०६३) र विवेच्य ग्रन्थ ‘गजल दर्शन’ (समालोचना, २०६९) आदि कृतिका साथै विभिन्न पत्रपत्रिकामा कविता, कथा, गजल, निबन्ध, संस्मरण, समीक्षा तथा अनुसन्धानात्मक लेखहरु प्रकाशित छन् ।
गोर्खे साइँलोद्वारा लिखित ‘गजल दर्शन’ को आदिभागमा दीपेन्द्रकुमार जोशी ‘निक’ को ‘प्रकाशकीय शुभकामना’, हुसेन खाँको ‘शुभ सम्मति एवम् आशीर्वाद’ शीर्षकको शुभकामना, समालोचक कृष्णहरि बरालको ‘शुभकामना’ शीर्षकको शुभेच्छा मन्तव्य, अर्का समालोचक घनश्याम परिश्रमीको ‘दुई शब्द’, नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्यसचिव सनत रेग्मीको ‘गजल दर्शनलाई’ र नारायणप्रसाद खनालको अविश्रान्त यात्रीलाई शुभकामना र कृतिकारको गजल दर्शनबारे मेरो दृष्टिकोण प्रस्तुत छ । यसको मध्यभागमा पर्याप्त दृष्टान्तसहित गजलका बहरहरुको सैद्धान्तिक चर्चा गरिएको छ भने अन्त्यमा उर्दू–फारसी बहर र संस्कृत पिङ्गल छन्दको तुलना तथा उर्दू भाषाको लेखाइ र पढाइमा पाइने लचिलोपनाको चर्चा गरी सन्दर्भ–सामग्रीको वर्णक्रमानुरुप सूची प्रस्तुत गरिएको छ ।
ख) विषय–प्रवेश ः
‘गजल दर्शन’ को आरम्भमा नेपाली गजलकारिताको ऐतिहासिक सिंहावलोकन प्रस्तुत छ । यसै पृष्ठभूमिमा गजलको सैद्धान्तिक परम्पराको चर्चा गरी यसैको एक सशक्त कडीका रुपमा गजल दर्शनलाई उभ्याइएको छ । यसमा गजलका मह¤वपूर्ण अङ्गहरुको सामान्य परिचय दिई नेपालमा प्रयोग हुने पिङ्गल छन्द र फारसी–उर्दूमा प्रयोग हुने बहरमध्ये आक्षरिक बहरका १२ वटा मात्रिक बहरका ५ वटा र सूत्रसहित शास्त्रीय बहरहरुमध्ये मुफरद बहरका ७ वटा मुरक्कव बहरका २० वटा, मुजाहिफ बहरतर्फ मुफरद बहरबाट बनेका १२८ वटा मुरक्कव बहरबाट बनेका ६९ वटा र अन्य ५ वटा गरी कुल २४६ वटा बहरहरु र तिनको सूत्रसहित चिनारी प्रस्तुत गरिएको छ । यस अतिरिक्त पिङ्गल छन्द एवम् उर्दू–फारसी समानान्तर प्रतीत हुने ८० वटा सूत्रहरु पनि दिइएको छ ।
यस कृतिमा, आक्षरिक बहरअन्तर्गत ६ अक्षरका मिसरादेखि १७ अक्षरसम्मका मिसराहरुको पर्याप्त उदाहरण दिई गजल लेख्न इच्छुक तर गजलका नियम र प्रविधिबारे केही पनि नजानेका सिकारूहरुलाई सजिलै जान्न, बुभ्mन र लेख्न सक्ने गरी सामग्री प्रस्तुत गरिएको छ । मात्रिक बहरअन्तर्गत १६ मात्रा, १८ मात्रा, २४ मात्रा र २७ मात्राका गरी ४ प्रकारका गजल सूत्रहरु प्रस्तुत गरी तिनका उदाहरणहरु पनि सजिलै बुभ्mन सक्ने गरी दिइएको छ । शास्त्रीय बहरका प्राविधिक पक्षहरु (रूक्न, अर्कान, मुसम्मन्, मुसद्दस, मुरब्बा र मुदाइफ) बारे विस्तारमा वर्णन गरिएको छ ।
शास्त्रीय बहरको मुफरद बहरअन्तर्गत बहरे मुतकारिव, बहरे मुतदारिक, बहहरे हजज, बहरे रजज, बहरे रमल बहरे कामिल गरी मूल ६ वटा बहर र तिनका सूक्ष्म भेदहरु, मुरक्कव बहरअन्तर्गत बहरे मुन्सरेह, बहरे मुक्तजिव, बहरे मुजारे, बहरे खफीफ, बहरे बसीत, बहरे मुजास, बहरे सरीअ, बहरे जदीद, बहरे करीब, बहरे मदीद, बहरे तवील, बहरे कलीव, बहरे सगीर, बहरे सरीम, बहरे सलीम, बहरे हमीद, बहरे हमीम, बहरे असम र बहरे कबीर गरी २० भेदहरुको पनि उत्तिकै उदाहरण दिई चर्चा गरिएको छ ।
मुफरद बहरबाट बनेका मुजाहिफ बहरअन्तर्गत बहरे मुतकारिवबाट बनेका मुजाहिफ बहरका १९ भेदहरु, बहरे मुतदारिकबाट बनेका मुजाहिफ बहरका १३ वटा भेदहरु बहरे हजजबाट बनेका मुजाहिफ बहरका ५४ भेदहरु बहरे रमलबाट बनेका मुजाहिफ बहरका ३१ भेदहरु र बहरे रजजबाट बनेका ११ भेदहरुको पनि पर्याप्त दृष्टान्तसहित चर्चा प्रस्तुत गरिएको छ । मुरक्कव बहरबाट बनेका मुजाहिफ बहरका ६९ भेदहरु पनि त्यत्तिकै व्यापकतापूर्वक परिचर्चा गरिएको छ । यस्तै, अन्य मुजाहिफ बहरअन्तर्गतका ५ वटा सूत्रहरु र तिनका उदाहरणहरु पनि प्रस्तुत गरिएका छन् ।
अन्त्यमा संस्कृत पिङ्गल छन्दसँग उर्दू–फारसी बहरहरुको तुलना गरी जम्मा ७६ वटा मिल्ने छन्दहरुको सूची दिइएको पनि छ । उर्दू भाषाको लेखाइ र पढाइमा पाइने लचिलोपनाको पनि दृष्टान्तसहित विस्तृत वर्णन गरिएको पनि छ । यसमा प्रस्तुत बहरका सूत्रहरुको पर्याप्त पुष्टिका लागि कम्तीमा २८२ वटा गजलसङ्ग्रहहरु र कम्तीमा ११६ वटा पत्रपत्रिकाहरुमा प्रकाशित शेरहरु साभार ग्रहण गरिएको पनि छ ।
यस प्रकार, यस कृतिले नेपाली गजलजगत्मा आजसम्म अत्यधिक प्रयोग भएका, ज्यादै कम प्रयोग भएका र प्रयोगै नभएका बहरहरुको पर्याप्त दृष्टान्तहरु दिई जान्दै नजान्नेहरुका लागि आंशिक रुपमा, जान्नेहरुका लागि र गजलका पारखीहरुका लागि पनि विशाल मार्ग निर्माण गरिदिएको छ ।
ग) कृतिगत मूल्य वा निष्कर्ष ः
प्रस्तुत कृतिको यो सङ्क्षिप्त पर्यावलोकन गर्दा यसका खास मूल्य एवम् निष्कर्ष देखा पर्दछन् । मूलतः यी तथ्यहरुलाई निम्न बुँदामा समेटेर हेर्नु ज्यादा उचित हुन सक्छ–
१) पूर्णतः अनुसन्धानमा आधारित हुनु ः
यसमा उर्दू–फारसीमा लिखित थुप्रै लक्षणग्रन्थहरुको अध्ययन गरिएको मात्र होइन, आजसम्म नेपाली भाषामा लिखित लक्षणग्रन्थहरूको पनि पर्याप्त अध्ययन तथा अनुशीलन गरी यसका सार र रहस्यहरुलाई खिचेर अत्यन्त सरल र औधी उपयोगी बनाउने प्रयत्न गरिएको स्पष्ट देख्न सकिन्छ । सन्दर्भग्रन्थ सूचीमा प्रस्तुत गरिएका ग्रन्थ र पत्रपत्रिकाहरुको निकै लामो लर्कोबाट यस तथ्यको पुष्टि हुन्छ । कतिपय लेखकहरुले आप्mनो ग्रन्थको ओज बढाउनलाई आपूmले पढ्दै नपढेका र उदाहरणहरु पनि लिँदै नलिएका ग्रन्थहरुको पनि सूची प्रस्तुत गर्ने गरेको पाइन्छ, तर यसमा दिइएका सूचीहरु त्यस्ता छैनन् । कृतिमा जे–जति उद्धृत गरिएका अंशहरू छन्, तिनको मात्र सूची दिएका छन् । बरू, कतिपय उद्धृत गरिएका अंशहरु छुट्न गएका छन्, तर फर्जी पुस्तक एवम् पत्रपत्रिकाहरुको उल्लेख यसमा पाइन्न । यस आधारमा हेर्दा लेखकले कम्तीमा ५०० जति पुस्तक तथा पत्रपत्रिकाहरुको अध्ययन तथा अनुशीलन गरी यो ग्रन्थ तयार पारेको हुँदा ती समग्र पुस्तक तथा पत्रपत्रिकाहरुको सार रहस्य यसमा पाउन सकिन्छ । यस मानेमा जिज्ञासु पाठक मात्र नभई, गजल तथा पिङ्गल छन्दबारे अध्ययन तथा अनुसन्धान गर्ने अनुसन्धाताहरुका लागि पनि यो कृति औधी उपयोगी बन्न गएको छ भन्दा मलाई कत्ति हिच्किचाहट भएको छैन ।
२) सिकारू गजल लेखकहरुका निम्ति औधी उपयोगी हुनु ः
यसले आक्षरिक मिसरा, मात्रिक बहर र शास्त्रीय बहरहरुको हरेक कोणबाट पर्याप्त दृष्टान्त दिएर गजल लेख्न चाहने, तर थोरै पनि ज्ञान नभएका व्यक्तिहरुलाई अत्यन्त सहयोगी तथा गजल विशारद गुरूको काम गर्न सक्नु यसको मुख्य विशेषता हो ।
३) विशाल गजलपथको निर्माण गर्न सक्नु ः
आंशिक बहरका सूत्रहरुमा गजल रचना गरिरहेका गजलगोहरुका निम्ति पनि पर्याप्त सूत्रहरु दिई विशाल मार्ग खोलिदिएको छ । अर्को कुरा, उर्दू–फारसी गजलबारे सैद्धान्तिक अध्ययन तथा अनुशीलन गर्न चाहने अध्येताहरुका निम्ति पनि यसले सहज गोरेटो प्रदान गरेको छ । यस दृष्टिले हेर्दा पनि प्रस्तुत कृति निकै मूल्यवान् प्रतीत हुन्छ ।
४) पर्याप्त उदाहरण हुनु ः
यसको अर्को विशेषता हो, पर्याप्त उदाहरण । चाहे प्रचलित सूत्र होस् वा कम प्रचलित वा पूरै अप्रचलित बहर सूत्रको पनि उत्तिकै मात्रामा उदाहरण दिएर सिकारूका निम्ति उत्पन्न हुने समस्याहरुको सरल समाधान निकाल्ने प्रयत्न गरिएको छ । यसमा प्रयुक्त दृष्टान्तहरु सुप्रसिद्ध गजल विशारदहरुका मात्र नभई नवोदित प्रतिभाहरुका रचनाहरुबाट साभार रुपमा लिइएका छन् ।
५) संस्कृत पिङ्गल छन्द र उर्दू–फारसी गजलको तुलना गर्नु ः
यसमा संस्कृत पिङ्गल छन्दसँग उर्दू–फारसी बहरको गहिरो खोज तथा अनुसन्धान गरी जम्मा ७६ वटा छन्दसँग सामीप्य रहेको उद्धृत गरिएको छ । संस्कृतका पिङ्गल छन्द र उर्दू–फारसी बहरका बीच यति धेरै समरुपता भएको पुष्टि हुनु तमाम गजलका हिमायती तथा पिङ्गल छन्दका हिमायतीहरुका लागि हर्षको विषय हो । यस मानेमा यो कृति सबै साहित्यप्रेमीहरुका लागि औधी मह¤वपूर्ण बन्न गएको छ ।
६) गजल लेखनमा शुद्धता, स्पष्टता र सरलता ल्याउनमा ज्यादै उपयोगी हुनु ः
यसको लेखनमा क्लिष्टता पाइँदैन, न त उदाहरणमा नै । सम्भोग र विप्रलम्भ शृङ्गार रसका मात्र नभई सकेसम्म हाम्रै जनजीविका, गरिबी, पछौटेपन, शोषण, दमन, अत्याचार, बेथिति र विसङ्गतिप्रति बुलन्द स्वर घन्काइएका तथा प्रकृतिका कोमलता व्यक्त भएका दृष्टान्त दिएर गजलमा पनि विषयवस्तुगत विविधता अटाउन सकिन्छ भन्ने तथ्य पनि उजागर गरिएको छ । अझै भन्दा कृतिलाई अझ मार्मिक र बहुउपयोगी तुल्याउन निकै स्पष्ट तथा सरल भाषाको उपयोग गरिएको पनि छ ।
७) नवोदित प्रतिभाहरुलाई पनि यथोचित स्थान दिनु ः
यस कृतिले स्थापित प्रतिभाहरुका कृतिलाई मात्र नभएर भर्खरै गजलको महफिलमा कलम चलाउँदै गरेका नवोदित प्रतिभाहरुका रचनाहरुलाई पनि उत्तिकै स्थान प्रदान गरेको छ । बुँद राना, घनश्याम परिश्रमी, कृष्णहरि बराल, ज्ञानुवाकर पौडेल, सनत रेग्मी, हुसेन खाँ आदिदेखि शिव बराल, सरस्वती शर्मा जिज्ञासु, मिलन समीर आदि नवोदित प्रतिभाहरुलाई पनि उच्च स्थान दिएर गोर्खे साइँलोले यस कृतिको झनै उचाइ बढाएका छन् । यस मानेमा प्रस्तुत कृति मननीय, सङ्ग्रहणीय तथा अध्ययनयोग्य रहेको तथ्य स्वतः पुष्टि हुन्छ ।

Related Posts

Chitwan Post

नौ जना स्रष्टा सम्मानित हुने

बालसमयका विविध अनुभूति (ती दिनहरु)

बालसमयका विविध अनुभूति (ती दिनहरु)

मानवजीवनमा साहित्य (निबन्ध)

मानवजीवनमा साहित्य (निबन्ध)

Discussion about this post

अन‌ि यो पनि

भण्डारा दुर्घटना : बस चालकको मृत्यु, १५ घाइते
प्रमुख समाचार

भण्डारा दुर्घटना : बस चालकको मृत्यु, १५ घाइते

भरतपुर । पुर्वी चितवनको राप्ती-५ भण्डारामा मंगलबार राति बस र ट्रक ठोक्किँदा बस चालकको मृत्युु भएको छ ।  ट्रक चालक...

Read more
भण्डारामा बस र ट्रक ठोक्किँदा चालकहरु गम्भीर घाइते

भण्डारामा बस र ट्रक ठोक्किँदा चालकहरु गम्भीर घाइते

दुर्घटनाबाट मंसिरमा १३ जनाको मृत्यु : साँझको समयमा बढी दुर्घटना : ट्राफिक प्रहरी

सवारी दुर्घटनामा तीनको मृत्यु, १० जना घाइते

प्रधानमन्त्रीलाई सहयोग गरेका अवस्थामा प्रतिनिधिसभा विघटन गर्न नपाइने जिकिर

प्रधानमन्त्रीलाई सहयोग गरेका अवस्थामा प्रतिनिधिसभा विघटन गर्न नपाइने जिकिर

पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले सहयोग गर्छ : अर्थमन्त्री पौडेल

पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले सहयोग गर्छ : अर्थमन्त्री पौडेल

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In