ADVERTISEMENT
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता

by चितवन पोष्ट
२०७० पुष ६, शनिबार ०५:२५ गते
in विचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

नन्दलाल आचार्य
शुभेच्छुक मित्र, बन्धुबान्धवहरु !
गुडमर्निङ/नमस्ते/अभिवादन/लालसलाम !
सर्वप्रथम त जन्मदिनको शुभकामना दिने र शुभेच्छा प्रकट गर्ने सबै अग्रज, अनुज र सहकर्मी मित्र बन्धुबान्धवहरुमा हृदयदेखि नै आभार प्रकट गर्दै हार्दिक धन्यवाद भन्दछु । त्यसपछि भने मेरो यस जन्मदिनले ल्याएको मेरो जीवनको अर्को खुट्किलोका बारेमा मनमा लागेका कुराहरु ओछ्याउन खोज्दैछु । शुभेच्छुकहरुका समूहमा कुरा गर्न पाउनु पनि सौभाग्य नै हो । त्यसकै भरमग्दुर उपयोग गदै आज धेरै दिनदेखि मनमा गडेर बसेको ध्वाँसो हटाउने प्रयास गर्दैछु । यसबाट मर्का परेको वा चित्त कुँडिएको अवस्था बोध गर्नुभएमा दस औँला जोड्नुको विकल्प मसँग छैन । बेर नगरीकन आजको अनुभूति सुनाउँदै छु ।
एकाबिहानै छोरी गरिमा उठेर आँखा मिच्दै थिई, उसकी महतारीको सङ्केत आयो । हत्त न पत्त पुत्री बोली– ‘ह्याप्पी बर्थ डे बाबा !’ म झसङ्ग भएँ । कुनै विशिष्ट स्रष्टाको जन्मदिनको अवसर पारेर ‘मूलबाटो’ अनलाइन साहित्यिक मासिक साहित्यिक पत्रिका निकाल्ने कुरा ताइपेईबाट डा. लेखनाथ काफ्लेले बरोबर मलाई जानकारी दिइरहनुभएको थियो । पत्रिकाका केही काम पनि सुम्पनुभएको थियो । ती सारा काम गरेर म पनि मूलबाटोमा हिँड्ने यात्री जमातमा सहभागी भएको थिएँ । तर, आफ्नो जन्मदिनको सम्झना भने बिल्कुलै गरेको थिइनँ । राजेश कोइराला, सुरेश वाग्ले, छविरमण सिलवाल, ज्ञानेन्द्र यादव, शैलेश मानव, लोकेन्द्र बञ्जरा, दिनमान गुर्मछान, इन्द्रनारायण साह, विजय रजक, सूर्य चेम्जोङ, वेदमणि घिमिरे, प्रतीक ढकाल, सचीन मण्डल, लक्ष्मी भट्ट, कृष्ण बस्नेत ‘भाग्य’, तीर्थ देव, आकाश दैलो, रोहित भण्डारी, महेश यादव, खगेन्द्र देव, सुमीत गिरी, ऋषिराम खनाल, नीरज मण्डल, किशोर पहाडी, प्रज्ज्वल मण्डल, राधेश्याम लेकाली, चन्दन झा, नवराज ढकाल ‘नवोदित’, जुली मिश्रा, अजय साह, नीरज सुवेदी, वसन्ता रिजाल, सीमा देव, पूजन न्यौपानेहरुका हातले लेखिएका शुभकामना सन्देश पढ्न भेट्टाएँ । अर्को पटक फेसबुक खोल्दा विवेक सिंह, हितेष झा, मनोज ढुङ्गाना, रोशन शर्मा, सन्तोष यादव, पशुपति देव, सितेश सिंह, मुकेश यादव, उज्ज्वल मिश्रा, मतिप्रसाद ढकाल, राघवेश देव, कृष्ण वस्ती, नीरज कोइराला, सुसन प्रेसलर, कवि विक्रम आदित्य, आयुष कुमार, विष्णु सिग्देल, सुनिल पोखरेल, अर्जुन घिमिरे, राम अविकास, मोहनराज शर्मा, रेश्मा देव, ओम साह, अनुराग रूँगटा, रोशन गाउँले, किरण रिमाल, उदय सिंह, इम्रान खान, अमृत भादगाउँले, आशीर्वाद पौड्याल, विद्या सापकोटा, आशीष देव, पुष्कर सिंह, रमिता झा, श्रेष्ठ धीरकुमार, विवेक मण्डल, प्रवीणकुमार देव, राजेन्द्र शलभ, छविरमण घिमिरे, रमेश घिमिरे, वीरेन्द्र पाल, नरेश रोक्का, अमरद्वीप देव, नवराज पोखरेल, सागर अजनवी, रवि शंकर, सुनिल संगम, रमिता देव, इन्द्रनारायण चोङ्बाङ, आदर्श यादव, लेखनाथ काफ्ले, विनोद रिजाल, फूलबाबु यादव, गोपाल विरही, ममता यादव, मित्र मिलन, स्प्रीया दाहाल, सुरेश वाग्ले, मधु माधुर्य, तमन्ना पी. झा, केदार श्रेष्ठ ‘गगन’, यात्री शेखर, पूजा गोवद्र्धन, आयुषी झा, उज्ज्वल देव, लक्ष्मी गरिमा आचार्य, युआरएस बिट्टु, विजय साह, वैद्यनाथ झा, नवीन रिजाल, अञ्जना गौतम, अशोक आचार्य, कविराज गौतम, दलवीर सिंह ‘घायल’, बीना तामाङ्ग, साउ रोज (सरोज मण्डल), कृष्णानन्द यादव, पशुपति देवहरुको समेत शुभकामना–शुभेच्छा फेला पारेँ । समय फरक पारी फेसबुक संसारमा विचरण गरिरहँदा मेनुका थापा, अमृता घिमिरे, नतशा मिश्रा, राजेश यादव, विशाल खतिवडा, रञ्जु रिजाल, गणेश खड्का, सर्वेस यादव, आदित्य अर्यान, दीपक जडितलगायत दर्जनौँले फेसबुक वालमा शुभकामना र शुभेच्छा प्रकट गरेको पाएँ । खुशीको सीमा फराकिलो भयो । देशदेखि विदेशसम्म जन्मदिनको खबर फैलिएछ । ती सबै शुभेच्छाहरुलाई सलाम ठोक्दै धन्यवाद भन्नु यत्तिखेरको धर्म ठान्दछु ।
नाम त जानिनँ तर कोही शुभेच्छुक हुनुपर्छ । एउटा रोमनमा म्यासेज आयो– ‘पास्ट इज एक्पेरिएन्स, पर्जेन्ट इज एक्सपेरिमेन्ट ! फ्युचर इज एक्सपेक्टेसन, युज योर एक्सपेरिएन्स इन योर एक्सपेरिमेन्ट टु एचिभ योर एक्सपेक्टेसन । ह्यापी बर्थ डे टु यु ।’ अर्को पनि त्यस्तै चाखलाग्दा म्यासेजको आश गर्दै थिएँ । आउन त आयो, रोमनमा लेखिएको थियो– ‘प्रिन्सिपल सर ! आई ह्याभ फिभर टुडे । सो, आई कुड नट कम टु स्कुल ।’ छक्क परेँ । कसले पठायो ! ३५ जना स्टाफ साथीहरुमध्ये कसैको होला भन्ठानेँ । सोच एकातिर छ, परिस्थिति अर्कैतिर भइदिन्छ । बडो रहस्यमय छ, जीवन । यसलाई नबुझी बालेका बत्ती निभाउन मन लागेन । मनमा बत्ती बाल्न मन लाग्यो । र, जवाफ फर्काएँ– ‘ऊर्जावान् विचार र शुभेच्छाका लागि सधन्यवाद आभार प्रकट गर्दछु ।’ अर्कोलाई फर्काउन आवश्यक देखिनँ । औपचारिक सन्दर्भका अरु गन्थनको लहरो लामै हुन सक्छ । अरु लम्बेतान पाराले तिनलाई समेट्न रूचाइनँ । अब भने मैले जाहेर गर्न खोजेको सन्दर्भतिर लैजान्छु ।
अरविन्दकुमार यादव सरकी नेपालगञ्ज बस्ने बहिनीका लागि धर्तीको बाटो बन्द भएछ । उनले हिँड्ने–हाँस्ने–नाच्ने स्थान, अवस्था र अवसर भेटिनछिन् । भुवनहरि कोइराला सरको भतिजोका परिवारजनले पनि उसको असामयिक निधनको पिरलो खप्नु परेछ । र, आसिन मियाँको मुखराविन्दबाट सुनेको अर्को खबर– ‘जितेन्द्र नामक ठिटो रूपनी–कठौना–कल्याणपुरस्थित लोकराजमार्गको पेटीमा बाइक रोकेर गफ गरिरहेको बेलामा बसले हानेर ठहरै पा¥यो ।’ कलिला उमेरका ती बिचराहरुका लागि धर्ती प्यारो भएन । सांसारिक मायामोह प्रिय ठहरिएन । कलिला उमेरका ती नवजवानहरुले समाजको मुहार फेर्न सक्ने सामथ्र्य लिएर आएका थिए । आखिर अमूल्य मानिएको यस जीवनको मूल्य कति पो रहेछ र ! जति वसन्त ओइलिएर झर्छन्, उत्ति नजिक यमराज आइरहेको देखिरहेछु । कसैलाई बाँकी नराखी सबैले धर्तीबाट फर्कनु नै पर्ने रहेछ भन्ने सोचिरहेछु ।
हुन त मित्रहरु ! जथाभावी मन ओछ्याउनु ठीक होइन । मन छोएको छ एक ठाउँ, अर्को ठाउँ छोएर शान्ति पाइने होइन । ओछ्याएर बरू केही पाइएला तर चुपचाप बसेर केही पाइने होइन । कुरा प्रस्ट पार्न बाल्यकाल फर्कनै पर्छ । क्रमशः, क्रमशः अघि बढ्नैपर्छ । छिटो–छिटो बढ्ने हो भने केही पाइन्न । म स्वयम्ले सुस्तरी पाइला चाल्नुपर्छ । म यस कुरामा पनि होसियार छु । मनको पिरलो खुलासा गर्न गाह्रो भइरहेछ । कारण, म अहिले बोर्डिङ्गे शिक्षक नामक काममा छु । त्यो पनि गोरू जोताइको सिलसिलालाई आत्मसात् गर्दै जीवनरथ गुजारिरहेको छु । अर्कातिर पिलिन्धरे लेखक भई समाजलाई ढाँटिरहेको छु । नैतिकताको पगरी गुथेर अनैतिक तवरले बाँचिरहेको छु । जसोतसो श्वास फेर्नु नै सत्य भइरहेको छ । असत्यको जलप कतकतैै लागेको हुन सक्छ । तर, खोल भने सत्यभन्दा बाहिरको पहिरिरहेको छैन । आखिरमा, मलाई खोक्रो आदर्शको माला भिर्नु पनि छैन ।
माफी चाहन्छु । आज म बाल्यकालका सपनाहरु तपाईंहरुका सामु राख्दैछु । यसले कुनै ठोस ज्ञान वा जानकारी कसैलाई नदेला तर मैले लेख्न खोजेको कुराचाहिँ प्रस्ट हुन्छ । मेरो अभीष्ट पूरा हुन्छ । र, म त्यसै, उसै बाँचिरहेको प्रस्ट हुन्छ । मलाई मनको मैलो पखाल्ने प्लेटफर्म मिल्छ । भन्नु त धेरै थियो तर शब्द खसाल्न साह्रो परिरहेछ । यत्तिखेर मन हल्लिरहेछ । कारण, मेरी श्रीमती–छोरीले के भन्लान्, मेरा ससुराली खानदानले के ठान्लान्, मेरा शिष्य–शिष्या दर्जाका दूधओठे अनुजहरुले के मान्लान्, मेरा अग्रज कलमधारीले के लेख्लान्, मित्रबन्धुहरुले के सोच्लान् ! म प्रश्नैप्रश्नका बीच उभिएर उत्तर खोजिरहेछु । खोजिरहेछु उत्तर ! भेटिरहेकै छैन उत्तर ! मनले भन्दैछ– नभेट्ने उत्तर खोजेर हुन्न बाबै !
मैले नेपालको जागिर खाने दिनजति सबै खाएँ । हातमा सीप छैन । पाखुरीमा तागत छैन । घरमा बुढ्यौली उमेरमा हिँडिरहेका डाँडापारिका जूनघाम बाबुआमा छोराको कमाइ खान पाउने आशमा बस्नुभा’को छ । यहाँ डेरामा खर्चालु पुत्री सधैँ खर्चमा डुबाइरहेकी छे । आठ वर्ष उमेर बित्दा पनि होसियार हुन सकेकी छैन । अर्कातिर भात–तरकारी खाँदै नखाने श्रीमती पनि साथमा नै छे । उसकै पेटमा संसार हेर्न तम्तयार अर्को सृष्टि पनि समय कुरेर बसिरहेको छ । उसको डा. दीपा यादवको क्लिनिकमा पुगिरहनु मासिक धर्म भएको छ । एक पटकमा आधा तलब त्यतै चढाउन बाध्य हुनु परेको छ । दबाईको दाम पनि कत्ति हो, हो । दबाईको सट्टामा खानेकुरा किन्न पाए र तागत बढाउनु पर्ने मान्छेले खाइदिए कत्ति मज्जा आउँथ्यो ! आफू परियो बोर्डिङ्गे मास्टर ! स्कुलको सानोतिनो जागिर, कमाइका बारेमा भन्न पर्दैन । पुर्खेउली धरोहर सामान्य छ ! समाल्ने भाइ छ । म पनि त्यहीँ पासो लाग्नु मनासिव देखिएन । यी सबै मेरा वास्तविकता हुन् । दुनियाँलाई आशीर्वचन बाँड्दा–बाँड्दा आफूसँग भने रत्तिभर राखिएनछ जस्तो लागिरहेछ । अहिले पो शिक्षा मिलिरहेछ ।
चालीस पार भएको यस घडीमा मलाई विषालु कीरा पौडने अँध्यारो दहमा हाम फाले झैँ भएको छ । यत्तिखेर म शिक्षकको पगरी गुथेको रक्स्याहा लोग्ने पाँच कक्षाकी बच्चीसँग सल्केको थाहा पाएपछि बेइज्जत हुन नसकेर आफ्ना तीन सन्तानसहित विष खाएर आत्महत्या गर्ने कोसिस गरेकी सप्तरीकी एक महिलालाई सम्झिरहेको छु । मलाई पनि कताकता बेइज्जत हुने पिरलो मनमा गडेको छ । आत्महत्या नै अन्तिम छुटकारा हो झैँ लागिरहेको छ । अकारण झैँ लाग्ने घटना तर कारण लुकेको हुनुपर्छ । त्यो पनि मैले सुनेको र पढेको नभएर देखेकै र भोगेकै कुरा पनि याद आइरहेछ । काखभरिका छोराछोरी, गालाभरिकी श्रीमती, सहरको तीन तले भवन, पेन्सन हुन लागेको अधिकृत दर्जाको सरकारी जागिर अनि पर्याप्त श्रीधन–सम्पत्ति सबैलाई त्यागेर मेरो लङ्गौटे साथीले विषपान गरेर धर्ती त्यागेको दुई वर्ष लागेछ । मेरै डेरानजिककी घरधनीकी बीबीए पढिरहेकी छोरीले परीक्षामा फेल हुनुपर्दा बेइज्जती खप्न नसकेर गम्छाको सहरा लिइछिन् । यी सबै इज्जतका लागि नभई बेइज्जत हुनबाट बच्नका लागि गरिएका कामहरुको नालिबेली हुनुपर्छ । इज्जत राख्न त सकिएको छैन, बेइज्जत हुनबाट बच्ने मन थियो । मन हुँदाहुँदै उमेर खलास भएछ । अब यताको भइएछ, न उताको ठानिएछ । अब आफ्नै देशमा अनागरिक बनेर मृत्यु पर्खनुको विकल्प देखिरहेको छैन । यो अवस्था ल्याइदिने यो एकचालीसौँ वसन्तलाई म कसरी स्वागत गर्न सक्छु ! यस घडीमा म कसरी सुखी हुन सक्छु ! म कसरी खुशी हुन सक्छु !
२०७० सालको मेरो जन्मदिवस त मेरो बाँकी जीवन स्वाहा पार्ने एन्थ्य्राक्स हो । मन्द प्वाइजन हो । यो दुर्भाग्यको घडी सावित भयो । अब म कहिल्यै सरकारी जागिरतिर फर्कन पाउँदिनँ । चाहेर के हुन्छ र ! परिवारजनलाई सुखी तुल्याउने साधन जुटाउन सक्ने छैनँ । अब अग्रगति सोचका साथ काम गर्ने दिन सकिए । मेरो मूल्य दिनानुदिन घट्दै जाने भो । जतिसुकै हाड घोटे पनि कार्यक्षमतामा ह्रास आएको परिणाम निकाल्ने दिन सुरूआत भो । मूल्यसहित बाँच्ने मेरो अडान टुक्राटुक्रामा परिणत हुने भो । अब गुलामी गरी जिउन सक्नु पर्ने परिस्थिति जन्मियो । जन्मदिवसले सपना धुजा–धुजा पा¥यो । मेरो अस्तित्वमा नै ठूलो प्रश्नचिन्ह लगाइदियो ।
दुनियाँ त जसरी पनि चलिरहेको छ । जे गरेर पनि चलिरहेको छ । म भने दुनियाँभन्दा अलग्गै तवरले हिँडिरहेको छु । ‘चोरी–चकारी नगरी चतु¥याइँ हुन्न, दङ्गा–फसाद नगरे इज्जतै रहन्न । सोझा र सज्जन कबै नलिनु दलैमा, पार्टी चलाउनु सधैँ छल औ बलैमा’ भनेर ‘नेता एक से एक’का अर्याललाई सम्झन सकिरहेको छैनँ । वरपरका कतिपय कुराहरु आँखाले हेरिरहँदा पनि मुखले बोल्न सकिरहेको छइनँ । ‘अमलालाई अमूल्यानी, सुन्तलालाई मूल्यानी, बेल झैँ चाहिँ नानी, भोगटेजस्ती कौडी नजानी’ भनेर सधैँ युवावय मन ल्याउन पनि सकिरहेको छैन ।
सम्झँदा सम्झँदैमा आफ्नै डायरी उल्टाउन पुग्छु र भेट्छु, आफ्नै पाङदुरे तीन सिर्जना जसमा चोखा कुराहरु खोज्न थाल्छु । लेखकले आत्ममूल्याङ्कन गर्न पनि जान्नुपर्छ र हिम्मत जुटाउन पनि सक्नुपर्छ भन्ने कुरामा विश्वस्त हुन खोज्छु ः
१. आएन हैन आयो
न्यानो असहज भएर आयो
भविष्य धरमरिएर आयो
नाङ्गालाई झन् पीडा आयो
भोकालाई अझ हैरान आयो
रोगीलाई चाँडो मृत्यु आयो
वैशाखसँगै घनघोर चट्याङ आयो
रोग, भोक र शोक अझ थप भएर आयो
त्यही बाटो हुँदै आउनु पर्ने
वसन्तले चाहिँ बाटो नै पाएन ।
हिमाल फुल्यो
रक्तफाल्साले नदी सुसाएन
यस पाला बज्रेको कठोर बज्र
फेरि, फेरि
सुनामी भएर, स्वाइनफ्लु, बर्डफ्लु नाम गरेर
जितुवाको पंक्तिमा बस्यो
जित्नेले हा¥यो, हार्नेले जित्यो
परिणाम सत्य आएन
समय त आयो, नयाँ वर्ष
तर वसन्तले आउने बाटो नै पाएन ।
जनघात बढ्न पुग्यो
मान्छे मन रुखबाट लड्न पुग्यो
दानव मन घरभित्र पस्न पुग्यो
रावणराज मात्र आयो
रामराजचाहिँ आएन
त्यसैले त
वैशाख मात्रै नयाँ वर्ष लिएर आयो
वसन्तले भित्रने बाटो नै पाएन
(‘बाटो नै पाएन’ कविता)
देखेको वास्तविकता लेख्न त जानियो । भोगेको वास्तविकता समेत लेख्ने कोसिस गर्दागर्दै जन्मिएछ अर्को पाङ्दुरे सन्तान ः
२. ‘तँ के र को होस् अनि कत्ति पानीमा छस्, हामीलाई पूरापूर थाहा छ । तँलाईं यही धर्तीमा बाँच्नुछ भने होसको दबाई खाएर काम गर् । हैन धर्तीबाटै सुइँकुच्चा ठोक्नुछ भने आफ्नो मनमौजी गर् । आफ्नो अहमता प्रदर्शन गर्दै हिँड् । मृत्युको मुख देखेको छैनस् जस्तो छ । यो अन्तिम चेतावनी हो, अब फुकीफुकी पाइला चालिनस् भने तँ नन्दलालको रुपमा कदापि रहँदैनस् । तँ नन्दलाल हैन गन्देलाल हुन्छस् । गन्देलाल, बुझिस् ? पहाड–पर्वतका गुह्येकीराहरु मैदानमा झरेर गुहुमुत गर्ने जमाना गए….कुरो सुन्दैछस् हैन…?’
चेतावनीले चेतना उघा¥यो । कसैको पिँडालु बारी नखनीकनै पनि धेरै हन्डर खप्नु परिरहेछ । अझ आक्कल–झुक्कल पिँडालु बारीमा पस्ने हो भने त झन् के–के होला, होला । म भन्नै नसक्ने अवस्थामा छु । अर्कालाई आइपर्ने पिरलो र पीडाको कारक त¤व आफूलाई नै ठह¥याएको भेट्दा मन उम्लन्छ । कहिलेकाहीँ यस्तै हुन्छ भन्ठानेर चित्त बुझाउँछु । त्यसको विकल्प पनि हुन्न । खोजेर पनि कुनै लछारपाटो लाग्न सक्दैन ।
३. ‘प्रिय मित्र पुन्यजी, म वर्तमानले अघाएको छु । असाध्यै अघाएको छु । अरु एक पल यस ठाउँमा अडिने मन छैन । पाइलो उठाइहाल्ने सामथ्र्यसमेत छैन । मेरो अन्त खनिएको बाटो छैन । खनिदिने अगाडि मान्छे छैन । अरुका मान्छेले अरुलाई नै बाटो खन्दिन्छन् । मैले त आफ्ना खातिर आफैँ बाटो खन्नु परेको छ । त्यसका लागि आवश्यक पर्ने हँसिया–कतौडा, खुकुरी–भाला, फरूवा–कोदाली, बञ्चरो–छिनो आफैँले जुटाउनु पर्छ । मेरो कमजोरी नै हो– न मान्छे खटेको छ, न गतिलो औजार जुटाको छ, न कतै अन्त बाटो नै खनेको छ ! मनमा भित्रैदेखि आगो सल्केको छ । बिल्कुलै लाटो भएर जिउँन सकिएको छैन । केही चनाखो भएर हिँड्न खोज्दा पाइलो राख्ने ठाउँ नै पाउँदिनँ । कताकता अपूर्व मृत्युको त्रासले सपनी र बिपनी दुवैलाई गाँज्न थालेको छ ।’
बेलाबेलामा यी विभिन्न थरीका कुराहरु लेख्न त लेखियो । धेरै काल हन्डर पनि खपियो । बाँकी काल कसरी बिताउने त्यही उल्झनमा नमज्जाले परियो । जन्मदिनबारे घोत्लँदा घोत्लँदै नानाथरीका गन्थन पनि पानाभरिभरि समेटियो । यसबारे स्पष्ट मेरो मत के हो भने जन्मदिन जन्मको उत्सव नभई यो त मृत्यु–उत्सव हो । यसमा खुशी मनाउनु राम्रो कुरा हो, तर बुझेर मनाउँदा अति उत्तम हो । मृत्युप्रेम जसले गर्न सक्यो, त्यसले नै जीवनको सुखभोग गर्छ । हैन भने मृत्युको मुखमा हामी पुगिरहेका छौँ, त्यसको बोध नगरी वरण गर्नुप¥यो भने त्यो अनर्थ हुन जान्छ । जीवनलाई धोका दिनुछैन । मृत्युलाई घृणा गर्नुछैन । इज्जत कमाउने स्वाङ रच्नु पनि छैन । तर, बेइज्जत हुनबाट जोगिनु भने छ । सरल र सौम्यतापूर्वक मृत्युको पदार्पणसम्म इज्जतका साथ शिर ठाडो पार्नु भने छ । त्यसका लागि बाटो खन्नुपथ्र्यो, खनिएनछ । त्यसका लागि गोडमेल गर्नुपथ्र्यो, गोडिएनछ । धत् ! बिनासित्ती चार दशक वसन्त त्यत्तिकैमा फुलाइएछ ।
जन्मदिन सोह्र वर्षसम्म र साठी वर्षपछि मनाउनु उत्तम हो । त्यस बीचमा त मानिसले जीवन खोज्नुपर्छ । सोह्र र साठीबीचको उमेरमा त मृत्युलाई प्रेम गर्न सक्नुपर्छ । मृत्युलाई हृदयतः स्वीकार गर्न सिक्नुपर्छ । नजिकबाट मृत्युको चिना÷जन्मकुण्डली जान्नुपर्छ । अनि पो जीवनको सुगन्ध लिन सकिन्छ त ! सुरूका सोह्र वर्ष सुझबुझको कमी हुन्छ । अपूर्व जोस हुन्छ, जाँगर हुन्छ । मृत्यु भन्नासाथ डर लाग्छ । त्यस डरलाई जित्ने सामथ्र्य हुन्न । सामथ्र्य नहुने काममा धेरै प्रयास गर्नु पनि हुन्न । अर्कातिर साठीपछि त बसिखाने उमेर हो । त्यत्तिन्जेल मृत्यलाई पराजित गर्दै आएको अनुभव पनि हुन्छ । जीवन र मृत्यु दुवैप्रति उत्तिकै मोह हुन्छ । त्यस समयपछि जन्मदिवस मनाउनु स्वाभाविक हो । किनभने, जन्मको मूल्य बढ्दै गएको हुन्छ ।
अतः म जन्मदिवस मनाउने समयबाट पार पाइसकेको मान्छे परेँ । यसमा दिलचस्पी नभएको मान्छे परेँ । लोकलाज ढाक्न र तबैतारे गर्न फुर्सदमा भएँ र मनले चाहेँ भने फेसबुकमा लेखिदिन्छु– ‘जनम दिन मुबारक हो ! जनम दिनके शुभकामना अछि । ह्यापी बर्थ डे टु यु ! जन्मदिनको हार्दिक शुभकामना !’ यदाकदा रिटर्न पाउने अपेक्षा पनि रहन जान्छ । ती कुरा फरक कुरा हुन् । तर, यो वसन्तले छाडेर जानु नै मेरो बाँकी जीवनमा धक्का लगाउनु हो ।
मित्र बन्धुहरु ! गन्थन त लामो भयो । अब छोट्याउनतिर लाग्दछु । पैसामा नैतिकता लिलाम भएको देखेको छु । ठूलो हाकिमले पनि दुई पैसाको लोभमा गद्दारी गर्ने गरेको सुनेको छु । सत्य काम गर्न पनि द्रव्यदानबिना हुँदै नहुने गरेको भोगेको छु । आ कत्ति त्रास लिनु ! कत्ति निराश हुनु ! आश राख्ने ठाउँ पनि त बनाएकै छु । आफ्नो मनबाट आफैँलाई भरोसासमेत दिएकै छु । सबैको मनमनमा ‘म पनि एक जना विजयी हुन सक्ने उम्मेदवार हुँ’ भन्ने कुरा छाएकै छु । अझै इमानदारिता कतैकतै लुकेको रहेछ भने म पनि सरकारी जागिरे हुन्छु । चाउरी परेका बुबाआमाको ओठमा मुस्कान ल्याइदिन्छु । निराश भएका ससुराली परिवारजनमा अपूर्व ज्योति छरिदिन्छु । जीवनसंगिनीका अनुहारमा आनन्दका रेखाहरु दौडाइ दिन सक्छु । पुत्रीको चञ्चल संसारलाई सम्बोधन गर्दिन सक्छु । संसारमा आइरहेको नयाँ मान्छेलाई स्वागत गर्न सक्छु । ‘यो सरकारी जागिरे हुनै सक्दैन’ भन्ने ज्योतिषी बाजेको भविष्यवाणीलाई फेलुअर बनाइदिन सक्छु । मुलुकको होनाहार सरकारी जागिरे ठहरिन सक्छु ! बेथितिलाई रुपान्तरण गरी समुन्नत समाज निर्माणमा कोशेढुङ्गा सावित हुन सक्छु । कारण, शिक्षा सेवा आयोगमा म पनि सम्मिलित छु । दर्बिलो उम्मेदवारका रुपमा खडा भइरहेको छु । यस्तै–यस्तै शुभेच्छा रहेमा म त पक्कै सगरमाथा काँधमा बोकेर नाच्न सक्छु । महोत्तरीको मुसहर्निया हत्केलामा लिएर हाँस्न सक्छु । टार÷उपत्यकाहरुमा प्रगतिका गीतहरु गाउन सक्छु । छातीभरि विशाल नेपाल राखेर उदाउँदो सूर्य मज्जाले भेट्न सक्छु । शुभेच्छा र सद्भावका लागि लाख–लाख धन्यवाद !!!

Related Posts

राजनीतिका कुरा र हामी

समस्या र स्वार्थ आआफ्नै

राजनीतिका कुरा र हामी

राजनीतिका कुरा र हामी

मिसावटको अवस्था र सजगता

मिसावटको अवस्था र सजगता

Discussion about this post

अन‌ि यो पनि

रत्ननगर अस्पतालमा अनलाइनबाटै ओपिडी टिकट
समाज

रत्ननगर अस्पतालमा अनलाइनबाटै ओपिडी टिकट

चितवन । बकुलहर–रत्ननगर अस्पतालमा उपचार गर्न आउने विरामीले अनलाइनबाटै ओपीडी टिकट काट्न सक्ने व्यवस्था मिलाइएको छ । अस्पतालमा सेवा थप...

Read more
राजनीतिका कुरा र हामी

कोरोनाको बढ्दो जोखिम : विद्यालयमा विद्यार्थी सङ्ख्या घट्न थाले

अमेरिकाको इन्डियानापोलिसमा गोली चल्यो, कम्तीमा आठ जनाको मृत्यु

अमेरिकाको इन्डियानापोलिसमा गोली चल्यो, कम्तीमा आठ जनाको मृत्यु

वालमैत्री वडा घोषणाका लागि मुसहर समुदायमा अन्तरक्रिया

वालमैत्री वडा घोषणाका लागि मुसहर समुदायमा अन्तरक्रिया

बैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

बैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In