भरतपुर । चितवनमा मंसिर महिनामा मापसे चेकजाँचबाट ३० हजार राजश्व संकलन भएको चितवनका ट्राफिक प्रमुख रविन्द्र श्रेष्ठले बताउनुभयो । मंसिर महिनाभर गरिएको चेकजाँचबाट ३० जनालाई कारबाही गरिएको श्रेष्ठले बताउनुभयो ।
कारबाहीमा पर्नेमा २५ वटा मोटरसाइकल, ३ वटा ट्रक, एउटा कार र एउटा ट्याक्टर रहेका छन् । पछिल्लो समय मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकलाई कारबाही प्रक्रियाले तीव्रता पाएस“गै मापसे गरेर चलाउने चलकको संख्या पनि घटेको बताइएको छ ।
Discussion about this post