माडी । माडीको कल्याणपुर गाविस सचिव, राजनीतिक दलका पदाधिकारीहरु, पारालिगल कमिटी, महिला सहकारीका पदाधिकारीहरु, समाजसेवीलगायतसँग एकदिने समीक्षा कल्याणपुरमा भएको छ ।
केएर नेपालको साझेदारीमा कालिका सामुदायिक महिला विकास केन्द्रद्धारा संचालन भैरहेको रुपान्तरणका लागि महिला सशक्तिकरण सक्षम कार्यक्रमले हालसम्म परियोजना संचालन भएपछि समुदाय र सरोकारवाला निकायसँग मिलेर गरिरहेको कार्यक्रमहरुको जानकारी कार्यक्रम संयोजक कृष्ण पन्तले दिनुभयो ।
विगतको परियोजना समापनपछि सोही अवस्थाबाट यस परियोजनाले निरन्तरता दिंँदै थप क्रियाकलापहरु गरिएको र त्यस क्षेत्रका अति न्यून वर्गका महिलाहरुको सक्रियतामा गठन भएका महिला कृषि सहकारीहरुलाई प्रवद्र्धन गर्ने खालका क्रियाकलापहरु र महिलाहरुको सशक्तीकरणलाई परियोजनाले जोड दिएको संस्थाकी अध्यक्ष कोपिला शिवाकोटीले जानकारी गराउनुभयो ।
Discussion about this post