हेटौँडा । मकवानपुरका प्रजिअ एकनारायण अर्यालको नेतृत्वमा गएको अनुगमन टोलीले हेटौँडा–नारायणगढ सडकखण्डको नेवारपानीस्थित हिलटप होटलमा बिहीबार सिलबन्दी गरेको छ ।
यसैगरी अनुगमन टोलीले थानाभञ्याङ, मनहरी, ज्यामिरे र लोथर बजारमा रहेका रेष्टुराा र होटलको स्थलगत अनुगमन गरेको थियो ।
टोलीले त्यस राजमार्गअन्तर्गतका पाँच वटा होटलको व्यवस्थापन पक्ष सुधार गर्न, यात्रुलाई दिइने खानाको स्तरमा सुधार ल्याउन, खानाको मूल्यसूची राख्न एवम् भान्छाकोठामा थप सरसफाइ गर्न सुझाव दिएको प्रजिअ अर्यालले बताउनुभयो ।
सिलबन्दी गरिएको होटल हिलटपका मालिक कुमार गुरुङलाई पाँच दिनभित्र जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन पत्राचार गरिएको जिप्रका मकवानपुरले जनाएको छ । रासस
Discussion about this post