ADVERTISEMENT
१३ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१३ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

मोन्सान्टोविरूद्ध चितवनमा अभियान चल्ने

by चितवन पोष्ट
२०७० पुष ४, बिहीबार ०४:२३ गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

‘मोन्सान्टोले उत्पादन गरेको मकैको बिउमा दाना लाग्दैन’ [divider]

नारायणगढ । विवादास्पद बीउ उत्पादक कम्पनी मोन्सान्टोको विरोधमा चितवनमा अभियान चल्ने भएको छ । मोन्सान्टोले उत्पादन गरेको मकैको हाइब्रिड बीउ नेपाल भित्र नै योजना रहेको समाचार सार्वजनिक भएपछि बुधबार नारायणगढमा भएको रामपुर कृषि क्याम्पसका प्राध्यापक, प्राङ्गारिक कृषि अभियानका अगुवाहरुको प्रारम्भिक भेलाले अभियान सञ्चालनको निर्णय गरेको हो ।
दुई वर्षअघि अमेरिकी विकास नियोग युएसएडको सहयोगमा चितवनलगायत नवलपरासी र काभ्रेमा मोन्सान्टोको मकैको बीउ भित्र्याउने सरकारी योजना रहेको खबर सार्वजनिक हुँदा पनि चितवनमा विरोध अभियान चलेको थियो । देशव्यापी भएको सो अभियानपछि सरकारले योजना नै स्थगित ग¥यो ।
अहिले चौधरी समूहअन्तर्गत रहेको सिजी सिड्सले मोन्सान्टोको हाइब्रिड मकैको बीउ ल्याउने तयारी गरेको समाचार सार्वजनिक भएको छ । सो समाचार सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालहरुमा मोन्सान्टो विरोधी भनाइहरु तीव्र रुपमा फैलन थालेका छन् । चितवनमा जनस्तरमा पनि विरोध अभियान लैजाने विषयमा प्रारम्भिक छलफल भएको हो ।
‘उत्पादन बढाउने नाममा विभिन्न देश छिरेर मोन्सान्टो कम्पनीले रैथाने बीउहरुलाई पूर्णरुपमा विस्थापित गराएको छ । रासयनिक मल विषादी उपयोगलाई बढुवा दिएको छ । यो कम्पनीको बीउमा दाना नै नलाग्ने समस्या धेरै छ । भारतमा मोन्सान्टोको बीउमा दाना नलाग्दा किसानहरुको बिजोग भएको छ’ मोन्सान्टोको नकारात्मक असरबारे ऋषि अधिकारीले भने ।
पर्यावरणीय सेवा केन्द्रका सदस्य समेत रहेका अधिकारी प्राङ्गारिक कृषि अभियानका अगुवा हुन् । पर्यावरणीय सेवा केन्द्रको पहलमा दुई वर्षअघि चितवनमा मोन्सान्टो विरोधी अभियान सञ्चालन भएको थियो । ‘यो पटक पनि हामी विरोध अभियान चलाउँछौैं । यो बद्नाम कम्पनी नेपाल छिर्न हुँदैन । बुधबार प्रारम्भिक छलफल भयो । थप योजना बनाउँछौं’ अधिकारीले भने ।
मोन्सान्टो भारतमा साह्रै बद्नाम छ । मोन्सान्टोको बीउलाई भारतमा विषको खेती समेत भनिन्छ । यसको प्रयोगले उत्पादनमा ह्रास आएर लाखौं किसानले आत्महत्या गरेको उदाहरण भारतमा छ । छिमेकमा यस्तो बद्नाम कम्पनी नेपाल भित्रदै छ । मोन्सान्टोले सुरूमा हाइब्रिड भने पनि कालान्तरमा जेनिटिकल्ली मोडिफाई (जिएमओ) बीउ भित्र्याउने अधिकारी बताउँछन् ।
‘जेनिटिकल्ली मोडिफाइ बीउ त किसानका लागि अति नै खतरनाक छ’ कृषि पत्रकार तथा रामपुर कृषि क्याम्पसमा अध्यापन गराउने अनन्त सुवेदीले भने । जेनिटिकल्ली मोडिफाइ बीउको दुर्गुण भनेको यसबाट उत्पादित खाद्यपदार्थमा पोषणको मात्रा न्यून हुने सुवेदीको भनाइ छ । सुरूमा राम्रो उत्पादन हुने देखिए पनि कालान्तरमा घट्दै जान्छ ।
मोन्सान्टो बहुराष्ट्रिय कम्पनी भएकाले उसले व्यापारिक स्वार्थ मात्रै हेर्छ । जुन देशमा उसको बीउ गयो, त्यो देशको बीउ आपूर्तिमाथि नियन्त्रण राख्ने नियत हुन्छ । अनि किसानहरु मोन्सान्टोको नियन्त्रणमा पुग्छन् । विषादी प्रयोगको मात्रालाई बढाउँछ । विषादीको बढी प्रयोग हुनु भनेको पर्यावरण र मानव स्वास्थ्यमाथि चुनौती थपिनु हो भन्छन् सुवेदी ।
रैथाने बीउहरु लोप हुँदै जाने छन् । यसको नकारात्मक असर जैविक विविधतामाथि नै पर्ने पर्यावरणवादीको चेतावनी छ । अनि नेपाली किसान, मानव स्वास्थ्य र पर्यावरणलाई नै हानी गर्ने बीउ यहाँ आउन दिनु भएन भनेर अभियान चलाउन लागेको सुवेदीले बताए ।

Related Posts

दुई लाख मूल्य बराबरको अवैध मालसामान बरामद

दुई लाख मूल्य बराबरको अवैध मालसामान बरामद

शंकास्पद गतिविधिमा संलग्न व्यक्ति पक्राउ

शंकास्पद गतिविधिमा संलग्न व्यक्ति पक्राउ

प्रेसिडेन्सी कलेजका विद्यार्थीद्वारा स्वीटर वितरण

प्रेसिडेन्सी कलेजका विद्यार्थीद्वारा स्वीटर वितरण

Discussion about this post

अन‌ि यो पनि

स्कुल बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु
प्रमुख समाचार

स्कुल बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चितवन । पूर्वी चितवनको रत्ननगर १० स्थित हरिहर मन्दिर अगाडि मिनिबस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको...

Read more
सिङ भाँचिएका तिल्के गोरुहरुले धेरै धाक नलगाए हुन्छ : प्रधानमन्त्री (भिडियोसहित)

सिङ भाँचिएका तिल्के गोरुहरुले धेरै धाक नलगाए हुन्छ : प्रधानमन्त्री (भिडियोसहित)

दुई लाख मूल्य बराबरको अवैध मालसामान बरामद

दुई लाख मूल्य बराबरको अवैध मालसामान बरामद

शंकास्पद गतिविधिमा संलग्न व्यक्ति पक्राउ

शंकास्पद गतिविधिमा संलग्न व्यक्ति पक्राउ

प्रेसिडेन्सी कलेजका विद्यार्थीद्वारा स्वीटर वितरण

प्रेसिडेन्सी कलेजका विद्यार्थीद्वारा स्वीटर वितरण

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In