ADVERTISEMENT
८ माघ २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
८ माघ २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

सपनासँगै सहिदका मूर्ति पनि अलपत्र

by चितवन पोष्ट
२०७० पुष ४, बिहीबार ०४:३० गते
in समाज
0
0
SHARES
Share on FacebookShare on Twitter

-दिपेन्द्र अधिकारी
भरतपुर । देशमा जारी अस्थिर राजनीतिले सहिदका सपनाहरु अलपत्र भइरहँदा द्वन्द्वको समयमा सहिद भएकाहरुको सम्झनामा निर्माण गरिएको मूर्ति पनि यतिखेर अलपत्र छन् । भरतपुर १२ निवासी मूर्तिकार सूर्य मध्यरातले बनाएको सहिदका १५ वटा मूर्तिहरु अहिले अलपत्र अवस्थामा छन् ।
२०६९ साल जेठ २४ गते सहिद प्रतिष्ठान रसुवा शाखाले द्वन्द्वको समयमा वीरगति प्राप्त गरी सहिद भएका जिल्लाका १८ जनाको अर्धकदको मूर्ति बनाउन जिम्मा दिइयो । जिम्मेवारी बमोजिम रातदिन नभनी नियमित मूर्ति निर्माणमा लागेका मध्यरातलाई काम दिने प्रतिष्ठान रसुवा शाखा अहिले सम्पर्कमै नआएर धोका दिएको छ । तीन जनाको भने फोटो अभावमा मूर्ति नबनाइएको उनले बताए ।
‘घरमा तयार पारी राखिएका १५ जना सहिदका अर्धकदको मूर्ति हेरेर मलाई नै नरमाइलो महसुस हुन थाल्यो, मूर्तिकार मध्यरातले भने, ‘बनाइदेऊ भनेर जिम्मा दिने पनि अहिले सम्पर्कमा छैनन् ।’ ‘सहिदका सपनाहरु बिचल्लीमा पर्दा जति पीडाबोध हुन्छ तीनका सम्झनामा निर्माण गरिएको मूर्ति हेरेर मेरो मन त्यतिकै दुःखित हुन्छ’, उनले भने ।
कुल १२ लाख ५० हजारको बजेटमा उनले सवै १८ जना सहिदको मूर्ति बनाउने जिम्मा पाएका थिए । तत्कालीन समयमा कच्चा पदार्थ किन्नका लागि २ लाख ५० हजार पेस्की दिने र बाँकी रकम पछि भुक्तानी गर्ने सहमति भएपनि अहिले आफूलाई काम दिने निकाय सम्पर्कमा नआएको उनले बताए । पेस्कीस्वरूप जम्मा उनले जम्मा १ लाख ३९ हजार रूपैयाँ मात्र पाएका छन् । उनले तयार पारेको सहिदहरुको मूर्तिको भीडमा चितवनमा सहिद शारदा र समरको पनि अर्धकदको मूर्ति रहेको छ ।
‘१५ वटा मूर्ति बनाउँदाको मिहिनेतको पारिश्रमिक त कहाँ हो कहाँ, मूर्ति बनाउन आवश्यक कच्चा पदार्थ किन्ने पैसा पनि पूरा दिएनन्’, मध्यरातले भने । सहिद प्रतिष्ठान रसुवा शाखाले सहिद स्मारक बनाएर राख्ने भन्दै उनलाई यस्तो काम दिएको थियो । मूर्ति कुँदिएका सहिदको अनुहार नियाल्ने हो भने प्रायः किशोरकिशोरीहरु छन् । बनाइएका मध्ये ७ महिला र ८ पुरूषको मूर्ति रहेको छ ।
रूकुमका कामी बुढामगरको मूर्ति बनाउँदा एनेकपा माओवादी अध्यक्ष प्रचण्डले मूर्तिकार मध्यरातलाई  सम्मान गरेका थिए । त्यस्तै माओवादी नेता मोहन वैद्यले पनि उनलाई सम्मान गरिसकेका छन् । अलपत्र परेका सहिदका मूर्तिका सम्बन्धमा जिल्लामा पार्टीसम्बद्ध नेताहरुलाई बारम्बार जानकारी गराइपनि समस्या समाधान भएको उनले बताए ।
यही जिम्मेवारी पूरा गर्ने क्रममा नियमित काममा खटिएका मध्यरातको घाँटीको माथिल्लो भागमा नसाको समस्या पनि देखिएको छ । क्ले, डाइ र आरसीसी गर्दा समय र पैसाको धेरै नै खर्च हुने उनले बताए । उनको अुनसार एउटा मूर्ति तयार पार्न १ महिना र औसतमा ७५ हजार जति खर्च भएको छ ।
यसअघि उनले बनाएको एमाओवादीको पार्टी कार्यालय परिसरमा रहेको महिला जनमुक्ति सेनाको पूर्णकदको मूर्ति निकै लोकप्रिय छ । उनको मूर्ति बनाउने शैली विशेष रहेको भन्दै समालोचक डीआर पोखरेलले राज्यले नै यस्ता कलाकारको सम्मान गर्नुपर्ने बताए ।
उनले मूर्ति निर्माणका लागि सहयोगीका रुपमा लंकुका चित्रकुमार श्रेष्ठलाई साथमा लिएका छन् । मूर्तिकला पेसाबाटै परिवार धान्दै आएका मिहिनेती मध्यरातलाई सहिदका सालिक लिन नआउने भनी निकै गुनासो गरेका छन् । यसै पेशाबाट उनले भरतपुरमा घर र घडेरी जोड्न सफल भएका छन् । उमेरले ३३ वर्ष भएका मध्यरातले कवि, कलाकार, सहिदका विभिन्न अर्धकदका मूर्तिहरु बनाइसकेका छन् ।
उनले जिउँदै मानिसको पनि मूर्ति बनाउँदै आएका छन् । उनको घर परिसरमा भगवानका थुप्रै मूर्तिहरु देख्न पाइन्छ । त्यस्तै विभिन्न जनावरहरुको पनि मूर्ति बनाएका छन् ।
[divider]
फोटो क्याप्सनः अलपत्र अवस्थाका सहिदका मूर्तिहरु  ।

Related Posts

खैरो हिरोइन कारोबार गर्ने गिरोह पक्राउ

खैरो हिरोइन कारोबार गर्ने गिरोह पक्राउ

साहाराको घरमा आश्रित बालबालिकालाई खाद्यान्न सहयोग

साहाराको घरमा आश्रित बालबालिकालाई खाद्यान्न सहयोग

३८ जना विद्यार्थीहरुले पाए सुइटर र शैक्षिक सामग्री

३८ जना विद्यार्थीहरुले पाए सुइटर र शैक्षिक सामग्री

Discussion about this post

अन‌ि यो पनि

ओलीले संसद् विघटन गर्दा देश गम्भीर सङ्कटमा : डा भट्टराई
राजनीति

ओलीले संसद् विघटन गर्दा देश गम्भीर सङ्कटमा : डा भट्टराई

टीकापुर । जनता समाजवादी पार्टीका केन्द्रीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरी...

Read more
खैरो हिरोइन कारोबार गर्ने गिरोह पक्राउ

खैरो हिरोइन कारोबार गर्ने गिरोह पक्राउ

काँग्रेसद्वारा रुकुमपश्चिम घटनाका दोषीलाई कारबाही गर्न माग

काँग्रेसद्वारा रुकुमपश्चिम घटनाका दोषीलाई कारबाही गर्न माग

साहाराको घरमा आश्रित बालबालिकालाई खाद्यान्न सहयोग

साहाराको घरमा आश्रित बालबालिकालाई खाद्यान्न सहयोग

तीन युवाले स्थापना गरे ‘ब्लु ल्याडर’

तीन युवाले स्थापना गरे ‘ब्लु ल्याडर’

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In