भरतपुर । विख्यात हुन्डाई कम्पनीको नयां मोडल “हुण्डाई ग्राण्ड आई टेन” को विक्रि चितवनमा सुरु भएको छ ।
हुण्डाई कारका पारखीहरुलाई लक्षित गरि हुण्डाई गाडीको चितवनका लागि आधिकारिक विक्रेता पिनाकल ट्रेडिङ्ग कन्र्सन प्रा.लिले सो कारको लन्चिङ्ग गदै कारको विक्रि सुरु गरेको हो ।
हुण्डाई कारका ग्राहकवर्गहरुको चहानालाई मध्येनजर गर्दै चितवनमा “हुण्डाई ग्राण्ड आइटेन” चितवनको बजारमा लन्चिङ्गसगै बिक्री सुरू समेत भएको हो ।
पिनाकलको नारायणगढ मेनरोडस्थित सो रुममा एक भव्य समारोहको बीच उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष कल्याण जोशीले कारको लन्चिङ गरेका थिए ।
मेग्ना, आस्था र स्पोर्ट गरी तीन मोडलमा विभिन्न आठ रंगमा उपलब्ध ग्राण्ड आइटेनको मूल्य २३ लाख २६ हजारदेखि २६ लाख ९६ हजार मुल्य रहेको कन्र्सनका प्रबन्ध निर्देशक ईश्वर श्रेष्ठ जानकारी गराए ।
बिक्री शुभारम्भका अवसरमा प्रत्येक गाडी खरिदमा १ लाख ५८ हजार स्किम अफर रहेको पनि श्रेष्ठले बताए । सो कार सस्तो मूल्यमा, आर्कषक डिजाइन र राम्रो पर्फमेन्सका कारण चितवन आसपासका जिल्लाका सेवाग्राहीलाई लक्षित गरिएको कन्र्सनका प्रबन्ध निर्देशक ईश्वरकुमार श्रेष्ठको भनाइ छ ।
यो कार युरोपमा प्रयोग भएको फयूडिक डिजाईनका आधारमा बनाईएकोले स्टाईलिस भएको कन्र्सनका बिक्री प्रबन्ध बलराम रेग्मीले बताए ।
Discussion about this post