ADVERTISEMENT
८ माघ २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
८ माघ २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

चुहावट घटाऊ ः लोडसेडिङ हटाऊ

by चितवन पोष्ट
२०७० पुष ४, बिहीबार ०४:११ गते
in सम्पादकीय
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

नेपाल विद्युत् प्राधिकरणले फेरि नयाँ लोडसेडिङ तालिका जारी गरेको छ । दैनिक दुईपटक गरी ६ घन्टाका दरले हप्तामा ४२ घन्टा लोडसेडिङ हुँदै आएकोमा नदीमा पानीको मात्रा घटेर उत्पादनमा कमी आएको भन्दै दैनिक ३ घन्टा थप गरी हप्तामा ६३ घन्टा पु¥याएको छ । परिवर्तित तालिकाअनुसार दैनिक नौ घन्टा लोडसेडिङ गरिएको छ । गत वर्षको यसै समयमा ६९ घन्टा विद्युत् कटौती हुँदै आएको थियो । पुसको अन्त्यसम्ममा तालिका बढाएर ८२ घन्टासम्म पु¥याइएको थियो । विद्युत् चुहावट हुने ठाउँमा भने हप्तामा ८७ घन्टासम्म लोडसेडिङ भएको थियो । २५ प्रतिशत विद्युत् चुहावटकै कारण प्राधिकरणले बर्सेनि ६ अर्ब घाटा व्यहोर्नु परेको छ । विद्युत् परियोजना र प्रसारण लाइनमा गुणस्तरहीन सामान प्रयोग भएका कारण बर्सेनि प्राधिकरणले १५ प्रतिशत चुहावट व्यहोर्नु परिरहेको छ । यसबाहेक १० प्रतिशत चुहावट विद्युत् चोरीका कारण भइरहेको छ ।
जनस्रोतको धनी देश र जलविद्युत्मा ठूलो सम्भावना भए पनि विद्युत् उत्पादनमा भने खासै प्रगति हुन सकेको छैन । विद्युत् चुहावट मात्र नियन्त्रण गर्ने हो भने पनि धेरै मात्रामा लोडसेडिङ घटाउन सकिन्छ । अहिले मुलुकभर विद्युत् चोरी र चुहावटका कारण एक सय मेगावाट विद्युत् खेर गैरहेको छ । विद्युत् चुहावट नियन्त्रण गर्न हरेक वर्ष सरकारले प्राथमिकता दिए पनि उपलब्धि हुन सकेको छैन । जलविद्युत्को विकासका लागि अन्तर्राष्ट्रिय लगानी भित्र्याउन नीतिगत समस्या समाधान गर्दै देशभित्र भएका विद्युत्गृहको मर्मत तथा निर्माणाधीन योजनालाई तीव्रता दिनसके लोडसेडिङबाट मुक्त गर्न सकिन्छ । तर, भएका आयोजनाहरुको मर्मत तथा निर्माणाधीन ठूला आयोजना समयमै सम्पन्न हुन नसकेका कारण हरेक दिन नेपाली जनताले लोडसेडिङको समस्या भोग्नु परेको छ ।
नेपालमा प्रसारण लाइनको क्षमता बढाउन नसक्दा पनि प्राविधिक रुपमा विद्युत् खेर गैरहेको छ । खिम्ती र भोटेकोसीमा उत्पादित विद्युत् ढल्केवर लैजाने गरी बनाउन लागिएको २२० केभीको खिम्ती–ढल्केवर प्रसारण लाइन समयमै निर्माण हुन नसक्दा १० मेगावाट विद्युुत् चुहावट भइरहेको छ । अहिले २६ वटा प्रसारण लाइन र सवस्टेसन निर्माण भइरहे पनि विभिन्न अवरोधका कारण सम्पन्न भएका छैनन् । कालीगण्डकी जलविद्युत् आयोजनाबाट वर्षभरि उत्पादन हुने १४४ मेगावाटमध्ये करिब ४४ मेगावाट विद्युत् खेर जाने गरेको छ । यस्ता ठूला आयोजनाको प्रसारण लाइन क्षमता वृद्धि गर्नसके प्राविधिक रुपमा हुने चुहावटलाई कम गर्न सकिन्छ । सरकारले विद्युत् चुहावट नियन्त्रण गर्दै नयाँ जलविद्युत् आयोजना छिटो सम्पन्न गर्ने र थर्मल प्लान्ट सञ्चालनमा ल्याएर भए पनि आमजनतालाई लोडसेडिङको समस्याबाट मुक्त गर्नु जरूरी छ ।

Related Posts

Chitwan Post

बर्ड फ्लु भित्रिन नदिन उच्च सतर्कता

चिसोले मध्यपूर्वी तराईको जनजीवन कष्टकर

चिसोले अस्तव्यस्त तराई

Chitwan Post

परराष्ट्रमन्त्रीको भारत भ्रमणले दिएको सन्देश

Discussion about this post

अन‌ि यो पनि

ओलीले संसद् विघटन गर्दा देश गम्भीर सङ्कटमा : डा भट्टराई
राजनीति

ओलीले संसद् विघटन गर्दा देश गम्भीर सङ्कटमा : डा भट्टराई

टीकापुर । जनता समाजवादी पार्टीका केन्द्रीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरी...

Read more
खैरो हिरोइन कारोबार गर्ने गिरोह पक्राउ

खैरो हिरोइन कारोबार गर्ने गिरोह पक्राउ

काँग्रेसद्वारा रुकुमपश्चिम घटनाका दोषीलाई कारबाही गर्न माग

काँग्रेसद्वारा रुकुमपश्चिम घटनाका दोषीलाई कारबाही गर्न माग

साहाराको घरमा आश्रित बालबालिकालाई खाद्यान्न सहयोग

साहाराको घरमा आश्रित बालबालिकालाई खाद्यान्न सहयोग

तीन युवाले स्थापना गरे ‘ब्लु ल्याडर’

तीन युवाले स्थापना गरे ‘ब्लु ल्याडर’

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In