जिम्मेवार नै गैरजिम्मेवार

अन‌ि यो पनि

-वीरेन्द्रमणि पौडेल
भक्कानो छाडेर रून मन लाग्ने अवस्था छ यतिबेला, ती मान्छेहरुलाई ज–जसले मुलुकलाई माया गर्छन् र भलो चिताउँछन् । पहिले–पहिले हामी गरिब भएको हुँदा दुनियाँले हेप्थे । हामी सहन्थ्यौँ । अज्ञानी र अशिक्षित भएका कारण हामीलाई दुनियाँले कठै बिचरा भन्थे । हो–हो, हामी कठै बिचरा नै हौँ भनी स्वीकाथ्र्यौं । हामीले रेल बनाउन सकेनौँ । गाडी बनाउन सकेनौँ । हवाईजहाज बनाउने त कहिल्यै कल्पनासम्म पनि गरेनौँ । भृकुटी कागज कारखाना थियो हामीलाई नहेप्ने, छिमेकी चीनले दिएको । त्यो हामीले कौडीको भाउमा बेच्यौँ । किन्नेले कागज उत्पादन गरेजस्तो मात्रै ग¥यो । किनेको त जग्गा पो रहेछ उसले । कागज कारखाना बन्द ग¥यो । ५०० भन्दा बढी नेपाली बेरोजगार भए । हेटौँडामा कपडा कारखाना थियो । त्यो पनि बन्द भयो । हेर्दाहेर्दै एकपछि अर्को गर्दै नेपालका प्रायः सबै उद्योग कलकारखानाहरु बन्द भए । उसै त गरिब हामी, त्यसमाथि उत्पादन भन्ने चीज ठ्याम्मै हुन छाड्यो । रायो र मूलाको सागलाई छाडेर यो मुलुकमा केही उत्पादन नहुने अवस्था सिर्जना भयो । हाम्रो मुलुकमा हाम्रो नांगो ज्यान, टेक्ने जमिन, मूला र रायोको साग, जंगल, जंगली जनावर, हावा, पानी र दिनमा सूर्यको किरण मात्रै बाँकी रह्यो । अरु बाँकी हामीलाई चाहिने र उपभोग गरिरहेका सबै वस्तु अरुले दिएर हामी बाँच्ने अवस्थामा पुग्यौँ । अरुले दिएको दियै गरे, हामी बाँचेको बाँच्यै ग¥यौँ । हामीलाई अरुले जहिलेसम्म दिएको दियै गरिरहन्छन्, हामी बाँचिरहने भयौँ । जुनदिन दिन छाड्छन्, त्यसदिनदेखि हामी बाँच्न नसक्ने अवस्थामा पुग्छौँ । यो सत्य हो । हामीले काम गरेर खान छाड्यौँ । मागेर खान बानी प¥यो । मागेर खान बानी परेकाहरुले अरु काम गरेर खाँदैनन्, समाजविज्ञहरु यसै भन्छन् ।
छिमेकी मुलुक चीनले माओत्सेतुङले सांस्कृतिक क्रान्ति सफल पारेपछि आर्थिक रुपले अघि बढ्न अधिकतम प्रयास ग¥यो, तर सन् १९७६ पछि जब देङ सियाओ पिङको आर्थिक नीति लागू गर्न सुरू गरियो, त्यो दिनदेखि आजसम्म लगातार चीन आर्थिक विकासको गतिमा अघि बढेको बढ्यै ग¥यो । यतिबेला ऊ विश्वमा आर्थिक प्रगतिका हिसाबले एक नम्बरमा देखियो । हाम्रो अर्को छिमेकी मुलुक छ भारत । बेलायती उपनिवेशबाट सन् १९४७ मा मुक्ति पाएको यो मुलुकले स्वतन्त्रता पाएको करिब ७० वर्षमा अकल्पनीय आर्थिक र भौतिक विकास ग¥यो । यहाँसम्म कि यो देशले अहिले “मंगल ग्रह”लाई अध्ययनको विषय बनाएको छ । पचास वर्षपहिले नेपालको र थाईल्यान्डको आर्थिक अवस्था उस्तै–उस्तै थियो । पचास वर्षपछि आउँदा थाईल्यान्ड आर्थिक रुपले सक्षम भयो । सँगसँगै दुईवटा हवाईजहाज खरिद गरेका नेपाल र थाईल्यान्ड आज आइपुग्दा थाईल्यान्डसँग १०० भन्दा बढी जेट विमान छ, तर नेपालसँग दुईवटै मात्र जेट विमान छ, त्यो पनि बिग्रिएर थन्किएको अवस्थामा । यो जत्तिको बेइज्जत हाम्रो अरु के हुन सक्छ ?
मलेसिया र सिंगापुरको सामाजिक र आर्थिक अवस्था पनि आजभन्दा पचास वर्षअघि हाम्रै जस्तो थियो । इन्डोनेसियासमेत हामीभन्दा अगाडि थिएन, तर हेर्दाहेर्दै ती देशहरुले उपल्लो तहको आर्थिक प्रगति गरे, हामी जहाँको त्यहीँ रह्यौँ । कारण अरु थिएनन्, थियो त सिर्फ राष्ट्रलाई प्रेम गर्ने भावना हुनु र नहुनु मात्रै थियो । चिनियाँ, भारतीय, थाईल्यान्ड, मलेसिया, सिंगापुर र इन्डोनेसियाका राजनीतिज्ञ र त्यहाँका जनतामा आफ्नो राष्ट्रलाई प्रेम गर्नुपर्छ भन्ने भावना पलायो, हाम्रो देशका नेतामा पलाएन, ठ्याम्मै पलाएन । चीनमा माओत्सेतुङ र देङ सियाओ पिङ नभएर पनि अरु नेतामा राष्ट्रप्रेमको भावना भएका कारण आर्थिक प्रगति रोकिएन । भारतमा महात्मा गान्धी, सुभाषचन्द्र बोस र लालबहादुर शास्त्रीहरु नभए पनि भौतिक प्रगति र समृद्धि रोकिएन । सिंगापुरमा लि क्वान यु र मलेसियामा मोहम्मद महाथिर राजनीतिमा नभए पनि सामाजिक, आर्थिक प्रगति रोकिएन । तर नेपालमा गतिलो नेताको मृत्यु भएपछि, राष्ट्रप्रेमी नेता भौतिक रुपले नरहेपछि आर्थिक प्रगति रोकिएन मात्रै होइन, राष्ट्रियतासमेत धरापमा परेको महसुस गरियो । विश्वेश्वरप्रसाद कोइराला थिए, देश र जनता बुझेका । उनले राष्ट्रको उन्नति र प्रजातन्त्रका लागि भरमग्दुर प्रयत्न गरेका थिए, उनी मुलुकलाई गन्तव्यमा नपु¥याउँदै बिते । मदन भण्डारी थिए एक जना दूरदर्शी नेता, उनी नेपालभित्रै रहस्यमय ढंगले मारिए । गणेशमान र कृष्णप्रसाद भट्टराई थिए देश र जनता बुझेका तर तिनलाई धुन्धुकारीहरुद्वारा षड्यन्त्रमूलक ढंगले ओझेलमा पारियो । मनमोहन अधिकारी पनि असलमा गनिन्थे, उनी पनि मरे ।
पछिल्लो दिनमा सक्षम अनुमान गरिएका प्रचण्ड सोचेजति सक्षम देखिएनन् । यसरी हाम्रो मुलुकमा सक्षम नेताको खडेरी परेको स्पष्ट देखियो । अरु देशमा एक सक्षम नेताको अन्त्यसँगै अरु सक्षम नेताको जन्म भयो, हामीकहाँ हुन सकेन । हाम्रा कमसल नेताहरु राष्ट्रप्रेमीका रुपमा भन्दा धनपे्रमी, पदप्रेमी र भौतिक सुविधाप्रेमीको रुपमा देखा परे । प्रमाणका रुपमा यतिबेला भर्खर सम्पन्न भएको संविधानसभा निर्वाचनपश्चात् दलहरुले समानुपातिकका लागि सांसद् बिक्री गरेको अवस्थालाई लिन सकिन्छ । हाम्रा नेतागणलाई सिर्फ पद र पैसा पाए अरु केही चाहिँदैन भन्ने प्रमाण जनताले पाएका छन् । यो प्रमाण र अवस्थाले मुलुकलाई कहाँ लैजान्छ, अनुमान गर्न गाहं्रो छ । अर्को पनि छ, नेपालीको मन रूने खालको विषय । त्यो विषय हो, केही दिनपहिले मात्रै युरोपियन मुलुकहरुले लगाएको “हवाई नाकाबन्दी ।”
शक्तिहीनहरुलाई शक्तिशालीहरुले जे पनि गर्न सक्छन् भन्ने बलियो उदाहरण पनि हो यो । युरोपियनहरु हामीभन्दा आर्थिक रुपले मात्रै बलिया छैनन्, औधी बाठा र चलाख पनि छन् । उनीहरु हामीलाई मर्न दिँदैनन्, तर बलियो भएर बाँच्न पनि दिँदैनन् । असुरक्षित हवाई उडान बताएर युरोपियन युनियनले उनीहरुका जहाज नेपालमा नउडाउने, नेपालको कुनै पनि उडान कम्पनीका जहाज युरोपमा उड्न नपाउने मात्रै घोषणा गरेनन्, युरोपभरिका पर्यटकहरु जो सुन्दर हाम्रो मुलुक नेपाल घुम्न चाहन्छन्, तिनलाई समेत नेपालका कुनै पनि हवाईजहाज नचढ्न उर्दी जारी गरे । नेपालको इतिहासमा यो पहिलो हवाई नाकाबन्दी हो, जसले नेपालको पर्यटन क्षेत्रमार्फत गरिरहेको आर्थिक आम्दानीमा तगारो हाल्छ, हालिसकेको छ । सुनिन्थ्यो, युरोपियनहरुले नेपाली वायुसेवाको गुणस्तर वृद्धि गर्न भनेको थियो । सुरक्षाप्रणालीमा पनि सुधार गर्न भनेको थियो । नेपालले ठीक समयमा उनीहरुले भनेजसरी काम फत्ते गर्न सकेनन् होला, यो बेग्लै पक्ष हो । तर, एक्कासि बिनासूचना यो तरिकाले नाकाबन्दी लगाइनु अत्याचारको पराकाष्ठाबाहेक अरु केही होइन ।
केही विद्वान्हरुको भनाइ छ, “नेपाल सरकारले चिनियाँ हवाईजहाज खरिद गरेर नेपालमा ती जहाज उडाउन अनुमति पनि दिएको छ, जुन जहाज युरोपियनहरुले उडाउन योग्य छैन भनिरहेका छन् । युरोपियनहरुले अयोग्य ठह¥याएका विमानहरु नेपालले उडान योग्य ठहर गर्दा युरोपियनहरु रिसाएको बताइने जुन सवाल छ, यदि यसो नै हो भने अब भन्नैपर्छ– “युरोपियनहरु अत्याचारी हुन् ।” । कसैको प्लेन किन्ने वा नकिन्ने वा उडान योग्य छ वा छैन, निर्णय लिने अधिकार नेपालकै हुन्छ, अरुको हुँदैन । नेपाल आर्थिक हिसाबले कमजोर र शक्तिहीन छ भन्नुको अर्थ युरोपियनहरुले हवाई नाकाबन्दी लगाएर आर्थिक रुपले नकारात्मक धक्का दिन पाउँछन् भन्ने होइन । युरोपियनहरुले सीधा नेपाली स्वाभिमानमाथि नांगो हस्तक्षेप गरेको अर्थ लगाउन मिल्ने यो काम गरिसकेका छन् ।
तर, आज मुलुक हाँक्ने जिम्मेवारी लिएका राजनीतिक दलका नेताहरु नाकाबन्दी नगर भन्दैनन् । सुशील कोइराला के गर्ने, के नगर्नेको अवस्थामा छन् । शेरबहादुर सुशीललाई छिर्के हानेर प्रधानमन्त्रीको कुर्सीमा चढ्ने दाउमा छन् । रामचन्द्र पनि प्रधानमन्त्रीको कुर्सीलाई हेरेर एकोहोरिएका छन् । माधव नेपाल राष्ट्रपतिको कुर्सीतिर हेर्दैछन् । झलनाथ र केपी ओली प्रधानमन्त्रीको कुर्सीमा उक्लिन पाई पो हालिन्छ कि भन्ने आशामा छन् । प्रचण्ड दिउँसै राष्ट्रपति भएको सपना देखेर भर्खरै ब्युँझिएका छन् । उनलाई चुनावमा धाँधली भएकै होलाजस्तो लागेको छ । हाम्रा यी खासखास हैसियतवाला नेताहरुलाई मुलुकमा आइलागेको यति ठूलो समस्याबारे चिन्ता गर्ने फुर्सदै छैन । साना दलका अरु भारेभुरे नेताहरु समानुपातिक सिटका लागि खरिद–बिक्री कार्यमा व्यस्त छन् । व्यापारीहरु राजनीतिक अस्थिरताको फाइदा उठाएर एक किलो आलुको मूल्य ६० रूपैयाँ पु¥याउँदैछन् । भ्रष्टाचारीहरु भ्रष्टाचारमा डुबिरहेका छन् । हुनेहरु खाइरहेका छन् । नहुनेहरु खाइरहेकाहरुको मुख हेरिरहेका छन् । यहाँ न मानवअधिकारवादीहरु देखिए, न राष्ट्रवादीहरु देखिए । न यो पेसाकालाई देशको माया देखियो, न त्यो पेसाकालाई । अपवादलाई छाडेर यो त्यस्ता मान्छेहरुको देश भयो, जसलाई निजी फाइदादेखि बाहेक अरु हेर्ने फुर्सद छैन, छँदैछैन । जसलाई यो देशको माया लाग्यो, ती शक्तिहीन भए । जो शाक्तिशाली छन्, तिनलाई देशको माया भएन । घुमाएर भन्न जरूरी छैन, लेख्न डराउन वा हिचकिचाउन पनि जरूरी छैन । सीधा भन्न सकिन्छ अपवादलाई छाडेर, “कसैलाई छैन, यो राष्ट्रको माया ।” आशा गरौँ, अब जन्मिनेहरुले आफूलाई भन्दा मुलुकलाई ज्यादा प्रेम गर्नेछन् । नागरिक धर्म पालना गर्नेछन् ।

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया