भरतपुर । रोट्¥याक्ट क्लब अफ भरतपुरले बुधबार स्मल हेभन मोडल स्कुलमा प्लाष्टिकको प्रयोग न्यूनीकरणका लागि सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा विद्यालयका विद्यार्थी तथा शिक्षकहरु सहभागी भएका थिए । प्लाष्टिकजन्य फोहोर न्यून गर्नका लागि क्लबको यस्तो कार्यक्रम सञ्चालन गरेको हो । सो अभियान जिल्ला व्यावसायिकरूपमा सञ्चालन गरिने कार्यक्रमका संयोजक जयन्ती ज्ञवालीले बताउनुभयो । यस अभियानअन्तर्गत विद्यार्थीहरुले संकलन गरेका प्लाष्टिकलाई बिक्री गरेर फाइबरका झोला प्रदान गरिनेछ ।
Discussion about this post