ADVERTISEMENT
२० फाल्गुन २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२० फाल्गुन २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

पोलियो रोग उन्मूलन गरौँ

by चितवन पोष्ट
२०७० पुष ३, बुधबार ०३:४३ गते
in सम्पादकीय
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

नेपालमा राष्ट्रिय पोलियो खोप अभियानले सार्थकता पाएको छ । पोलियो खोप अभियानको १७ वर्षपछि नेपाल पोलियोमुक्त राष्ट्र घोषणा हुँदैछ । विगत तीन वर्षयता कुनै पनि संक्रमण नभेटिएपछि आगामी फेब्रुअरी १२ देखि दक्षिणपूर्वी एसिया क्षेत्रका सम्पूर्ण देश पोलियो संक्रमणशून्य घोषित हुन लागेका हुन् । नेपाललाई पोलियो अभियानको अन्तर्राष्ट्रिय टोलीले शून्य प्रमाणीकरण गरी पोलियोमुक्त राष्ट्र घोषणा गर्दैछन् । पोलियोमुक्त राष्ट्र घोषणा भएको केही वर्षभित्रै ‘पोलियो उन्मूलन घोषणा’ हुने भएको छ । नेपालमा सन् २०१० यता पोलियोको नयाँ संक्रमण भेटिएको छैन । संसारमा अमेरिकालगायत केही विकसित राष्ट्रमा २० वर्षअघि नै पोलियो उन्मूलन भैसकेको छ । विश्व स्वास्थ्य संगठनले २५ वर्षअघि संसारलाई पोलियोमुक्त गराउने अभियान सुरू गरेको थियो । नेपालमा सन् १९९६ देखि राष्ट्रिय पोलियो खोप अभियान सञ्चालन गरिँदै आएकोमा नेपाल छोटो अवधिमै पोलियोमुक्त राष्ट्र घोषणा हुन लागेको हो ।
पोलियो अभियान सफल हुनुको प्रमुख कारण नेपालमा नियमित र प्रभावकारी ढंगले राष्ट्रिय खोप अभियान कार्यान्वयन हुनु नै हो । सरकारले पोलियो खोप अभियानमार्फत पोलियो थोपा खुवाउने कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस वर्ष पनि यही पुस ६ गतेदेखि तराई र पहाडका ६८ जिल्लामा १५औँ पोलियो खोप अभियान सुरू हुँदैछ । यस्तै, दोस्रो चरणमा चैत ८ गते र वैशाख १३ गते बाँकी सात हिमाली जिल्लामा सम्पूर्ण पाँच वर्षमुनिका बालबालिकाहरुलाई पोलियो थोपा खुवाइने कार्यक्रम छ । पोलियो थोपा जतिपटक खुुवाए पनि त्यसले स्वास्थ्यमा नकारात्मक असर नगर्ने पोलियो अभियान महाशाखाले उल्लेख गरेको छ । पोलियो अभियानमार्फत देशभरका करिब ४२ लाख २६ हजार बालबालिकालाई पोलियो थोपा खुवाउने कार्यक्रम छ । नियमित खोप कार्यक्रमअन्तर्गत सबै बालबालिकाहरुलाई तीन मात्रा पोलियो थोपा खुवाइसकेको भए पनि रोग उन्मूलनका लागि सरकारले यो अभियान चलाएको हो ।
पोलियो सरूवा रोग हो । यो रोग दिसाको माध्यमबाट सजिलै सर्छ । यो रोग लागेमा सुरूमा ज्वरो आउने, टाउको, हातखुट्टा तथा जोर्नी दुख्ने, थकाइ लाग्ने र क्रमिक रुपले लुलोपना बढ्दै गएर अपाङ्ग बनाउने वा बालबालिकाको मृत्युसमेत हुनसक्छ । सन् २०१३ सम्ममा पाकिस्तान, अफगानिस्तान र नाइजेरियामा मात्र पोलियोको महामारी बाँकी रहेको छ । दक्षिणपूर्वी एसियाका एघार देशमध्ये भारतमा २०११ जनवरी १३ मा अन्तिमपल्ट भेटिएको थियो । त्यसपछि दक्षिणपूर्वी एसियामा यो रोग नभेटिएपछि विश्व स्वास्थ्य संगठनले पोलियोमुक्त क्षेत्र घोषणा गर्न लागेको हो । पोलियोमुक्त घोषणापछि केही वर्ष नियमित खोप कार्यक्रममा थोपा खुवाएर अभियान बन्द गरी पोलियो उन्मूलन राष्ट्र घोषणा गरिन्छ । नेपालले राष्ट्रिय खोप अभियान, गुणस्तरीय निगरानी, संक्रमण भेटिएका क्षेत्रमा पुनः कार्यक्रम तथा संक्रमण खोजी अभियान गरी पोलियो उन्मूलन गर्नुपर्छ । कुनै पनि बालबालिका पोलियो रोगबाट पीडित नहुनका लागि पाँच वर्षमुनिका सम्पूर्ण बालबालिकालाई अनिवार्य रुपमा पोलियो थोपा खुवाउनुपर्छ ।

Related Posts

Chitwan Post

वार्ताको पहल स्वागतयोग्य

Chitwan Post

विश्व वन्यजन्तु दिवसको सन्दर्भ

Chitwan Post

शून्य भेदभावको परिकल्पना

Discussion about this post

अन‌ि यो पनि

Chitwan Post
राजनीति

सरकार र विप्लवबीचको सम्झौताप्रति नेकपा (मसाल)को स्वागत

काठमाडौँ । सरकार र नेकपा (विप्लव) का बीचमा भएको सम्झौतालाई ने.क.पा.(मसाल)ले स्वागत गरेको छ । महामन्त्री मोहनविक्रम सिंहद्वारा जारी विज्ञप्तिमा...

Read more
ड्युटीमै बस्दैनन् हेटौँडा अस्पतालका डा. पाण्डे र अन्सारी

ड्युटीमै बस्दैनन् हेटौँडा अस्पतालका डा. पाण्डे र अन्सारी

जिल्लाका प्रमुखहरुलाई उवासंघ–चितवनको स्वागत

जिल्लाका प्रमुखहरुलाई उवासंघ–चितवनको स्वागत

दूरसञ्चार प्राधिकरणका सेवा सुलभ र भरपर्दो तुल्याउन आग्रह

दूरसञ्चार प्राधिकरणका सेवा सुलभ र भरपर्दो तुल्याउन आग्रह

Chitwan Post

‘बागमती नदीमा सतह बढ्न सक्छ’

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In