क्रिकेटमा वीरेन्द्र ‘बी’ विजयी

अन‌ि यो पनि

भरतपुर । वीरेन्द्र क्याम्पस मैदानमा मंगलबार भएको अन्तर कलेज टी ट्वान्टी क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा वीरेन्द्र बी विजयी भएको छ । बाल्मीकि शिक्षा सदनलाई ६३ रनले पराजित गर्दा वीरेन्द्र ‘बी’का खेलाडी हसिम अन्सारीले ४ विकेट लिनुका साथै १७ रनको योगदान गरेका थिए । वीरेन्द्र ‘बी’ ले १७ ओभरमा बनाएको १ सय ६१ रनको लक्ष्य पछ्याएको बाल्मीकि ९९ रनमै समेटिएको थियो ।
त्यस्तै, दोस्रो खेलमा सप्तगण्डकी क्याम्पसलाई ३ विकेटले पराजित गर्दै शान्ति एकेडेमी विजयी भएको छ । ९८ रनको लक्ष्य शान्ति एकेडेमीले १२ ओभरमै भेटेको थियो । पहिलो खेलमा हसिम अन्सारी र दोस्रो खेलमा शान्ति एकेडेमीका सन्तोष पौडेल ‘म्यान अफ दी म्याच’ भए । सन्तोषले ४ ओभरमा १३ रन खर्चेर ३ विकेट लिन सफल भएका थिए ।
आज बुधबारको पहिलो खेल बीरेन्द्र ‘बी’ र दुर्गा उच्चमावि तथा दोस्रो खेल वीरेन्द्र ‘ए’ र अर्किड कलेजबीच हुने खेलका सञ्चार संयोजक प्रकाश श्रेष्ठले जानकारी दिए ।

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया