देवघाट । सूचना तथा सञ्चारमन्त्री माधवप्रसाद पौडेलले नयाँ सरकारलाई पद हस्तान्तरण गर्न वर्तमान सरकार आतुर भएको बताउनुभएको छ । आत्रेय गोत्र पौडेल वंश अनुसन्धान प्रतिष्ठानले देवघाटमा गरेको कुलपूजामा सहभागी हुन आउनुभएका मन्त्री पौडेलले जनताले दलहरुलाई स्पष्ट म्यान्डेट दिएकाले दलहरुले छिटो सरकार गठन गर्नुपर्ने बताउनुभयो ।
चुनावका लागि बनेको यो सरकारको काम र समय सकिएको बताउँदै उहाँले अवको राज्यसत्ता दलहरुकै नेतृत्वमा सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो । उहाँले प्रतिष्ठानले पौडेल वंशावलिको इतिहास राखेर महत्वपूर्ण काम गरेको भन्दै प्रतिष्ठानलाई धन्यवाद दिनुभएको थियो ।
यसैबीच, मन्त्री पौडेलले मंगलबार नै देवघाटमा निर्माण गरिएको पौडेल वंशकै प्रथम प्रधानमन्त्री मुक्तियार रंगनाथ पौडेल र कवि शिरोमणि लेखनाथ पौडेलको शालिकको अनावरण गर्नुभयो । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष माधव पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो ।
Discussion about this post