ADVERTISEMENT
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

दश जनामा एचआइभी सङ्क्रमण

by चितवन पोष्ट
२०७० पुष ३, बुधबार ०३:३८ गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

    भरतपुर । चितवनका विभिन्न क्षेत्रमा एक हजार ४६० जनाको रक्त परीक्षण गरिएकामा १० जनालाई एचआइभी सङ्क्रमण भएको पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनको अगुवाईमा सुरु भएको रगत परीक्षण, परामर्श र उपचार सेवामा परीक्षण गराएका १ हजार ४ सय ६० जनामध्ये दसजनामा संक्रमण देखिएको एचआइभीसम्बन्धी काम गर्दै आएको संस्था एएचएफका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाले जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिले पनि रक्त परीक्षणको काम जारी भएकाले सङ्ख्या अझ बढ्ने अनुमान गरिएको छ । यसरी गाउँगाउँमा रक्त परीक्षणमा सङ्क्रमण देखिनुले अझै मानिस खुल्न नचाहेको देखिन्छ ।
एचआइभी सङ्क्रमित खुलेर आउन नसकेको यो अवस्थामा उनीहरूलाई चेतना फैलाउँदै गाउँगाउँमा घुम्ती रक्त परीक्षण शिविर सञ्चालन गरिएको छ । विशेष प्रकारको किटको सहायताले एचआइभीको परीक्षण गरिएको आयोजकले बताएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय, भरतपुर अस्पताल र एएचएफ संस्थाको संयुक्त आयोजनामा यहाँ कार्यक्रम सञ्चालन गरिएको हो । यहाँको बछौली, शक्तिखोर, दारेचोक, मंगलपुरलगायत क्षेत्रमा गरिएको परीक्षणमा सङ्क्रमित फेला परेको हो ।
अहिले चितवनमा कुल ९६१ जनालाई एचआइभी सङ्क्रमण भएको र उनीहरूमध्ये ५४१ जनाले भरतपुर अस्पतालबाट एआर टी सेवा पाउँदै आएका छन् । उनीहरूलाई अब भरतपुर अस्पतालमा ल्याएर एआरटी सेवा उपलब्ध गराउने सापकोटाले बताउनुभयो । भरतपुर नगरपालिकासँगै बछौली, शक्तिखोर, मंगलपुर, मेघौली, दारेचोर, अयोध्यापुरी र गर्दी गाविसमा यो कार्यक्रम सञ्चालन गरिएको थियो ।
सो क्रममा पेट छाती र पाठेघरको स्वास्थ्य परीक्षणसँगै औषधिसमेत वितरण गरिएको सापकोटाले बताउनुभयो । जिल्ला एड्स समन्वय समिति चितवनले दिएको तथ्याङ्कअनुसार पछिल्लो छ वर्षको अन्तरालमा एड्सका कारण चितवनमा ६९ जनाको मृत्यु भएका छन् । ५० पुरुष र १६ जना महिलाको एड्सका कारण ज्यान गएको हो । यस्तै एक जना तेस्रोलिंगी र दुई बालबालिकाको एड्सकै कारण ज्यान गएको समितिका संयोजक रामहरि न्यौपानेले जानकारी दिनुभयो । उहाँले चितवनमा अहिले करिब दुई हजारको हाराहारीमा एचआइभी सङ्क्रमित रहेको बताउनुभयो । रासस

Related Posts

Chitwan Post

अवैध मालसामान बरामद

Chitwan Post

हुरीबतासले धादिङमा लाखौँको क्षति

Chitwan Post

‘प्रसारणलाइनको समस्याले विद्युत् सेवा प्रभावित’

Discussion about this post

अन‌ि यो पनि

पत्रकार महासंघ चितवनको पदभार ग्रहण
राजनीति

पत्रकार महासंघ चितवनको पदभार ग्रहण

भरतपुर । नेपाल पत्रकार महासंघ चितवनको नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको छ । गत चैत २५ गते सम्पन्न अधिवेशनबाट निर्वाचित...

Read more
Chitwan Post

अवैध मालसामान बरामद

Chitwan Post

हुरीबतासले धादिङमा लाखौँको क्षति

Chitwan Post

अपाङ्गले बनाएका फाइबरका सामग्री सिजी ल्यान्डमार्कमा

शिक्षा क्षेत्रमा कोरोनाको प्रभाव : विद्यालय सञ्चालनमा मन्त्रालयबीच मतभेद

गैँडाकोट फुटबल क्लबलाई मेयर कपको उपाधि

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : [email protected]

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In