भरतपुर । अनियन्त्रित रुपमा सडक क्षमता भन्दा बढी भारवहन गर्ने सवारी साधनहरुलाई मंगलबारदेखि वीरगंजलगायत देशभरका सीमा नाकाबाटै सञ्चालनमा रोक लगाईएको छ ।
अत्यधिक भारवहनका सवारी साधन अनियन्त्रित रुपमा सञ्चालनमा आएपछि देशभरका सडक सञ्जाल भत्किने र जीर्ण बन्दै गएपछि वीरगंजलगायतका सीमा नाकाहरुबाट सरकारले अत्यधिक भारवहन Ôमताका गाडीहरु रोक्न निर्देशन दिएको हो ।
भारतबाट सडक क्षमता भन्दा बढी सामान ढुवानी गरी भित्रिएका सवारी साधनहरु ट्राफिक तथा नेपाल प्रहरीको सहयोगमा सीमाक्षेत्रमै रोकिएको वीरगंज भन्सार कार्यालयले जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सक्रियतामा सोमबार बसेको भौतिक पूर्वाधार तथा यातायात र गृह मन्त्रालयका सचिव, तीनवटै सुरÔा निकायका प्रमुखहरुको संयुक्त बैठकले अत्यधिक भारवहन Ôमता भएका सवारी साधन सञ्चालनमा तत्काल रोक लगाउनेसहित आठवटा सुधारका कदम चाल्ने निर्णय गरेलगत्तै सडक क्षमता भन्दा बढी सामान ढुवानी गर्ने सवारी साधन रोकिएको हो ।
बढी भारवहन गाडी सञ्चालनमा रोक लगाउन सडक विभागले इटहरी, पथलैया, बुटवल, नेपालगञ्ज, रामनगर, नौबीसे, नागढुंगा र धुलिखेलमा सवारी साधनहरु भारवहन Ôमता मापन गर्ने मेसिन तत्काल राखी यातायात विभागका कर्मचारी तथा प्रहरीहरु खटाई नियन्त्रणको काम सुरु गरिने जनाइएको छ ।
Discussion about this post