लोथर । चितवनको लोथरमा रहेको गाँजा प्रहरीले फडानी गरी नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरीक्षक राममणि उप्रेती र गढीमाईं गणका सशस्त्र प्रहरी नायव निरीक्षक रामकुमार थापाको नेतृत्वमा गएको प्रहरी टोलीले ५ कठ्ठामा रहेको गाँजाखेती फडानी गरी नष्ट गरेको प्रहरी निरीक्षक उप्रेतीले जानकारी दिनुभयो ।
स्थानीयले सारेको गाँजा फूल फुल्दै गरेको थाहा पाएपछि गाँजा नष्ट गर्न गएको जानकारी उहाँले दिनुभयो । गाँजा नष्ट गर्ने कार्य जारी रहेको उहाँले बताउनुभयो ।
Discussion about this post