ADVERTISEMENT
३ माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
३ माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

निर्देशनको अटेरी गर्ने अस्पतालमा तालाबन्दी

by चितवन पोष्ट
२०७० पुष २, मंगलवार ०३:३९ गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । मापदण्ड पूरा नगरी सञ्चालन गरेका निजी अस्पताललाई बन्द गर्न दिएको निर्देशन अटेर गरेपछि जिल्ला प्रशासन कार्यालय चितवनले आज ती अस्पतालमा तालाबन्दी गरेको छ ।
दर्ता नभएको, नवीकरण नगरेको र अन्य मापदण्ड पूरा नगरेको देखिएपछि जिल्लाका चारवटा निजी अस्पताललाई बन्द गर्न एक साताअघि जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको थियो । अस्पतालमा रहेका बिरामीलाई अवस्था हेरी अन्य अस्पतालमा पठाएर बढीमा तीन दिनभित्र अस्पताल बन्द गर्न प्रशासनले निर्देशन दिएको थियो ।
प्रशासनको निर्देशनको अवज्ञा गर्दै सञ्चालनमा रहेका भरतपुरको ओएसिस मेडिकल कलेज र एड्भान्स अस्पतालमा प्रशासनले सोमबार तालाबन्दी गरेको हो । प्रशासन कार्यालयले दिएको निर्देशन अवज्ञा गरेर अस्पताल सञ्चालन गरेकाले बाध्य भएर आफूले अस्पतालमा तालाबन्दी गर्नुपरेको प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले जानकारी दिनुभयो ।
ओम अस्पताल र पूर्वीचितवनको पर्सामा रहेको परोपकार अस्पताल भने प्रशासनको निर्देशनपछि बन्द भएका छन् । स्वास्थ्य मन्त्रालय चिकित्सा महाशाखाबाट आएको टोलीले जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला प्रशासनका प्रतिनिधिको रोहबरमा गरेको अनुगमनका क्रममा ती अस्पतालले प्रक्रिया पूरा नगरेको पाइएपछि बन्द गर्न निर्देशन दिइएको थियो । चितवनमा एक सरकारी अस्पताल, दुई मेडिकल कलेज, एक क्यान्सर अस्पताल, एक आँखा अस्पताल र २६ वटा निजी अस्पताल सञ्चालनमा रहेका छन् ।
यसैबीच, ओएसिस मेडिकल कलेज भरतपुरका सञ्चालक मनोज चौधरीको शैक्षिक योग्यताको छानबिन गर्न शैक्षिक योग्यताका प्रमाणपत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय हेटाँैडा पठाइएको छ । चौधरीको शैक्षिक योग्यतामाथि प्रश्न उठेपछि छानबिनका लागि जिल्ला प्रशासन कार्यालय चितवनले शैक्षिक प्रमाणपत्रको सक्कल र नक्कल दुवै क्षेत्रीय कार्यालय पठाएको हो ।

Related Posts

अझै तीन दिन मौसम बदली हुने

अझै तीन दिन मौसम बदली हुने

राजधानी बाहिर मुटुको उपचारमा अग्रणी बन्दै चितवन मेडिकल कलेज

राजधानी बाहिर मुटुको उपचारमा अग्रणी बन्दै चितवन मेडिकल कलेज

पिसिआरमा बढी रकम असुलेको आरोप : चितवनका दुई अस्पताल कारबाहीमा

बागलुङमा अझै स्थापना हुन सकेन पिसिआर प्रयोगशाला

Discussion about this post

अन‌ि यो पनि

भरतपुर सिटी हलको निर्माण कार्य धमाधम
अर्थ

भरतपुर सिटी हलको निर्माण कार्य धमाधम

भरतपुर । भरतपुर महानगरपालिकाको रणनीतिक योजनामा समावेश बहुप्रतीक्षित आयोजना सिटी हल निर्माणको कार्य धमाधम हुन थालेको छ । उपयुक्त स्थानको...

Read more
अझै तीन दिन मौसम बदली हुने

अझै तीन दिन मौसम बदली हुने

राजधानी बाहिर मुटुको उपचारमा अग्रणी बन्दै चितवन मेडिकल कलेज

राजधानी बाहिर मुटुको उपचारमा अग्रणी बन्दै चितवन मेडिकल कलेज

पिसिआरमा बढी रकम असुलेको आरोप : चितवनका दुई अस्पताल कारबाहीमा

बागलुङमा अझै स्थापना हुन सकेन पिसिआर प्रयोगशाला

कावासोतीको चक्रपथ सुस्त गतिमा

कावासोतीको चक्रपथ सुस्त गतिमा

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In