भरतपुर । एकीकृत नेकपा माओवादीका समानुपातिकतर्फका उम्मेदवार सियारामप्रसाद कुसवाहा ‘फिरोज’लाई प्रहरीले चिवतनबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट आएको प्रहरी नायव निरीक्षक रूद्रराज कँडेलको नेतृत्वको विशेष टोलीले पूर्वीचितवनको भण्डाराबाट उनलाई विश्व हिन्दु युवा संघका अध्यक्षका कासिराम तिवारीको हत्या अभियोगमा पक्राउ गरेको हो ।
साढे तीन वर्Èअघि २०६७ असार १२ गते वीरगन्जको अशोक बाटिकामा तिवारीको गोली हानी हत्या रिएको थियो । एमाओवादीले माधव नेपालको सरकार ढलाउन सञ्चालन गरेको आमहडतालको प्रतिकारमा उत्रिएका विश्व हिन्दु युवा संघका कार्यक्रर्ताको कार्यक्रममा उनीमाथि आक्रमण भएको थियो । त्यतिवेदा एमाओवादीको मेसमा तिवारी नेतृत्वको जुलुसले आक्रमण गरेका थिए ।
तिवारी हत्यामा फिरोजलाई अदालतले दोषी ठहर गरिसकेको छ । उनलाई प्रहरीले खोजिरहेको थियो । विशेष सुराकीको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक धिरज सिंहले चितवन पोष्टलाई जानकारी दिए ।
उनका अनुसार उनलाई प्रहरीले लामो समयदेखि खोजिरहेको र विशेष सुराकीको आधारमा चितवनबाट पक्राउ गरिएको हो । यता, जिल्ला प्रहरी कार्यालय चितवनले भने यस घटनामा कार्यालयलाई कुनै जानकारी नभएको जनाएको छ ।
तिवारी हत्याको १५ महिना पछि पर्सा प्रहरीले एमाओवादीका नेता तथा तत्कालीन भूमिसुधार तथा व्यवस्थामन्त्री शाह, पक्राउ परेका अमन कुशवाहा र शाहका स्वकीय सचिव फिरोज विरुद्ध अभियोजनपत्र तयार गरेको थियो । अभियोजन पत्र तयार भएपछि शाहले मन्त्री पदबाट राजिनामा दिएका थिए । २८ वर्षिय फिरोज मंसिर ४ गते सम्पन्न निर्वाचनमा समानुपातिक तर्फए एमाओवादीको बन्दसूचीमा १६७ नं. मा रहेका छन् ।
तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्ना विश्वासपात्र तथा एमाओवादीका मधेसी नेता शाह विरुद्धको तयार अभियोजन पत्र रोक्न तत्कालिन पर्साका प्रहरी प्रमुख रमेश खरेललाई दवाव दिएका थिए । खरेल पर्सा प्रहरी प्रमुख हुँदा उनले शाहविरुद्ध पक्राउ पुर्जी जारी गरेका थिए । त्यस्तै आइजिपी रवीन्द्र प्रताप शाहलाई तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले शाह विरुद्धको मुद्दा फिर्ता लिन दबाब दिएको त्यतिवेला चर्चामा थियो ।
पछि उक्त अभियोजन पत्र जिल्ला अदालतमा दर्ता नभए पछि तत्कालिन मन्त्री शाहको नाम हटाएर घटना लगत्तै पक्राउ गरेको अमन र फिरोजलाई दोषी देखाएर अदालतले मुद्दा दर्ता प्रक्रिया अगाडि बढाएको थियो ।
घटनालगत्तै पक्राउ परेका अमनले आँफूले बाइक चलाएको र पछाडि बसेका फिरोजले तिवारीलाई गोही हानेको प्रहरी समक्ष बयान दिएका थिए । आँफूलाई दुई लाख रुपैयाँ दिने सहमतिमा उनले बाइक चलाएको बताएका थिए ।
घटनामा शाह मुछिए पछि तिवारीकी श्रीमती बबितालाई पैसा दिएर घटना मथ्थर पार्न खोजिएको तथ्य त्यतिवेला बविताले बताएकी थिइन् ।
Discussion about this post