ADVERTISEMENT
६ बैशाख २०७८, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
६ बैशाख २०७८, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

दर्जन उद्योग सिलबन्दी

by चितवन पोष्ट
२०७० पुष २, मंगलवार ०३:३८ गते
in अर्थ
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

ललितपुर । वातावरण विभागले काठमाडौँ उपत्यकाभित्र पर्यावरण बिगार्ने गरी मापदण्डविपरीत सञ्चालन भइरहेका उद्योग, व्यवसाय तथा कलकारखानामाथि अनुगमन तथा कारबाही तीव्र पारेको छ ।
न्यूनतम मापदण्डसमेत पूरा नगरी वातावरणलाई प्रत्यक्ष हानि पु¥याउने गरी सञ्चालित उद्योगमाथि विभागले निगरानी तथा कारबाही प्रक्रिया अघि बढाएको हो । अनुगमनकै क्रममा वातावरण प्रदूषण तथा मानव स्वास्थ्यमा सोझै हानि पु¥याउने गतिविधि गरी गैरकानुनी ढङ्गले सञ्चालन भइरहेका वासिङ, डाइङ प्लान्ट तथा कपडा छपाइलगायतका काम गर्ने एक दर्जन उद्योगमा विभागले सिलबन्दी गरेको छ ।
विभागका महानिर्देशक डा युवकध्वज जिसी संयोजक रहनुभएको टोलीले अन्य सरोकारवाला सरकारी निकायसमेतको समन्वयमा विभिन्न स्थानमा अवस्थित ती उद्योगहरू बन्द गराई कारबाही प्रक्रिया अघि बढाएको हो ।
पटकपटक सचेत गराउँदासमेत मापदण्डअनुरूप उद्योग सञ्चालन या बन्द गर्न अटेर गरेपछि आक्रामक रणनीति लिनुपरेको महानिर्देशक जिसीले जानकारी दिनुभयो । “मानव स्वास्थ्यमा सोझै असर पर्ने खालका रसायन प्रयोग गरिएको, त्यसबाट निस्कने रसायनयुक्त फोहोर सिधै नदीमा मिसाइएको पाइएकाले उद्योग सिलबन्दी गरेका हौँ ।” जिसीले भन्नुभयो, “वातावरणीय सन्तुलन बिगार्ने तथा मानव स्वास्थ्यमा प्रत्यक्ष हानि नोक्सानी पु¥याउने गरी सञ्चालन भइरहेका अरू पनि उद्योगमाथि निगरानी बढाउँदैछौँ ।”
वातावरण संरक्षण ऐन, २०५३ तथा वातावरण संरक्षण नियमावली, २०५४ ले वातावरणमा उल्लेखनीय प्रतिकूल प्रभाव पर्ने गरी वा जनजीवन र जनस्वास्थ्यका लागि खतरा हुनसक्ने किसिमले उद्योग वा व्यवसाय सञ्चालन गर्न रोक लगाएको छ ।
कुनै पनि संस्था या व्यक्तिले ऐन तथा निर्देशिकाविपरीत काम गरेमा त्यस्तो कार्य तुरुन्त बन्द गराई कसुरको मात्रा हेरी रु ५० हजारसम्म जरिवाना गर्न सकिने व्यवस्था छ । बागमती र विष्णुमती नदी किनारमा अवैध रूपमा सञ्चालन भइरहेका यस्ता दर्जनौँ उद्योग तथा व्यवसायबाट निस्कासित विषाक्त फोहोमैला तथा रसायनका कारण जल, जमिन र हावामा प्रदूषणको मात्रा बढेको विभागले जनाएको छ ।
मुख्यसचिव लीलामणि पौडेलको अग्रसरतामा विभिन्न निकायको सहभागितामा बागमती नदी सफाइ अभियान सञ्चालन भइरहेको सन्दर्भमा यी व्यवसाय तथा उद्योगको अनुगमनले नदी सरसफाइमा समेत सघाउ पु¥याइरहेको सो अभियानमा संलग्न संस्थाले जनाएका छन् ।
विभागको सक्रियतापछि पशुपति र तिलगङ्गा क्षेत्रका उद्योग तथा व्यवसाय बन्द भएकाले बागमती सरसफाइजस्तो महत्वपूर्ण काममा समेत सघाउ पुगेको डा जिसीको दाबी छ ।

Related Posts

फुटपाथ व्यवसायमा महानगरको नियम ‘सानालाई ऐन, ठूलालाई चैन’

फुटपाथ व्यवसायमा महानगरको नियम ‘सानालाई ऐन, ठूलालाई चैन’

खोलेसिमल र पदमपुरमा टेकमाइन्डस् नेटवर्कको शाखा

खोलेसिमल र पदमपुरमा टेकमाइन्डस् नेटवर्कको शाखा

रत्ननगरमा व्यवस्थित मासु पसल सञ्चालन

रत्ननगरमा व्यवस्थित मासु पसल सञ्चालन

Discussion about this post

अन‌ि यो पनि

चितवनमा पर्याय बन्दै थारु संस्कृति र पर्यटन
विचार

चितवनमा पर्याय बन्दै थारु संस्कृति र पर्यटन

राणाकालीन समयमा औलो (मलेरिया) लाग्ने क्षेत्रका रुपमा बदनाम चितवन हाल स्वदेशी तथा विदेशी प्रकृतिप्रेमी (नेचर लभर) पर्यटकमाझ अत्यन्त लोकप्रिय छ...

Read more
Chitwan Post

विश्व सम्पदाहरुलाई जोगाऔँ

Chitwan Post

अपाङ्ग सेवा संस्थालाई वासिङ मेसिन

Chitwan Post

रड्स रामपुर र हानामी क्वाटरफाइनलमा

अयोध्याधाममा स्वेच्छिक दान दिने बढ्दै

अयोध्याधाममा स्वेच्छिक दान दिने बढ्दै

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : [email protected]

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In