प्रकृतिले सम्पन्नशाली नेपालजस्तो पर्यटकीय गन्तव्य बोकेको देशमा पर्यटन प्रवद्र्धनजस्तो अति आवश्यक काम कुनै पनि घोषणापत्रमा उल्लेख नगर्दा साहै्र नमज्जा लाग्यो । धेरैको घोषणापत्र पढियो, २०९९ सालसम्म बन्ने नयाँ नेपालको सपना देखाउने नेताहरुको ध्यान पर्यटन प्रवद्र्धनप्रति नगएको नै देखिन्छ ।
हामीसँग यति धेरै प्राकृतिक सम्पत्ति छन् कि सायद् अरु देशहरुसँग बिरलै होलान् । केही वर्षअगाडिको मरूभूमि, अहिलेको यूएई कत्ति पनि प्रकृतिको स्रोतसाधन नभएको राष्ट्र आज हेर्नुहोस्, विकसित राष्ट्रको सूचीमा अगाडि बढिरहेको छ । पर्यटनलाई मुख्य आम्दानीको स्रोत मान्ने कतिपय मुलुकहरु जस्तै यूएई, कतार, सिङ्गापुर आदिमा राष्ट्रले नै तारे होटल र पर्यटन प्रवद्र्धनसम्बन्धी संरचनामा लगानी गर्दछन् र आम्दनी वढाउँछन् । तर, हाम्रो नेपालमा धनीहरुले ५ तारे होटलमा लगानी गर्दछन् र उनीहरु नै झन् धनी हुन्छन् । नेपालमा पनि राष्ट्रको लगानीमा पर्यटकीय ठाउँहरुमा होटल, पार्क इत्यादि खोल्न सकेमा बीएचएम, टुर एण्ड ट्राभल पढेका ९० प्रतिशत विद्यार्थी नेपालमा स्कोप छैन भन्दै बाहिर जानु पर्दैनथ्यो होला ।
पर्यटन प्रवद्र्धनजस्तो कार्य गर्दा एकातिर युवाका लागि देशमै रोजगारी सिर्जना हुने र अर्कोेतर्फ देशको आम्दानीको स्रोतमा पनि वृद्धि हुने भएकाले यी धारणाप्रति सरकारको ध्यानाकर्षण जान जरूरी छ ।
– आकाश घिमिरे
(भरतपुर–१०)