निःशुल्क आँखा जाँचमा सेवाग्राहीको भीड

अन‌ि यो पनि

भण्डारा । भण्डारामा जारी निःशुल्क आँखा शिविरको सोमबार तेस्रो दिन सम्म ६२९ जनाले आँखा जाँच गराएका छन् ।
शिविरमा मोतिया विन्दु भएका ५५ जनाको निःशुल्क शल्यक्रिया गरिएको आयोजक संस्थामध्येको एक भण्डारा समाज काठमाडौंका कार्यक्रम संयोजक राजन सेढाईंले जानकारी दिनुभयो । शिविरमा नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाडौंका वरिष्ठ नेत्र विशेषज्ञ डा. इन्दु ढुंगेलको नेतृत्वको चिकित्सकहरुको टोलीले आँखा परीक्षण गरिरहेका छ ।
शिविरको आयोजकमा भण्डारा समाज काठमाडौं, रोटरी क्लब अफ रत्ननगर, रोट्रयाक्ट क्लब अफ रत्ननगर, भण्डारा गाविस र भण्डारा स्वास्थ्य चौकी रहेका छन् । मंसिर २९ गतेबाट सुरू भएको शिविर तीन दिनसम्म चल्ने भए पनि बिरामीहरुको चापलाई मध्यनजर गरी १ दिन थप गरिएको रोटरी क्लब अफ रत्ननगरका सदस्य प्रमात सेढार्इंले जानकारी दिनुभयो ।

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया