आजदेखि हप्तामा ६३ घण्टा लोडसेडिङ

अन‌ि यो पनि

काठमाडौँ । अब मंगलबारदेखि दैनिक नौ घण्टा लोडसेडिङ हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले जारी गरेको नयाँ तालिकाअनुसार दैनिक हुँदै आएको लोडसेडिङमा तीन घण्टा थप गरी नौ घण्टा पुराएको हो ।
यसअघि दैनिक छ घण्टा लोडसेडिङ हुँदै आएको थियो । दैनिक तीन–तीन घण्टाको दरले दिनमा तीन पटक गरी नौ घण्टा लोडसेडिङ हुनेछ । त्यस्तै, सातामा एक दिन भने दुई पटक चार घण्टा र पाँच घण्टाका दरले लोडसेडिङ गरिनेछ ।
नदीमा जलस्तर घट्न थालेको तथा उत्पादनमा कमी आएको भन्दै हप्तामा ६३ घण्टा लोडसेडिङ गर्न लागेको प्राधिकरणका प्रणाली सञ्चालन विभागका प्रबन्धक भुवनकुमार क्षेत्रीले जानकारी दिए ।
lodseding

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया