भरतपुर । शिव पौडेल स्मृति अन्तरकलेज टी–ट्वान्टी क्रिकेट प्रतियोगिता आज मंगलबारबाट भरतपुरमा सुरू हुँदैछ । वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरको प्राङ्गणमा हुने प्रतियोगितामा कुल १६ टिमको सहभागिता रहने आयोजकले सोमबार पत्रकार सम्मेलन गरी जनाएको छ ।
खेलको विजेताले ६८ हजार ९०२ रूपैयाँ पुरस्कार पाउने खेलका संयोजक अनिल अधिकारीले बताए । यो पुरस्कार राशी पौडेलको निधन भएको दिनको आधारमा राखिएको हो । दोस्रो हुने टिमले ३५ हजार ९ सय २ रूपैयाँ पाउनेछ ।
त्यस्तै, प्रतियोगिताका म्यानअफद सिरिज, बेस्ट बलर, बेस्ट बेट्सम्यान, बेस्ट विकेट किपर र म्यान अफ द म्याचलाई पनि केही आर्थिक पुरस्कारसहित ट्रफी दिने कार्यक्रम रहेको संयोजक अधिकारीले बताए । आजबाट हुने खेलको उद्घाटन पौडेलकी श्रीमती बिनु पौडेलबाट हुने आयोजकले जनाएको छ ।
१६ दिनसम्म चल्ने खेलको अन्तिम दिन गायिका इन्दिरा जोशी आउने नेविसंघ वीरेन्द्र क्याम्पसका सभापति बचन कार्कीले बताए । राष्ट्रिय अम्पायर रविन्द्र गुप्ताले खेलको अम्पायरिङ गर्ने भएका छन् ।
Discussion about this post