रामग्रामका आधा नगरवासी शौचालयबाट बञ्चित

अन‌ि यो पनि

नवलपरासी । नवलपरासी जिल्लालाई २०७० सालभित्र खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने भनिए पनि त्यस अनुरुपको कार्य हुन सकेका छैनन् । जिल्लाको एकमात्र नगरपालिकाभित्र नै करिब आधाआधी जनसंख्या शौचालयको पहुँचबाट बाहिर रहेको नगरपालिकाले जनाएको छ । रामग्राम नगरपालिका अनुसार दुईहजार भन्दा बढी घरधुरीमा शौचालय छैनन् ।
१३ वटा वडा रहेको नगरपालिकामा ४ हजार ७ सय ९६ घरधुरी  छन्  । जसमध्ये २ हजार ५ सय ६० घरमा मात्र शौचालय रहेको नगरपालिकाको तथ्यांकमा उल्लेख छ । २ हजार २३६ घरधुरीले अहिलेसम्म शौचालय बनाउन नसकेको नगरपालिकाले जनाएको छ ।
नगरापालिकाले पटक–पटक जनचेतना, सूचित शौचालय बनाउनप्रति पहल गरेता पनि मानिसहरुको हेलचेक्र्याइँका कारण शौचालय नबनाएको भन्दै नगरपालिका पन्छने गरेको छ । जिल्लालाई खुला दिसामुक्त घोषणा पूर्व नै नगरपालिकालाई खुला दिसामुक्त क्षेत्रको रुपमा घोषणा गर्ने नगरपालिकाले जनाएको थियो ।
यही अवस्थालाई हेर्दा यो वर्ष सकिन चार महिना बाँकी रहँदा काम सम्पन्न होला भनेर विश्वास गर्न सकिँदैन । १३ वडा मध्ये कुनै पनि वडालाई अझैसम्म खुला दिसामुक्त वडाको रुपमा घोषणा गरिएको छैन् ।
घरमा शौचालय नहुँदा मानिसहरु खेतबारी र स्थानीय खोलाका किनारमा खुला दिसा गर्ने गरेका छन् । सो खुला दिसाले नगरभित्रै विभिन्न किसिमका रोगको संक्रमण बढदै गएको छ । २०७० सालभित्र जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्ने जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले लक्ष्य लिए पनि नगरभित्र धेरै घरधुरीले शौचालय नबनाउँदा चुनौती थपिएको नगरपालिकाले जनाएको छ ।

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया