बुटवल । मेचीकाली सन्देश राष्ट्रिय दैनिकले १४ औं वार्षिकोत्सवको अवसरमा विभिन्न लेखक÷स्तम्भकार तथा कर्मचारीलाई सम्मान गरेको छ । पत्रिकाको श्रीवृद्धिमा आ–आफ्नो क्षेत्रबाट योगदान गरेकोमा उनीहरुलाई सम्मान गरिएको हो । यसरी सम्मानित हुनेमा लेखक÷स्तम्भकार डा. प्रकाश बुढाथोकी र तुलसी घिमिरे ‘पुष्प’ रहेका छन् । उनीहरुका लेख÷रचना पत्रिकामा नियमित रुपमा प्रकाशन हु“दै आएका छन् ।
यसैगरी पत्रिकाका परासी संवाददाता हरि शर्मा, विज्ञापन शाखा सहायक निशा श्रेष्ठ, सुनवल शाखा प्रतिनिधि विष्णु रोका, छपिया शाखा प्रतिनिधि विनोद भुसाल, भुजौली शाखा प्रतिनिधि नगेन्द्र केसी, वितरण शाखाका गोविन्द सापकोटा र विजय पाण्डे पनि सम्मानित भएका छन् । उनीहरुलाई नगद र प्रमाणपत्रसहित सम्मान गरिएको हो ।
उनीहरुलाई मेचीकाली प्रकाशन प्रालिका अध्यक्ष देवेन्द्रप्रसाद ध्वजू, सञ्चालक तथा स्टेरिङ कमिटीका संयोजक गोपाल राना, एमाले केन्द्रीय सल्लाहकार देवेन्द्र घिमिरेले सम्मान गरेका थिए ।
Discussion about this post