कुखुरा उत्पादनमा आशा पलाउँदै

अन‌ि यो पनि

भरतपुर । बर्डफ्लुका कारण ह्रास आएको कुखुरा उत्पादनमा चितवनमा सुधार हुँदै गएको छ ।
बर्डफ्लुको त्रासले व्यवसायीले उत्पादन घटाएकोमा अहिले विस्तारै कुखुरापालनमा पुनःआशा पलाएको व्यवसायी तथा उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष डा तिलचन्द्र भट्टराईले बताउनुभयो ।
गएको चैतबाट यहाँका कुखुरामा बर्डफ्लु देखिएकोमा त्यसको केही महिनाको अन्तरालमा १५ वटा फर्ममा फैलिएको थियो । जसमा लाखौँ कुखुरा मार्नु परेको थियो तर अहिले सङ्क्रमण नभएकाले उत्पादनमा वृद्धि भइरहेको डा भट्टराईले बताउनुभयो ।
माउ उत्पादनका लागि अझै ६ महिना लाग्ने उहाँले बताउनुभयो । अहिले जिल्लामा कुल ३० प्रतिशत उत्पादन ह्रास रहेको र माग बढी भएकाले भाउमा समेत वृद्धि भएको डा भट्टराईले बताउनुभयो । अहिले जिल्लामा करिब २० प्रतिशत भाउ बढेको छ ।
चितवनमा हप्तामा करिब छ लाख ब्रोइलर कुखुराका चल्ला उत्पादन हुँदै आएको छ । सात लाखभन्दा बढी उत्पादन क्षमता चितवनमा छ । नेपालमै कुखुराको राजधानीका रुपमा चितवनलाई लिइन्छ ।
लेयर्स चल्लासमेत ३० प्रतिशत उत्पादन कम नै भएको व्यवसायीले बताएका छन् । यहाँ चल्ला उत्पादन गर्ने ह्याचरी ६० को हाराहारीमा रहेका छन् । साविकको उत्पादन नभएसम्म मासु, अन्डा र चल्लाको भाउ घट्न नसक्ने व्यवसायीले बताएका छन् ।

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया