रत्ननगर जेसीजको साधारणसभा

अन‌ि यो पनि

रत्ननगर । रत्ननगर जेसीजको शनिबार सम्पन्न १५ औं वार्षिक साधारण सभाले उमेश गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको कार्यकारिणी उपाध्यक्षमा विश्वास रायमाझी र सुरेशचन्द्र आचार्य, उपाध्यक्षमा सविन रेग्मी, सुवास पोखरेल, सौगात भूजेल, अपील अधिकारी रहनु भएको छ ।
साधारणसभाले प्रदीप अधिकारी, लुसी जोशी, शैलेस श्रेष्ठ र उत्तरकुमार दुलाललाई निर्देशकमा चयन गरेको छ । साथै समितिको महासचिवमा नारायणबाबु श्रेष्ठ र कोषाध्यक्ष पदमा प्रल्हाद पन्तलाई मनोनित गरिएको निर्देशक प्रदीप अधिकारीले जानकारी दिनुभयो ।
रत्ननगर जेसीज वर्ष २०१३ का अध्यक्ष विश्वास श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वअध्यक्षहरु शिशिर पन्त, योगेस अधिकारी, रूपनराज घिमिरे लगायतले बोल्नु भएको थियो । कार्यक्रमको संयोजन सुरेशचन्द्र आचार्यले गर्नुभएको थियो ।

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया