ADVERTISEMENT
१४ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१४ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

मनमाथिको नियन्त्रण ः कसरी सम्भव छ ?

by चितवन पोष्ट
२०७० मंसिर ३०, आईतवार ०४:०९ गते
in विचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

—    आचार्य लक्ष्मण भण्डारी

‘पूmलको आँखामा फुलै संसार, काँडाको आँखामा काँडै संसार’— हामीले निर्माण गरेको संसारका पछाडि केवल हाम्रै हात हुने दर्शन प्रस्तुत गीतको अंशले बोलेको छ । जसको हृदय कोमल छ, उसले सबैलाई आपूmजस्तै कोमल र सहज देख्दछ । जसको हृदय कठोर छ, उसले अरुलाई पनि कठोर देख्दछ । एउटै व्यक्ति पनि पूmलजस्तै कोमल भावना भएको व्यक्तिका दृष्टिमा कोमल देखिन्छ भने काँडाजस्तै भावना भएको दृष्टिमा कठोर देखिन्छ ।
यसरी, एउटै व्यक्ति पनि दुई थरीको देखिँदो रहेछ । व्यक्ति दुई थरी देखियो, किनकि उसलाई हेर्ने दुई थरी मानिस थिए । दुई थरी मानिसले दुई थरी विचार धारण गरेका थिए, त्यसैले एउटै व्यक्ति दुई थरीको देखिन बाध्य भयो । यस प्रकार, के स्पष्ट हुन्छ भने कुनै पनि मानिस वा विषय आपैmँमा गुनी वा बैगुनी भन्ने हुँदोरहेनछ । व्यक्तिभित्रको गुन र बैगुनको सापेक्षमा मानिस असल वा खराब देखिँदो रहेछ ।
संसार जेजस्तो छ, त्यसलाई त्यसरी नै हामीले ग्रहण गर्न सक्नुपर्दछ । जेजस्तो छ, त्यसलाई त्यसरी नै हेर्ने दृष्टिलाई नै योगदृष्टि भनिन्छ । त्यही योगदृष्टि नै बोध हो । मानिसले पाएको समस्त प्रकारको दुःखको कारण नै जस्तालाई त्यस्तै बुझ्न, जान्न र हेर्न नसक्नु हो । उसले जे छ, त्यसलाई कि त बढाएर हेर्दछ, कि त घटाएर हेर्दछ । उसले आफ्नो आग्रह र पूर्वाग्रहका आँखाले हेर्दछ । मानिसहरुसँग अनेक प्रकारका पूर्वाग्रह र चिन्तनहरु छन् । तिनै पूर्वाग्रह र चिन्तनका आधारमा नै एउटै व्यक्ति पनि अनेक देखिने हो ।
मनुष्यको कर्तव्य भनेको जहिले पनि आपूmलाई विवेकसङ्गत तुल्याउनु हो । हाम्रो दृष्टिलाई अनेकन आग्रह र पूर्वाग्रहपूर्ण दृष्टिबाट मुक्त राख्नु हो । यस्तो प्रकारको स्वतन्त्र र मुक्त दृष्टि भएको व्यक्ति सत्यको नजिक हुन्छ । विज्ञानको नजिक हुन्छ । यस्तो मुक्त र स्वतन्त्र दृष्टि भएको व्यक्तिबाट कसैको पनि अहित हुँदैन, किनकि उसले जस्तालाई त्यस्तै देख्दछ ।
हामीले पाएको दुःख वास्तवमा केही पनि होइन । दुःख त केवल मान्छेको मनले बनाएको काल्पनिक अँध्यारो मात्र हो । हामीले विभिन्न व्यक्तिलाई विभिन्न तरिकाले बुझ्दछौँ । अनेक शङ्का÷उपशङ्काका दृष्टिले हेर्दछौँ । तर, त्यसरी अनुमान गरेको व्यक्ति हामीले सोचेको जस्तो हुँदैन । एक जना मानिसको मनले एउटा वास्तविक विषयमाथि अनेकन आग्रहका रङ चढाइदिन्छ । संसारभरि सबै मान्छेले यसरी नै अनेकन आग्रह र पुर्वाग्रहका रङ खन्याउँदा खन्याउँदै त्यो विषयले आफ्नो वास्तविकता नै  गुमाउने अवस्था सिर्जना हुन्छ ।
यसैले, संसारलाई उसकै रुपमा हेर्न र बुझ्न मानिसले आफ्नो मनको कल्पनालाई घटाउनुपर्दछ । मनको बानी जहिले पनि अनेक आग्रह र पूर्वाग्रहका पछि कुदिरहने किसिमको हुन्छ । यही मनले हामीलाई अनेकतिर लिएर जान्छ । कहिले उचाल्छ, कहिले पछार्छ । यसको अर्थ मनले सधैँ नराम्रै मात्र गर्छ भन्ने होइन । तर धेरै नराम्रो गर्ने सम्भावना हुन्छ, किनकि मनको स्वभाव चञ्चल हुन्छ । चञ्चलता राम्रोभन्दा नराम्रो धेरै गर्ने वृत्ति हो । हामीले हाम्रो विवेकलाई मनमाथि लगाएर मन शान्त हुने अवस्थामा भने यो हाम्रो सबैभन्दा प्रिय मित्र पनि बन्न सक्दछ ।
‘मन एव मनुष्याणां कारणं बन्धमोक्षयोः’— मन नै बन्धन र मुक्तिको कारण हो भनेर गीतामा उल्लेख गरिएको छ । यसलाई हामीले प्रयोग ग¥यौँ भने हामी मुक्तियात्राका पथिक हुन सक्दछौँ, तर यसले हामीलाई प्रयोग ग¥यो भने हामी बन्धनमा पर्ने खतरा हुन्छ । त्यसैले, हामी मनका पछिपछि लुरूलुरू दौडिनु हुँदैन । मन हामीले भनेबमोजिम चल्नुपर्दछ । हामीले भनेका मान्न थाल्यो भने मनका कारण हामीले सुखमय जीवन बाँच्न पनि सक्दछौँ, तर यसकै पछाडि कुदिरहने हो भने हामी गरिब, अस्वस्थ र दीनहीन बन्नुपर्ने अवस्था पनि आउन सक्दछ ।
मनोविद्हरुले पनि मनमा धेरै कुरा नखेलाउनू भनेर सम्झाउने गर्दछन् । जति मन बाहिर दौडियो, त्यति नै हामी थकित हुन्छौँ । आजको मानिसले लगभग सधैँजसो मनका कारण उत्पन्न हुने थकाइ महसुस गरिरहेको हुन्छ । कुनै काम पनि गरेको छैन, यात्रा पनि गरेको छैन, भारी पनि बोकेको छैन, तापनि व्यक्ति निकै थकित भएजस्तै खुइ्इ्य खुइ्इ्य गरिरहेको हुन्छ । यसको कारण के हो भने व्यक्तिको शरीर एक ठाउँमा भए पनि मन दस ठाउँमा छ । मन दौडिइरहेको छ, अनेक विषयहरुमा । कहिले शङ्का÷उपशङ्कामा । कहिले डर÷त्रासमा । कहिले हत्या÷हिंसामा । कहिले लडाइँ÷झगडामा । भित्रको मनको उछलकुदले बाहिर पनि व्यक्ति थकित देखिएको हुन्छ ।
संसारमा हामीले सोचेजस्तो डर, त्रास, हत्या, हिंसा केही पनि छैन । न त हामीले सोचेजस्ता डरलाग्दा मानिसहरु छन् । त्यस्तो बनाइएको मात्र हो । बेलुनमा हावा भरेजस्तै हामीभित्रको मनले चाहिँदा नचाहिँदा डर, त्रास, हत्या, हिंसा, आदि इत्यादिको हावा भरेर हामीलाई उडुवा बनाइदिएको छ । मनको यो बदमासी हो कि इमानदारी, हामीले छुट्याउन सकेनौँ । यहीँनेर समस्या छ ।
जहाँ हामीले टेकेका छौँ, त्यहीँ उभिएर एक पटक चारैतिर नजर घुमाऔँ । दायाँबायाँ, पूर्वपश्चित, उत्तरदक्षिण, तलमाथि सबैतिर हेरौँ । हामीले कतै पनि नराम्रो देख्दैनौँ । चराचुरूङ्गीहरु चिरबिर–चिरबिर चिरबिराइरहेका छन् । वरपर बोटबिरूवाका पातहरु मस्तसँग हावामा झुलिरहेका छन् । बगैँचामा पूmलहरु फुलिरहेका छन् । आकाश सफा र स्वच्छ छ । बादलै लागेका भए पनि एकछिन पछि हटेर गइहाल्छ । नदी आफ्नै सुरमा सागरतिर बगिरहेको छ । आकाशमा सूर्यचन्द्रको प्रकाश जारी छ । उत्तरतिर फर्किएर हेर्दा स्वच्छ र निर्मल मुस्कुराइरहेका पवित्र हिमशिखरहरु देखिन्छन् ।
खै, कहाँ छ नराम्रो प्रकृतिमा ? खै, प्रकृतिले कहिले हामीलाई दुःख दिएको छ ? कहिलेकाहीँको प्रकोपलाई छोडिदिने हो भने सबैतिर आनन्दै आनन्द छ । सौन्दर्य नै सौन्दर्य छरिएको छ । नराम्रो छ भने केवल हाम्रो मनमस्तिष्कमा छ । कुरुपता छ भने हामीभित्रै छ । हामीले नै पालेर राखेका छौँ मनको चिडियाखानामा आपैmँलाई खाने बाघ, भालु, चितुवा, बिच्छी र सर्पहरु, गोही र गोमनहरु ।
आजको समाजमा हत्या, हिंसा, भय, त्रास, अविश्वास र अनैतिकता आदि बढेर जानुमा हाम्रो मनको अवस्था नै जिम्मेवार छ । आजको मान्छेको मन नै विकृत भएको छ । प्रत्येक व्यक्ति मनको चञ्चलताको दास भएको अवस्था छ । हामी पनि कुनै न कुनै मान्छेको साथ नपाई बस्न सक्दा पनि सक्दैनौँ । हामी जो–जसको सम्पर्कमा पुग्दछौँ, ती पनि अधिकांश मनलाई व्यवस्थित गरेका लगभग हुँदैनन् । हामी जसका कुरा सुन्छौँ, उसले पनि हामीलाई नराम्रै सुनाइरहेको हुन्छ । टेलिभिजन हे¥यो, मनलाई भाँड्ने दृश्यबाहेक केही पाउँदैनौँ ।
रेडियमा पनि आपसी झगडा, वैरभाव र प्रतिशोध बढाउने सामग्रीको आधिक्यता सुनिन्छ । पत्रपत्रिका पढ्यो, नकारात्मकता हावी भएको पढिन्छ । इमेल, इन्टरनेट हे¥यो, अश्लीलताको अभ्यासले स्थान पाएको छ । फेसबुक, ट्वीटर जता हे¥यो, त्यतै नकारात्मकता अभिवृद्धि गर्ने सामग्रीहरुको प्रकाशन र अभिव्यक्ति भेटिन्छ । यसरी हेर्दा, जति पनि स्रोतहरु छन् हाम्रो मनका, ती सबैले नराम्रो सन्देश मात्र प्रवाह गरिरहेका छन् । त्यसैले पनि मन यति विचलित भएको हो, आजको मानिसको ।
विचलित मनकै कारण आजको मानिस विचलित भएको हो । मानिस बनेकै मनबाट हो । मनलाई जति सुन्दर, स्वस्थ, स्वच्छ र सकारात्मक बनाउन सक्यो, त्यो त्यति नै सकारात्मक, स्वच्छ र निर्मल बाँच्न सफल बन्दछ । तर, मनलाई नियन्त्रित गर्ने कुरा सजिलो भने छैन । मनलाई चञ्चलभन्दा चञ्चल बनाउने काम हामीले पहिल्यै गरिसकेका छौँ । मनले चञ्चलताको संस्कार पाइसकेको छ । यसैले, यसलाई तत्काल शान्त र धीर बनाउँछु भनेर भन्न सकिँदैन । हाम्रो मन बाहिरी विषयहरुमा नराम्रोसँग फसेको छ । हामी बाहिरी विषयमै अभ्यस्त भएका छौँ । अँध्यारोमा बस्नुपर्दा हामीलाई पीडाको महसुस हुन्छ, किनकि हामी जतिखेर पनि उज्यालोमा बसिरहेका छौँ । एकान्तमा बस्नुपर्दा पनि हामीलाई पीडा र छटपटी हुन्छ, किनकि हाम्रो मनले एकान्तमा विषय पाउँदैन भनेजति, त्यसैले । त्यस कारण, मनलाई तालिम दिने उपाय भनेको नै आँखाले नदेखिने विषयमा यसलाई लगाउनु हो । विषयहरुबाट मनलाई मुक्त गर्नु हो । अथवा, विषयहरुमाथि मनलाई लगाउनै परे पनि सकारात्मक विषयमा लगाउनुपर्दछ ।
हामीले मनलाई दिने विषयहरु हाम्रो जीवनका शाश्वत् सत्यसँग सम्बन्धित हुनुपर्दछ । मनले जे पाउँछ, सत्य मात्र पाओस् । सकारात्मकता अभिवृद्धि गर्ने सामग्रीमा मनलाई बारम्बार लगाउँदालगाउँदै अन्ततः हामी भित्रैदेखि सकारात्मक बन्न सुरू गर्दछौँ । त्यसैले, सत्सङ्ग गर्दा पनि मनलाई शान्ति हुने, धेरैतिर नदौडिने विषयमा केन्द्रित गर्नुपर्दछ । यो कुरा सजिलो छैन । यसको अर्थ मनलाई संयममा राख्ने कुरा सम्भवै छैन भन्ने पनि होइन । गाह्रो छ भन्ने मात्र हो ।
गाह्रो पनि किन भएको हो त भन्दा हामीले नराम्रा विषयमाथि मनलाई दौडाइरहने अभ्यास लामो समयसम्म गरेकाले मात्र हो । हामीले नराम्रा विषयको चिन्तन गर्ने संस्कार बनाएका हुनाले नै यसलाई सकारात्मक विषयमा केन्द्रित गर्ने कुरा अप्ठ्यारो भएको मात्र हो । तर, असम्भव अवश्य छैन । कुनै पनि काम गाह्रो र सजिलो भन्ने नै हुँदैन । हाम्रो अभ्यास र संस्कारका आधारमा हामीले गर्ने काम सजिलो र अप्ठ्यारो हुने गर्दछ ।
सानैदेखि मनलाई सकारात्मक, शान्त र स्वस्थ विषयमा मनलाई लगाउने मान्छेका लागि मनलाई संयममा राख्ने कुरा जति सजिलो हुन्छ, सानैदेखि गलत र नकारात्मक चिन्तनको संस्कार बनाएको व्यक्तिका लागि त्यति नै अप्ठ्यारो हुन्छ । अर्जुनले घर, परिवार, समाज, इष्टमित्र आदि इत्यादि नै सधैँसधैँ रहन्छन् भन्ने चिन्तनमा चित्तलाई लगाएका हुनाले उनीहरुको मृत्यु हुने कुराले भ्रमित हुन पुग्दछन् । अर्जुनजस्ता महापुरूषका लागि पनि मनमाथिको संयम हावालाई समात्नुसरह भयो । त्यसैले, कृष्णसँग भने—
चञ्चलं हि मनः
कृष्ण प्रमाथि बलवद्दृढम्
तस्याहं निग्रहं मन्ये वायोरिव सुदुष्करम् ।
हे कृष्ण, मन अत्यन्त चञ्चल, भित्रैदेखि हल्लाउने, दृढ र बलवान् छ । यसैले, यसलाई वशमा राख्ने कुरा त चलिरहेको वायुलाई रोक्नुजस्तै अत्यन्त अप्ठ्यारो पो हुँदोरहेछ !’
जवाफमा भगवान् श्रीकृष्णले भन्नुभयो–
असंशयं महाबाहो मनो दुर्निग्रहम् चलम्,
अभ्यासेन तु कौन्तेय वैराग्येण च गृह्यते ।
अर्जुन, तिमीले भनेजस्तो निःसन्देह रुपमा मन चञ्चल र अत्यन्त कठिनतापूर्वक वशमा गर्नुपर्ने खालको छ, तर पनि अभ्यास र वैराग्यका बलमा भने यसलाई वशमा गर्न सकिन्छ । भगवान् श्रीकृष्णका अनुसार मनमाथि नियन्त्रण कायम गर्ने कुरा सामान्यतया सजिलो छैन । तर, अभ्यासले र वैराग्यले भने यसलाई सहजै नियन्त्रित गर्न सकिन्छ ।
अभ्यास भनेको त्यही संस्कार हो । अथवा यसो भनौँ, संस्कार भनेका लामो समयसम्म गरिएको एउटा अभ्यास हो । हामीले आजैदेखि सत्चिन्तनको अभ्यास गर्न सुरू ग¥यौँ भने अन्ततः मन शुद्ध र पवित्र हुन थाल्दछ । अभ्यास पहिलो दिनमै पूरा हुन्छ भन्ने होइन । यसले त लामो समय लिनुपर्ने पनि हुन्छ । हामीले दैनिक अभ्यास गरेका छैनौँ भने पहिलो दिन प्रातः भ्रमण गर्दा गोडा र पैताला गलेर फतक्क हुन्छन्, किनकि त्यसअघिसम्म हामीले त्यसरी हिँड्ने गरेका थिएनौँ । भोलिपल्ट पनि दुख्छ । पर्सिपल्ट अलि कम हुन्छ । त्यसपछि क्रमशः बानी पर्दै जान्छ र जति हिँडे पनि नदुख्ने र गोडा नगल्ने हुन्छ ।
बारम्बार मनमाथि ध्यान दिनुप¥यो । मनले नकारात्मक विषय नपाओस् । जहिले पनि हामी सकारात्मक चिन्तनका लागि उपयुक्त वातावरण भएको ठाउँमा त्यस्तै प्रकृतिका मानिससँग सङ्गत गरौँ । त्यस्तै किसिमका पुस्तकहरुको अध्ययन गरौँ । योग र प्राणायाममा सहभागी बनौँ । नराम्रा साथीहरुको सङ्गत छाडिदिऊँ । अर्काको टीकाटिप्पणी भइरहेको ठाउँमा सकेसम्म नबसौँ । जहाँ राम्रोका बारेमा चर्चा भइरहेको छ, मानिसहरु सकारात्मक ऊर्जाले ओतप्रोत भएका छन्, त्यस्तो वातावरण सकेसम्म नछुटोस् । जब यसरी बारम्बार सकारात्मकताको चिन्तन र अभ्यासको अवसर जुट्दछ, मन स्वयम् स्थिर र शान्त हुन पुग्दछ । यो अभ्यासको कुरा भयो । वैराग्य मनमानि विजय हासिल गर्ने अर्को उपाय हो, श्रीकृष्णका अनुसार । वैराग्य भनेको निराशा होइन । वैराग्य भनेको संसार र सांसारिक विषय–पदार्थप्रतिको अति मोहबाट मुक्तिको अवस्था हो । हामीले जब मन कुनै भौतिक विषय र पदार्थमा केन्द्रित हुन पुग्दछ, तब हामीले के सोच्नुपर्दछ भने हे मन, तँ जुन विषयप्रति यतिधेरै आसक्त भएको छस्, त्यो लामो समय रहन्छ नै कहाँ र ? त्यो त एकछिनको रामछाया मात्र हो । यो नाश भएर जान्छ । यसरी सांसारिक विषय र सामग्रीको व्यर्थताको चिन्तनका माध्यमले मनको अनेक विषयतिर आँखा चिम्लिएर दौडिने रोग समाप्त हुन्छ । ऊ त्यसपछि विश्रामको अवस्थामा पुग्दछ ।
यसरी, हामीले मनलाई शान्त, स्थिर र सुशील बनाउन सक्दछौँ । जुनदिन मन शान्त हुन्छ, त्यसदिन हामी पनि शान्त हुन्छौँ । जुनदिन हामी शान्त हुन्छौँ, त्यसदिन बिस्तारै यो मनुष्य समाज पनि शान्त हुँदै जान्छ । यसैले, आजको आवश्यकता भनेको मनको दौड समाप्त गरी यसलाई शान्त तुल्याउनु हो । कुनै पनि विषयले मनको धैर्य खोस्न नपाओस् । हरेक व्यक्तिले मनलाई सम्हाल्ने बित्तिकै समाज पनि स्वतः सम्हालिएर जान्छ । यसैले आउनुस्, मनलाई सम्हालौँ र समाज सम्हाल्ने काममा सहयोग पु¥याऔँ ।

Related Posts

एउटा हलीको दृष्टान्त ! [लक्ष्मणरेखा]

एउटा हलीको दृष्टान्त ! [लक्ष्मणरेखा]

मध्यवर्ती क्षेत्र अतिक्रमणमा भोटको राजनीति

मध्यवर्ती क्षेत्र अतिक्रमणमा भोटको राजनीति

आमा प्रथम गुरू हुन्, काख हो पाठशाला

आमा प्रथम गुरू हुन्, काख हो पाठशाला

Discussion about this post

अन‌ि यो पनि

Chitwan Post
सम्पादकीय

बढ्दो बलात्कारका घटना

नेपालमा महिला तथा बालिकाहरुको बलात्कार तथा बलात्कारपछि हत्या र आत्महत्याका घटनाहरु दिनानुदिन बढ्दै गैरहेका छन् । विसं २०५३ देखि ०७७...

Read more
नेपाली कांग्रेसद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा

नेपाली कांग्रेसद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा

सन् २०२० मा विपद्जन्य घटनाबाट पाँच हजार बढीको मृत्यु

सन् २०२० मा विपद्जन्य घटनाबाट पाँच हजार बढीको मृत्यु

पार्टीको आधिकारिकता हामीसँग छ : नेपाल

पार्टीको आधिकारिकता हामीसँग छ : नेपाल

चितवनमा कोरोना सङ्क्रमित घट्दै

नेपालमा कोरोनाबाट थप ३०३ सङ्क्रमित, २८५ जना निको

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In